भ्रष्टाचार सर्वेक्षणको प्रतिवेदन सार्बजनिक गर्न अध्यक्ष गोल्छाको माग

 न्यूज विराट
भ्रष्टाचार सर्वेक्षणको प्रतिवेदन सार्बजनिक गर्न अध्यक्ष गोल्छाको माग

काठमाडौं, ११ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भ्रष्टाचार सम्बन्धी सर्वेक्षणको प्रतिवेदन छिटो सार्वजनिक गर्न भन्सार विभागसँग माग गरेका छन् ।

भन्सार विभागले गरेको सर्वेक्षण सराहनिय भएको तर प्रतिवेदन सार्वजनिक नभएको भन्दै छिटो सार्वजनिक गर्न उनले माग गरेका हुन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आइतबार महासंघको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले विभागले गरेको उक्त सर्वेक्षणमा आफूले पनि सहभागिता जनाउन पाएको तर अहलेसम्म प्रतिवेदन हेर्न नपाएको गुनासो गरे ।

प्रतिवेदन सार्वजनिक भए जनसमुदायमा सकारात्मक सन्देश जाने पनि गोल्छाको भनाइ छ । यस्तै भन्सारबाट छुटेको समान राजस्व अनुसन्धान विभागले बाटोमा रोक्ने गरेको गुनासो पनि अध्यक्ष गोल्छाले गरे । यसबाट व्यापारिहरु त्रसित हुने मात्र नभई व्यवसायिक विकृतिसमेत उत्पन्न हुने खतरा बढेको बताए । भन्सार मूल्याङ्कन र वर्गीकरण यथार्थपूरक हुनुपर्नेमा समेत अध्यक्ष गोल्छाले जोड दिए ।

कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीेले सरकार व्यवहारिक रुपमा निजी क्षेत्रमैत्री रहेको बताए । निजी क्षेत्रको समस्या सरकारले नसुनिकन र निजी क्षेत्रको आवस्यकता अनुसार कानूनहरु संसोधन नभएसम्म आर्थिक विकासका गतिविधि बढ्न नसक्ने स्पष्ट पारे ।

कार्यक्रममा उद्योगी व्यवसायीहले भन्सार सम्बन्धमा भएका विवाद समाधान गर्न संयन्त्र निर्माण गर्न माग गरेका छन् । सरकार र निजी क्षेत्र एक अर्काका परिपूरक भएकाले निजी क्षेत्रको विकास विना मुलुकमा आर्थिक विकास सम्भवन नभएको पनि उद्योगी व्यवसायीहरुले बताएका छन् ।

सम्बन्धित समाचार

किड्स भिलेजमा खेलकुद सप्ताह सम्पन्न

विराटनगर । बिराटनगर – ५ स्थित किड्स भिलेज स्कुलमा खेलकुद सप्ताह सम्पन्न गरेको छ। उक्त कार्यक्रममा नानीबाबूहरुलाई १२ वटा बिधामा विभिन्न प्रकारका खेलकुदहरू खेलाईएको थियो। ऊक्त खेलमा प्ले ग्रुपका र सो भन्दा माथिका सबै विद्यार्थीहरूले...

चीनबाट आइपुग्यो थप ४४ लाख डोज भेरोसेल खोप

काठमाडौं, १ असोज । कोरोनाविरुद्धको थप ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । शुक्रबार दिउँसो २ बजे खोप लिएर नेपाल एयरलाइन्सको जहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । सरकारले चीनबाट पछिल्लो समय ६०...

सप्तरीमा आगलागीबाट तीन घर जलेर नष्ट

सप्तरी, माघ १–सप्तरीको तिलाठी कोलाडी गाउँपालिकामा आज बिहान आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । वडा नं ७ मा स्थानीय देवनारायण साहको घरबाट अचानक सल्केको आगो निजको एउटा घर पूर्णरूपमा जलेर नष्ट भएको...

विराटनगरको नोबेल अस्पतालले भन्यो-सवै सेवा खुला छ, भ्रममा नपर्नुहोस्

विराटनगर, २ फागुन । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले अस्पतालका कुनैपनि सेवा अवरुद्ध नरहेको जनाएको छ । अस्पताल प्रशासनले सूचना जारी गरेर अस्पतालका सम्पूर्ण सेवा सूचारु रहेको जानकारी दिएको हो । अस्पतालका सेवाहरु सूचारु भए÷नभएको विषयमा...

झापामा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

विराटनगर, २१ पुस-झापामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । झापाको कन्काई नगरपालिका–५ मा टिपरले मोटरसाईकललाई ठक्कर दिंदा मोचरसाइकल चालकको मृत्यु भएको हो । सोमवार दिउँसो ३ बजेको समयमा बा २ ख ९२८४ नम्बरको...

विराटनगरको कोभिड–१९ अस्पतालमा आईसियु र भेन्टिलेटर सेवा शुरु

विराटनगर, ४ भदौ-प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आईसियु र भेन्टिलेटर सेवा सुरु गरिएको छ । कोरोनाका लक्षण सहितका संक्रमितको उपचार गर्नेगरि आईसियु र भेन्टिलेटर सेवा शुरु गरिएको सामाजिक विकास...

मानव सेवा आश्रममको भवन निमार्णमा समाजसेवी गोयलद्धारा ५ लाख ११ हजार सहयोग

विराटनगर । विराटनगरस्थित मानव सेवा आश्रमको भवन निमार्णको लागि समाजसेवी उद्योगी दिनाबन्धु गोयलले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । आश्रममा मंगलबार एक कार्यक्रम आयोजना गरि भवन निमार्णको लागि...

आज विराटनगरमा एकैदिन २७६ जनामा कोरोना संक्रमण

विराटनगर, १० माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २८३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ८४६ र ९८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्