कोशी सरकारलाई दिएको समर्थन कायमै राखेर प्रतिपक्षमा बस्ने एमालेको निर्णय

 न्यूज विराट
कोशी सरकारलाई दिएको समर्थन कायमै राखेर प्रतिपक्षमा बस्ने एमालेको निर्णय

विराटनगर । कोशी प्रदेशमा विद्रोहीलाई साथ दिएको नेकपा एमाले एक महिना नबित्दै पुनः विपक्षमा पुगेको छ। एमालेले केदार कार्की नेतृत्वको सरकार छाडिसकेको छ।
एमाले सोमबारदेखि प्रदेश सभामा विपक्षी लहरमा बस्ने भएको छ। विपक्षमा बसे पनि कार्की नेतृत्व सरकारलाई दिएको विश्वासको मत भने कायमै राख्ने निर्णय एमालेले गरेको छ।

सोमबार विराटनगरमा बसेको संसदीय दलको बैठकले तत्काललाई भने समर्थन कायमै राख्ने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए।

नेपाली कांग्रेसमा विद्रोह गरेका केदार कार्कीलाई असोज २७ मा मुख्यमन्त्री नियुक्त हुँदा साथ दिएको एमालेले प्रदेशमा कांग्रेस र एमाले मिलेर सरकार चलाउनु पर्ने अडान राखेको थियो।

तर मुख्यमन्त्री कार्कीले गठबन्धन दलहरुलाई सरकारमा सामेल गराएपछि एमाले सरकारबाट बाहिरिएको हो । शुक्रबार प्रदेशमा नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी सरकारमा सामेल भएका थिए। एमालेबाट मन्त्री बनेका राम रना मगरले शनिबार राजीनामा दिएका थिए।

मुख्यमन्त्री कार्कीले कात्तिक १ मा विश्वासको मत लिएका थिए। उनलाई राप्रपाबाहेकका सबै दलले विश्वासको मत दिएका थिए।

पूर्व मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले एमाले सत्ताको दौडमा नरहेको दाबी गर्दै विपक्षमा बस्ने निर्णय गरेको बताएका छन्।

‘चुनावदेखि चुनावसम्म र सत्तादेखि सत्ताको यात्रामा एमाले छैन’, उनले भने, ‘गठबन्धन दलको सत्ता स्वार्थले कोशी प्रदेशमा प्रदेश सभालाई मध्यावधिमा धकेल्ने अवस्था आइसकेपछि व्यवस्था माथिको प्रहारलाई रोक्न,सन्निकटमा हुन सक्ने मध्यावधि रोक्न र प्रदेश संरचनालाई स्थापित गर्न एमालेले कांग्रेसका कार्कीलाई समर्थन गरेर सरकार गठन गर्न सहयोग गरेका हौं।’

अहिले सहकार्यको परिस्थिति कायम नभए पछि सरकारबाट बाहिरिएको उनले बताए। सरकारलाई गुण र दोषको आधारमा समर्थन र विरोध गर्दै प्रतिपक्षमा बस्ने निर्णय गरिएको उनको भनाइ छ।

सम्बन्धित समाचार

ओलीकै सक्रियता र पहलमा निर्वाचन आयोगमा एमाले दर्ता : प्रचण्ड

काठमाडौं, ९ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियता र पहलमा नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको बताएका छन् । पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा...

चौंथो मिल्स गोल्डकप : डिफेन्डिङ च्याम्पियन गोलबजारलाई हराउँदै प्रहरी सेमिफाइनलमा

विराटनगर । टाइब्रेकरबाट जित निकाल्दै कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको जुटमिलको खेलमैदानमा सोमबार सम्पन्न भएको अन्तिम क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन गोलबजार स्पोर्टिङ क्लब...

आज ४ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, २९ साउन-आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।...

विराटनगरमा १९ सहित प्रदेश १ मा ५७ जनामा कोरोना संक्रमण

विराटनगर, ३ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना संक्रमण भएको छ । ३७४ जनाको पीसीआर परीक्षण गर्दा ४९ र ८७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास...

पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्यो नेपाल

काठमाडौं, असोज २७ । नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । साफको इतिहासमा बुधबार पहिलो पल्ट नेपालले फाइनल यात्रा तय गरेको हो । नेपाललाई फाइनल पुग्न एक अंक चाहिएकोमा बंगलादेशलाई राउन्ड रोबिनको आफ्नो अन्तिम खेलमा १–१...

एमाले उर्लाबारी नगर कमिटीको बैठकस्थलमा तोडफोड

मोरङको उर्लाबारीमा नेकपा एमाले नगर कमिटीको विस्तारित बैठक विथोलिएको छ । फुटको संघारमा पुगेको एमालेको मोरङ उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा संस्थापन पक्षले नगरस्तरीय विस्तारित बैठक बोलाएको थियो । बैठक सुरु हुनुअघि नै बैठकस्थलमा राखिएका कुर्सी...

रतुवामाईको बालुबारीमा बोर्डर आउट पोष्ट स्थापना

विराटनगर, असार ६–मोरङको रतुवामाई नगरपालिका वडा नं. २ डोरीया स्थित भारतीय सीमा क्षेत्रमा शसस्त्र प्रहरीको बोर्डर आृट पोष्ट(विओपि) स्थापना भएको छ । सो वडाको डोरीया स्थित बालुबारीमा स्थापना गरिएको बिओपिको रतुवामाई नगरपालिकाका नगर प्रमुख रवीन...

आगामी एपिसोडदेखि ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुदै

काठमाडौं, १६ कात्तिक । कलाकार जितु नेपालले निर्माण निर्देशन र सञ्चालन गर्दै आएको हाँस्य रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ । आगामी साताको एपिसोडसँगै उक्त सो बन्द हुन लागेको हो । कार्यक्रममा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्