राशिफल

निर्वाचन सार्ने निर्णय भए शेखर समुहलाई मान्य नहुने

 न्यूज विराट
निर्वाचन सार्ने निर्णय भए शेखर समुहलाई मान्य नहुने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा।शेखर कोइराला नेतृत्वको समूहले निर्वाचनबारे पार्टीभित्र छलफल हुनुपर्ने माग गरेको छ । कोइराला समूहका नेताहरुको भर्चुअल बैठकले पार्टीभित्र छलफल नगरी सभापति देउवाले अन्य पार्टीसँग सहमति गर्नुको औचित्य नभएको निष्कर्ष निकालेको हो ।

भर्चुअल बैठकमा कोइरालासहित कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेताहरु डा।रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा।मिनेन्द्र रिजाल, चन्द्र भण्डारी लगायत सहभागि थिए ।

भर्चुअल बैठकमा बोल्दै नेता कोइरालाले राष्ट्रिय राजनीतिका गहन विषयमा पार्टीभित्र छलफल नगर्नु गलत भएको बताए ।

‘पार्टीभित्र छलफल नगर्ने तर गठबन्धनका नाममा नेताको अनुकुल हुनेगरी प्रस्तुत हुने कुराको औचित्य छैन । संविधानभन्दा बाहिर गएर गठबन्धनमा सहमति गरिए मान्य हुँदैन’, बैठकमा शेखरले भने ।

बैठकले बैशाखमा स्थानीय निर्वाचन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको छ ।

‘कांग्रेसको कुनै नेताले अघिल्लो चुनाव हारेको र अहिले संसदमा जान मन लागेको भरमा संविधानविपरीत जान मिल्दैन । पहिले स्थानीय निर्वाचन हुनुपर्छ अनि संसदीय निर्वाचन हुन्छ’, बैठकमा सहभागि एक नेताले भने ।

सम्बन्धित समाचार

सीएनआई कोशी एक्स्पो सुरू (फोटो फिचर)

विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा विराटनगरमा सीएनआई कोशी एक्स्पो सुरू भएको छ । विराटनगर – २ शंकरपुरमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्घाटन गरेपछि एक्स्पो सुरू...

डिएभी स्कुलमा स्पोर्ट्स मिट सुरू

विराटनगर । विराटनगर – १३ मा रहेको डिएभी स्कुलमा स्पोर्ट्स मिट सुरू भएको छ । स्कुल परिसरभित्र स्पोर्ट्स मिट सुरू भएको हो ।आइतबारसम्म संचालन हुने स्पोर्ट्स मिटमा एक दर्जन बढी खेलहरू रहेको डिएभी स्कुलका प्रिन्सिपल...

विराटनगरमा तेक्वान्दोको ग्रेडिङ परीक्षा कार्यक्रम सुरू

विराटनगर । विराटनगरमा तेक्वान्दो खेलको ग्रेडिङ परीक्षा कार्यक्रम सुरू भएको छ । प्रदेश नं. १ आइटिएफ तेक्वान्दो संघको आयोजनामा विराटनगरमा बिहीबारदेखि ग्रेडिङ परीक्षा सुरु भएको हो । तेक्वान्दोको कालोपेटी प्रथम, कालोपेटी दोस्रो र कालोपटी तेस्रो...

विराटनगर विमानस्थलमा ‘कन्भेयर बेल्ट प्रणाली’ सञ्चालन

विराटनगर । विराटनगर विमानस्थलले हवाई यात्रुको सुविधा अभिवृद्धि गर्ने योजना अनुरुप आजदेखि आगमन कक्षमा कन्भेयर बेल्ट प्रणाली( व्यागेज ह्याण्डलिङ्ग सिस्टम) सञ्चालनमा ल्याएको छ । मोफसलका विमानस्थलमा पहिलो पटके उक्त्त जडान गरिएको र यसको लागत दुई...