नीति निमार्ण अपाङगता मैत्री बनाउनुपर्नेमा जोड

 न्यूज विराट
नीति निमार्ण अपाङगता मैत्री बनाउनुपर्नेमा जोड

विराटनगर । राज्यले बनाउने नीति निमार्ण प्रक्रिया अर्थपुर्ण, सहभागितात्मक र जनमुखी बनाउन अपाङगता भएका व्यक्तिहरुलाई पनि समावेश गराउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

नेत्रहीन युवा संघ मोरङले विराटनगरमा सोमबार आयोजना गरेको राजनैतिकमा अपाङगता भएका व्यक्तिहरूको पहुच विषय अन्र्तक्रिया कार्यक्रममा सहभागिहरूले यस्तो बताएका हुन् ।

राज्यले बनाउने हरेक नीति निर्माण प्रक्रियामा अर्थपूर्ण सहभागिता हुनुपर्ने र निर्माण भएका ऐन, नियमको कार्यान्वयनमा सबैको साथ हुनुपर्ने उनीहरुले जोड दिए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नत्रहिन संघका केन्द्रीय सचिब तथा सहजकर्ता कलाधर भण्डारीले राज्यले बनाउने हरेक नीति निमार्णमा अपाङगता भएका व्यक्तिहरुलाई पनि सहभागिता गराउने खालको बाध्यकारी नियम बनाउनुपर्ने बताए । स्थानीय, प्रदेश र संघले बनाउने नीति निमार्णमा अपाङगता भएका व्यक्तिहरुलाई पनि समावेश गरेर कानुन निमार्णले यस क्षेत्रका व्यक्तिहरुको पनि हकअधिकार स्थिापित हुने उनले बताए । अहिले बन्ने गरेको अपाङगता मैत्री संरचनाहरु नहुदाँ अपाङगता भएका व्यक्तिहरुको सहज पहुचमा पुग्न नसकेको उनले गुनासो गरे । ‘दिगो विकास लक्ष्यले हरेक कानुन र नियमले अपाङगता मैत्री संरचनाहरु बनाउनुपर्ने उल्लेख गरिएको छ । तर, यहाँको सरकारी संरचनाहरू पनि अपाङगता मैत्री भएको छैन । जसले गर्दा अपाङगता भएका व्यक्तिहरुको सरकारी कार्यालयमहरुमा सहज रुपमा हपुच पुग्न सकेको छैन,’ उनले भने ।

कार्यक्रममा बोल्दै नेत्रहीन युवा संघ मोरङका अध्यक्ष दुर्गानाथ योगीले राजनैतिक दलले अपाङगता भएका व्यक्तिहरुलाई पनि समावेश गरेर नीति निमार्ण बनाउनुपर्ने बताए । ‘अहिले राज्यले बनाउने हरेक निती निमार्णमा अपाङगता भएका व्यक्तिहरुलाई उपेक्षा गरेको छ,’ उनले भने, ‘अब बनाउने नीति निमार्णहरु अपाङगता मैत्री हुनुपर्दछ ।’
कार्यक्रममा नेत्रहीन युवा संघका सल्लाहकार भोजराज भूजेलले सदनमा बोल्ने सांसदहरुले पनि अपाङगता भएका व्यक्तिहरुले बुझने गरी ‘दोभासे’ राखिदिए जनप्रतिनिधीहरुले बोलेको कुरा यस क्षेत्रमा व्यक्तिहरुलाई पनि बुझन सहज हुने बताए । त्यसलै प्रतिनधी सभा र प्रदेश सभाहरुमा दोभासे राखिदिनुपर्ने उनले माग राखे ।


कार्यक्रममा प्रदेश सांसद विद्या चाम्लिङ्गले अपाङगताहरुको हकहितको लागि निती निमार्णमा सहयोग पुग्ने गरि काम गर्ने प्रतिवद्धता जाहेर गरिन् । कार्यक्रममा प्रदेश सभा सदस्य, विभिन्न राजनैतिक दलका प्रतिनिधी, सामाजिक संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

प्रमुख सेनानी विष्टको शव लिन सुडान उड्याे श्री एयरको जहाज

काठमाडौं, २९ चैत-शान्ति मिसनमा खटिएका बेला मृत्यु भएका नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको शव लिन श्री एयरलायन्सको जहाज सुडान उडेको छ ।सुडानको डारफोर मिसन मुख्यालयमा स्टाफ अफिसरका रूपमा खटिएका विष्टको १७ चैतमा हृदयघातका कारण...

प्रदेश १ को वार्षिक नीति तथा कार्यक्रमः स्वास्थ्य क्षेत्र प्रमुख प्राथमिकतामा

विराटनगर, २७ जेठ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेका छन् । प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको चौथो बैठकमा प्रदेश प्रमुख ‘प्यासी’...

इप्रका रामपुर ठोक्सिलालाई सफलता, तस्करी हुन लागेको गाँजासहित एक जना पक्राउ

विराटनगर । प्रहरीले भारत तस्करी हुन लागेको गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । उदयपुर बेलका नगरपालिका –९ भचुवा बस्ने २१ वर्षिय रबिन राईलाई १३ केजी गाँजासहित आइतबार पक्राउ गरेको हो । ईलाका प्रहरी...

९ विमानस्थलमा सुरु गर्‍यो नेपाल एयरलाइन्सले उडान

काठमाडौं, ७ असोज-राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले नौवटा आन्तरिक उडानमा उडान सेवा सुरु गरेको छ । निगमले सार्वजनिक गरेको तालिकाअनुसार भोजपुर, दाङ, ताप्लेजुङ, खानीडाँडा, रूकुम, नेपालगंज, बाजुरा, थामखर्क र फाप्लु विमानस्थलसम्ममा उडान सुरु गरेको...

ओलीको गृहनगर दमकमा ६ दलिय गठबन्धनलाई धक्का, एमालले लियो अग्रता

विराटनगर, ३१ वैशाख । सर्वाधिक चासोका साथ हेरिएको एमाले अध्यक्ष ओलीको गृहनगर समेत रहेको झापाको दमक नगरपालिकामा नेकपा (एमाले) ले अग्रता कायम गरेको छ । दमक–१ को दुई सय मत गणना गर्दा मेयरमा एमालेकी गिता...

एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने पोखरीया स्कुलका विद्यार्थीलाई महानगरको सम्मान

विराटनगर । एसईईमा उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गरिएको छ । विराटनगर महानगरपालिकाले हालै प्रकाशित भएको एइइको नतिजामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई बिहीबार सम्मान गरेको हो । ४ जीपीए ल्याउने प्रियंशु राउत, दुर्गेश खर्ग र स्पर्श पोखरेललाई...

विराटनगरमा आज र भोलि भेरोसेलको दोस्रो खोप लगाइदै

विराटनगर, २५ असार । विराटनगरमा आगामी आज र भोलि कोरोना भाइरसविरुद्धको दोस्रो खोप लगाइने भएको छ । विराटनगर महानगरपालिकाले आसार २५ र २६ गते पहिलो चरणमा खोप लगाएकालाई दोस्रो मात्र लगाइने सुचना प्रकाशित गरेको थियो...

एनसीडिए कोशीको निर्वाचन : अध्यक्षसहित पाँच उम्मेदवारलाई जिताउन मोरङ एनसीडिए एकढिक्का

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको माघ २६ र २७ गते हुने निर्वाचनको चुनावी सरगर्मी बढ्न थालेका छन् । औषधी व्यवसायीहरुले चुनावी गतिविधि बढाएपछि चुनावी सरगर्मी बढेको हो । संघको निर्वाचनमा दुई समूह चुनावी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्