विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजले यसैबर्ष भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गराएको छ । चितवनको सौराहामा रहेको बाटिका रिर्सोटमा एक भव्य कार्यक्रम विच यसैबर्ष भर्ना विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको हो । अभिमुखिकरण कार्यक्रमको उद्धघाटन पब्लिक क्याम्पस महासंघका महासचिव चिरन्जीवी श्रेष्ठले गरेका थिए ।
अभिमुखिकरण कार्यक्रममा सहभागी विद्यार्थी तथा अतिथिहरुलाई कलेजका डाईरेक्टर भेषराज पोखरेलले स्वागत मन्तव्य राख्दै स्वागत गरेका थिए । अभिमुखिकरण कार्यक्रममा विद्यार्थीलाई विश्वविद्यालयको शैक्षिक परार्मशसँगै विद्यार्थीलाई आचारसंहिता र नैतिक आचरणबारे जानकारी समेत गराइएको थियो ।
यसैविच कार्यक्रमलाई थप मनोरन्जन प्रदान गर्नको लागी हाँस्य कलाकार मनोज गजुरेलले आफ्नो प्रस्तुती प्रदान गरेका थिए । उनले अहिलेको सम समायिक विषयमा हास्यब्याङ्ग गर्दै उपस्थित सबैलाई मनोरन्जन प्रदान गरेका थिए । कलेजले गजुरेललाई हरेक बर्ष कार्यक्रममा बोलाउने गरेको छ ।
कार्यक्रममा यस अघि कलेजले आयोजना गरेको प्रि युनिभर्सिटी क्लासमा खेलाईएको विभिन्न वौद्धिक खेलहरुको विजेताहरुलाई नगद क्रमस १५, १० र ५ हजार नगद सहित पुरस्कार प्रदान गरिएको थियो । अभिमुखी करण कार्यक्रममा कलेजका डाईरेक्टर भेषराज पोखरेल,शैलेन्द्र शिवाकोटी , ज्ञानु खड्का , लक्ष्मण ढकाल लगायत कलेजका विभिन्न विभागीय प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।
कलेजले १२० जना भन्दा बढी विद्यार्थीहरुलाई जंगल सफारी, थारु संस्कृति अवलोकन तथा विभिन्न रिफ्रेसमेन्ट प्रस्तुतिहरुको अवलोकन गराईएको कजेजका व्यावस्थापन प्रमुख भुपाल मिश्रले जानकारी दिए । कलेजमा विएचएम। विआइएम, विसिए, वि.एस.सि. सिएसआइटि कार्यक्रमहरूमा संचालन हुँदै आएका छन् ।
विराटनगर । नेकपा (माओवादी केन्द्र) ले विराटनगरमा आज (शनिबार) बिहान मार्च पाससहित तीन महिने अभियान सुरु गरेको छ । विराटनगरको बजारमा मार्चपाससहित अभियान सुरु गरेको हो । माओवादीले आजबाट देशरभका सबै वडामा एकैपटक तीन महिने...
काठमाडौं, फागुन २२–मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा आज दोस्रो दिन अपेक्षाकृत सुधार भएको शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार प्रत्यारोपित मिर्गौलाले पनि सामान्य रूपमा काम गर्न...
मोरङ, माघ २२–२५ माघदेखि मोरङमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि फागुन दोस्रो सातासम्म औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । मोरङमा...
विराटनगर । विश्व वातावरण महिना २०२४ को अवसरमा विराटनगर महानगरपलिका अन्तरगत वातावरण र जलवायु न्यायका विषयमा विभिन्न अभियान, सचेतनामूलक कार्यक्रम तथा पहल कदमिहरुलाई पछ्याउँदै ग्रिन सिटी भलुन्टर र दिगो विकास इन्स्टिच्युटले विराटनगर महानगरपालिका सँगको सहकार्यमा...
विराटनगर । ठगी मुद्दामा विराटनगरस्थित तुलसी बहुउद्देश्यीय सहकारीका तीन जना सञ्चालक पुर्पक्षको लागि कारागार चलान भएका छन् । पक्राउ परेका सहकारीका प्रबन्धक मन्दिप खवा, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई मोरङ अदालतले शुक्रवार पुर्पक्षको...
विराटनगर—असुरक्षित रुपमा हुने गरेको गर्भपतन कार्यलाई निरुत्साहित पारी सुरक्षित रुपमा जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । शुक्रबार स्वास्थ्य लाइभले विराटनगरमा आयोजना गरेको कार्यक्रममा गर्भपतन गराउने अवस्था आउनै नदिनुपर्नेमा सबैलाई जनचेतना जगाउन आवश्यक रहेको...
काठमाडौँ, साउन २९ । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खटपट सुरु भएको छ। पार्टीको बैठकमा नै देउवाले प्रचण्डकोपछि बेकार लागिएछ भनेर उदासीनता देखाउन थालेको स्रोतले खुलायो । देउवाले...
विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा एनबीएससी लायन्स क्रिकेट क्लबले तीन खेलमा लगातार दुई जित हात पारेको छ । विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा पूर्वाञ्चल...