मोरङ ट्राफिकले सिटी सफारी चालकलाई ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना’ गराउँदै
मङ्गलबार, २१ कार्तिक, २०८०,
न्यूज विराट
विराटनगर । सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सिटी सफारी चालकहरुलाई ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना’ गराएको छ । मोरङ ट्राफिक प्रहरी कार्यालयको अगुवाईमा विराटनगरका सिटी सफारी चालकहरुलाई ट्राफिक चेतनामूलक कार्यक्रम गरी सवारी दुर्घटना न्युनिकरणको लागि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना’ गराएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा सिटी सफारी चालकलाई लक्षित गरी सवारी दुर्घटना न्यूनिकरण गराउने उद्देश्यले सडक अनुसुशासनको बारेमा जानकारी गराएको उनले बताए । साथै दुर्घटना न्यूनीकरण गर्न, सडक अनुशासन कायम राख्न, सडक प्रयोगकर्तालाई जिम्मेवारी बोध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए।
विराटनगरमा सवारी दुर्घटनाको विश्लेषण गर्दा सवारी दुर्घटना सिटी सफारीको कारणले पनि दुर्घटना हुने गरेको छ । तीव्र गति, ट्राफिक संकेत वा इशाराको उल्लंघन, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने जस्ता चालकको लापरबाहीका कारण हुने गरेको पाइएको ट्राफिक प्रहरीले जनाएको छ।
यस्तै सडकको अवस्था, सवारी साधनको खराब अवस्था र सवारीको यान्त्रिक गडबडी र सडक प्रयोगकर्तामा ट्राफिक नियमको पर्याप्त ज्ञानको अभाव पनि सवारी दुर्घटनाका कारण बनेकाले सडक सुरक्षा तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि सचेतना गरिएको प्रहरी निरीक्षक न्यौपानेले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका कार्यालय प्रमुख प्रहरी निरीक्षक न्यौपाने र प्रहरी नायव निरीक्षक सुन्दर श्याम पोखरेलबाट सवारी दुर्घटना न्यूनिकरण तथा सडक अनुशासन पालना गराउने उदेश्य अनुरुप विराटनगर रानी खण्डमा संचालन हुने सिटी सफारीका ५० जना चालकहरुलाई भेला जम्मा गरी सचेतना गराएका थिए । उनीहरुलाई सडक अनुशासन, लेनअनुशासन, ट्राफिक चिन्ह संकेत तथा सडक रेखाहरुको जानकारी, ट्राफिक नियम तथा जरिवानाको बारेमा सैद्धान्तिक प्रशिक्षण प्रदान गर्नुका साथै सवारी चालक अनुमति पत्र तथा सवारी दर्ता किताब अनिवार्य साथमा राखी सवारी चलाउन अनुरोध समेत गरिएको थियो ।
विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिताको आजको दुई वटा सेमिफाइनल खेल वर्षाका कारण स्थगित गरिएको छ। बुधबार विराटनगरको जुट मिल खेलमैदानमा हुने भनिएका दुवै खेलहरू भोली शुक्रबार हुने आयोजकले जानकारी दिएको...
पर्सा, पुस ८ । पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँसहित सत्तारुढ कांग्रेस, माओवादी र मधेसवादी दलका ५ हजार भन्दा बढी नेता–कार्यकर्ता एमाले पवेश गरेका छन । जगरनाथपुरमा आज आयोजित बिशाल सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले...
कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिएको र नेपालमासमेत बढेको सन्दर्भमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको संयोजकत्वमा कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल, नेपाल 'कोमविसाप' गठन गरिएको छ । समाजका सबै क्षेत्रका व्यक्तिहरूलाई प्रतिनिधित्व गराइएको समितिले कोरोना महाव्याधीका कारण सिर्जित...
सरकारले लकडाउनको बेला दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन पसल खोल्ने समय तोक्ने भएको छ ।नागरिक आवश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध चामल, दाल, तेल, दुध, पानी, तरकारी लगायतका अति आवश्यक सामान उपलब्ध गराउन दिनमा २ पटक...
आज कोरोना भाइरस संक्रमित भेटिएका व्यक्ति कतारबाट नेपाल आएको पाइएको छ। उनले कतारबाट नेपाल आएर काठमाडौंको एक होटलमा बसेका स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताए । उनी धादिङ निवास ३२ वर्षीय पुरुष रहेको पनि उनले बताए...
विराटनगर, १२ पुस । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएर फर्किएका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले दोस्रो पटक मेयर भएर अधुरा काम पुरा गर्ने बताएका छन् । केन्द्रीय सदस्यमा निर्वाचित भएर सोमबार...
विराटनगर । मोरङको पथरीशनिश्चरे – ७ लामा टोलीस्थित शौचालय गएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या आरोपमा पक्राउ परेका एक जना अभियुक्तलाई प्रहरीले सार्वजानिक गरेको छ । राईको हत्या आरोपमा प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका...
काठमाडौं, ३ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक भर्खरै सकिएको हो ।नेकपालभित्र देखिएका समस्याबारे छलफल भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले निश्चित एजेन्डा नभए...