‘तोहर चर्चा ट्रेन्डिग मे गीत.. ’ को छाँयाकन सकियो, लक्ष्मि पुजाको दिन रिलिज

 न्यूज विराट
‘तोहर चर्चा ट्रेन्डिग मे गीत.. ’ को छाँयाकन सकियो, लक्ष्मि पुजाको दिन रिलिज

विराटनगर । विराटनगरका संञ्चारकर्मी नविन कर्णले रचना गरेको मैथीलि भाषाको तोहर चर्चा ट्रेन्डिग मे गीत.. को म्यूजिक भिडियोको छाँयाकन सकिएको छ । डान्सिङ गीतको म्यूजिक भिडियो बिहीबार छाँयाकन सकिएको हो ।

मैथिली अनलाइनको प्रस्तुतिमा निमार्ण भएको उक्त गीत कर्णको दशौं हो । यसअघि पनि उनले थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् । पछिल्लो समय बजारमा आएको ‘तोहर चर्चा ट्रेन्डिग मे बोलको अडियो यसअघि बजारमा आएको थियो । युवा पुस्ताले रुचाउने गीतको म्यूजिक भिडयोको छाँयाकन पनि सकिएकाले तिहारको अवसर पारेर रिलिज गर्ने तयारी गरिएको उनले बताए । गायक जागेश ठाकुर स्वर रहेको उक्त गीतको निर्देशन कार्तिक राजवंशीले गरेका छन् ।

म्यूजिक भिडियोको मुख्य कलाकारमा निर्मल दास, निकिता फुयाल रहेका छन् । यसैगरी अमर चौधरी, एफान खान, एमडि आलम, एमडि सहवाज, विशाल खवास, ओम प्रकाश कामतले पनि अभियन गरेका छन् । बाल कलाकारमा अबिशेक कामत र इरदास खानले खेलेका छन् । विराटनगरस्थित स्थल एभरेष्ट कलेजमा उक्त म्यूजिक भिडियोको छाँयाकन गरिएको छ । गीतकार कर्णले युवा पुस्ताको रोजाइमा पर्ने गीतको म्युजिक भिडियो बनाएको बताए । पछिल्लो समय मैथिली गीतको म्यूजिक भिडियाहरु अश्लील खालको हुने गरेको प्रति उनले चिन्ता व्यक्त गरेका छन् । ‘हामीले आफ्नो भाषा, संस्कृतीको संरक्षण र जगेर्ना गर्ने खालको गीत, संगीतहरु बनाउनु पर्दछ,’ उनले भने, ‘अहिलेसम्म मैले रचना गरेको गीत र बनाएको भिडयोहरु पनि युवा पुस्तादेखि सबै उमेर समूहले रुचाउने खालका बनाएको छु ।’
उक्त गीतको म्यूजिक भिडयो लक्ष्मि पुजाको साझमा रिलिज गर्ने गीतकार कर्णले बताए । म्यूजिक भिडियोको छाँयाकन धिरेन साहले गरेका छन् भने महेश सिग्देलले श्रृङ्गगार गरेका छन् ।

सम्बन्धित समाचार

रक्सी पिएर मृत्यु भएका परिवारलाई प्रदेश २ ले १/१ लाख दिने निर्णयको आलोचना

काठमाडौं, २३ वैशाख-महोत्तरीमा रक्सी सेवनबाट मृत्यु भएका परिवारलाई प्रदेश २ सरकारले १/१ लाख दिने घोषणा गरेको छ । पीडित परिवारलाई किरिया खर्चबापत प्रतिपरिवार १/१ लाख दिने घोषणा गरेपछि यसको आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा...

विराटनगरमा जारी एक्स्पोमा धरान डेन्टलको लापरवाही, औजार निर्मलीकरण नगरी स्वास्थ्य उपचार

विराटनगर । विराटनगरमा जारी मोरङ व्यापार संघ टे«ड एक्स्पोमा निःशुल्क दन्त परीक्षण स्वास्थ्यकर्मीहरुले स्वास्थ्य मापदण्ड पुरा नगरि उपचारमा गर्दै आएको पाइएको छ । शिविरमा आएका विरामीहरुको दन्त परीक्षण उपचारमा खटिने स्वास्थ्यकर्मीहरुले स्वास्थ्य मापदण्डको ख्याल नगरि...

निर्वाचन सार्ने निर्णय भए शेखर समुहलाई मान्य नहुने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा।शेखर कोइराला नेतृत्वको समूहले निर्वाचनबारे पार्टीभित्र छलफल हुनुपर्ने माग गरेको छ । कोइराला समूहका नेताहरुको भर्चुअल बैठकले पार्टीभित्र छलफल नगरी सभापति देउवाले अन्य पार्टीसँग सहमति गर्नुको औचित्य नभएको निष्कर्ष निकालेको...

पीसीआर परिक्षणपछि सेनिटाइज गरेर आरती स्ट्रिप्स सञ्चालनमा

विराटनगर, ६ भदौ–मोरङको बुढीगंगा गाउँपालिका–१ स्थित आरती स्ट्रिप्स शनिबारदेखि पुनः सञ्चालनमा आएको छ । भारतीय मजदुरका कारण कोरोना संक्रमण फैलिएपछि बन्द भएको सो उद्योग शनिबारबाट पुनः सञ्चालनमा आएको हो । उद्योगमा कार्यरत ६०० बढि मजदुर...

व्यापारीमाथि आक्रमण गर्नेलाई प्रहरीले यसरी समात्यो

विराटनगर । विराटनगरको मुख्य बजार ट्राफिक चोकको ग्लोबल बैङ्कभित्र सामान्य विवादलाई लिएर एक जना व्यापारीमाथि आक्रमण गरेको खुलेको छ ।विराटनगर – १५ घर भएका ३२ वर्षीय राहुलकुमार रायमाथि विराटनगर १२ का दीपेन्द्र कामतले चक्कु प्रहार...

भ्रष्टाचार सर्वेक्षणको प्रतिवेदन सार्बजनिक गर्न अध्यक्ष गोल्छाको माग

काठमाडौं, ११ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भ्रष्टाचार सम्बन्धी सर्वेक्षणको प्रतिवेदन छिटो सार्वजनिक गर्न भन्सार विभागसँग माग गरेका छन् । भन्सार विभागले गरेको सर्वेक्षण सराहनिय भएको तर प्रतिवेदन सार्वजनिक नभएको भन्दै...

गुर्जोको रस पिउँदा कोरोना संक्रमण ठीक हुने बाबा रामदेवको दावी

भारतीय योग गुरु बाबा रामदेवले कोरोना भाइरस (कोभिड-१९)सँग नडराउन आग्रह गर्दै गुर्जोको रस पिउँदा फाइदा हुने बताएका छन् । उनले झारखण्ड राज्यको एक कार्यक्रममा गुर्जोको रस पिउँदा कोरोना भाइरले संक्रमण नगर्ने बताएका हुन् । रामदेवले...

विराटनगरमा आकाशे पुल बनाउने योजना अलपत्र

विराटनगर, १ असोज । विराटनगर महानगरपालिकामा आकाशेपुल बनाउने योजना अलपत्र परेको छ । सम्बन्धित निकायको समन्वयकारी भूमिकाको अभाव तथा स्थान सुनिश्चित नगरी योजना कार्यान्वय गर्न खोज्दा झण्डै साढे २ करोडको योजना अलपत्र परेको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्