श्रृंखलाबद्ध लुटपाट गर्ने पाँच जना जेल चलान

 न्यूज विराट
श्रृंखलाबद्ध लुटपाट गर्ने पाँच जना जेल चलान

विराटनगर । मोरङ र सनुसरीमा श्रृंखलाबद्ध लुटपाट गर्ने गिरोहसहितको पाँच जनाको समूह पुर्पक्षको लागि कारागार चलान भएका छन् । मोरङ अदालतले शुक्रबार सुनसरी र मोरङमा श्रृंखलाबद्ध लुटपाट गर्ने पाँच जनाको समूहलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश गरेको हो ।

अदालतको आदेशपछि मोरङ बुढिगंगा गाउँपालिका ५ का बर्ष २४ का म.नजरूल मियाँ सोही ठाउँका ४० वर्षिय रिजवान मियाँ, सुनसरी दुहवी नगरपालिका – १ बस्ने बर्ष ३१ का मोहमद अलि मुरताजा मियाँ, ३० वर्षिय नजरूल मियाँ र दुहवी नगरपालिका ६ का बर्ष ४० का मो. आलम पुर्पक्षको लागि कारागार चलान भएको मोरङ अदालतले जानकारी दिएको छ ।

कारागार चलान भएका समूहले भदौ २ गतेदेखि २२ गतेसम्म मोरङ र सुनसरीमा श्रृंखलाबद्ध लुटपाट गरेका थिए । विशेष प्रहरी परिचान गरेर उनीहरुलाई भदौ २२ गते ७ जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको मध्ये एक जना नाबलक रहेका थिए भने ३० वर्षिय सिजाम आलमलाई अदालतले १ लाख धरौटी तोकेको छ । प्रहरीले रिजवान मियाँ र नजरूल मियाको घरमा लुकाई छिपाई राखेको अवस्थामा कटुवा पेस्तोल थान–१, प्रहरीबाट लुटिएको चाईनिज पेस्तोल थान–१, मोवाईल फोन थान १६, मेमोरीकार्ड थान १२, नेपाली नगद १ लाख ७५ हजार २ सय पचहत्तर, भारतीय नगद ११ हजार ६ सय र मोटरसाईकल थान–२ समेत बरामद भएको थियो ।

प्रहरीले उनीहरुलाई डाँका चोरी र संगठित अपराध मुद्दा चलाएको थियो । जेल गएका समूहले सुनसरीमा डियुटिमा खटिएको प्रहरीको पेस्तोल र म्यागजिनबाट फायरिङ नभएपछि लुटेर समूहले आक्रमण गरेर उनीहरूको हतियार लुटेका थिए । सुनसरीको दक्षिण क्षेत्रमा चोरी तस्करी बढेपछि केही दिनयतादेखि विशेष अप्रेसनमा प्रहरी सादा पोशकमा खटिने गरेका थिए । सीमावर्ती क्षेत्रमा हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यस सम्बन्धित सूचना संकलन गर्न प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई प्रहरीले खटाएको थियो । उनीहरुको साथबाट साढे १२ बजे बर्जु गाउँपालिका १ शुक्रबारेबाट कुटपिट गरी हातहतियार लुटेर लगेका थिए । प्रहरीले बोकेको हतियारबाट फायरिङ नभएपछि पेस्तोल र गोली लुटेर लगेका थिए ।

सम्बन्धित समाचार

धनुषाको जटही र खजुरी नाका बन्द

धनुषा, १६ जेठ-भारतबाट नेपालीलाई भित्रिनका लागि खुला गरिएको धनुषाको जटही र खजुरी नाका आजदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । भोकभोकै खान नपाएका कारण १ जनाको मृत्यु भएको १ दिन नबित्दै स्थानीय जिल्ला...

डा. बालकृष्ण साह समानुपातिक सांसदमा सिफारिस

विराटनगर । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बालकृष्ण साह समानुपातिक सांसदमा नेपाली काँग्रेसले सिफारिस गरेको छ । डा. साहलाई सुनसरी क्षेत्र नं. २ को (ख) बाट समानुपातिक सांसदमा सिफारिस गरेको हो । स्वास्थ्य...

सम्झना कार्की भइन् मिसेस कोशी

विराटनगर । विराटनगरकी सम्झना कार्कीले चौथो संस्करणको मिसेस कोशीको उपाधि जितेकी छिन् । उनले १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिसेस कोशीको उपाधि जितेकी हुन् । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा विराटनगरमा सम्पन्न भएको प्रतियोगितामा मोरङ...

अख्तियारका पूर्वप्रमुख बस्न्यातलाई थुनामा राख्न आदेश

अख्तियारका पूर्वप्रमुख दीपकुमार बस्न्यातलाई विशेष अदालतले आइतबार थुनामा राख्ने आदेश दिएको छ । बालुवाटारस्थित ललिता निवास क्षेत्रकाे सरकारी जग्गा हिनामिना प्रकरणमा अभियुक्त बनाइएका उनलाई उनकाे बयान र त्यसपछिको थुनछेक आदेशपछि अदालतले थुनामा पठाउने आदेश दिएको...

‘क्लिन फिड’ कार्यान्वयनमा आएपछि ३० प्रतिशतसम्म शुल्क बढ्ने

काठमाडौं, १५ कात्तिक-विज्ञापनरहित (क्लिन फिड) पूर्णरूपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरूले बताएका छन् । विदेशी च्यानलले नेपालका लागि छुट्टै क्लिन फिड दिँदा खर्च बढ्ने भएकाले शुल्क बढ्नसक्ने तर्क वितरकहरूको छ । यसबाहेक विज्ञापन नीति...

व्यवसाय सञ्चालन गर्ने गरी लकडाउन मोडालिटी तयार हुन्छः मन्त्री भट्ट 

काठमाडौं, २३ जेठ-उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग आज उद्योगी व्यवसायीले लकडाउनको मोडालिटी परिवर्तनबारे छलफल गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्सलगायतसँग सम्बन्धित उद्योगी व्यवसायीले निरन्तर भइरहेको लकडाउनले गर्दा व्यवसाय...

मापसे चेक गर्दा गाँजा बरामद, लखेटेर विराटनगरबाट एक जना पक्राउ

विराटनगर । मादक पदार्थ सेवन (मापसे) चेकजाँच गर्न गएको ट्राफिक प्रहरीले विराटनगरबाट १९ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट खटिएको ट्राफिक प्रहरीले बिहीबार राती विराटनगरको शनिमन्दिर चोकबाट गाँजासहित धनकुटा...

एपिएफ विराटनगरमा जारी मिल्स गोल्डकपको फाइनलमा

विराटनगर, ११ चैत । विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) पूर्वाञ्चाल फाइनलमा प्रवेश गरेको छ । विराटनगर– १६ स्थित जुट मिल्सको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एलेभेन एरोज क्बल दुहबी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्