प्रचण्ड र वामदेवबीच एक घण्टा भेटवार्ता - News Birat

प्रचण्ड र वामदेवबीच एक घण्टा भेटवार्ता

न्यूज विराट

काठमाडौं, ११ पुस-नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । दुई नेताबीचबीच आज बिहान प्रचण्ड निवास खुमलटारमा एक घण्टा भेटवार्ता भएको हो ।

भेटमा प्रचण्ड र गौतमबीच पछिल्लो राजनीतिक घटाक्रमबारे छलफल भएको बताइएको छ । स्रोतकाअनुसार भेटमा प्रचण्डले गौतमलाई आफ्नो समूहमा आउन आग्रह गरेका थिए ।

गौतमले भने प्रचण्डको अनुरोधको स्पष्ट जवाफ नदिएको स्रोतले बतायो । अहिले प्रचण्ड-माधव र ओली समूह वामदेवलाई आफ्नो पक्षमा लिन निरन्तर वार्ता गरिरहेका छन् । वामदेव प्रतिनिधिसभा विघटनपछि दुवै समूहको केन्द्रीय समितिमा सहभागी भएका छैनन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles