मोरङमा संगठीत हुँदै तेली समाज, आधा दर्जन स्थानीय तहमा नेतृत्व चयन

 न्यूज विराट
मोरङमा संगठीत हुँदै तेली समाज, आधा दर्जन स्थानीय तहमा नेतृत्व चयन

विराटनगर । मोरङमा तेली सामुदाय संगठीत भएर अगाडी बढेका छन् । मोरङको स्थानीय तहरूमा तेली समाज गठन गरेर अहिले संगठित भएर अगाडी बढेका हुन् ।

विभिन्न नाममा रहेको तेली समुदायका जातिय संस्थाहरु एक हुँदै गएर अहिले १६ वटा जिल्लामा तेली कल्याण समाज नेपालको जिल्ला समिति बनाई सकेका छन् ।
सुनसरीमा रहेको साह सेवा समिति पनि तेली कल्याण समाज नेपाल अन्तर्गत रहेर कामकाज गरिरहेको छ । गत फागुनमा नाम समेत परिवर्तन गरेर तेली कल्याण समाज राखिसकेको छ ।

मोरंगमा तेली कल्याण समाज नेपालका नामले नै जिल्ला समिति सेवारत थियो । यद्यपि ५ औं अधिवेशन भन्दा अगाडि सकृयता केहि कम थियो । गत भदौमा भएको ५ औं जिल्ला अधिवेशनले डा. बालकृष्ण साहको नेतृत्वमा जिल्ला कार्य समिति बने पछि संगठनमा सकृयता थपिएको छ । अधिवेशन पुर्व नै गाउँ तथा नगर अधिवेसन सम्पन्न गरेर मोरङको जहदा गाउँ समिति, रंगेली नगर समिति, सुनबर्शी गाउँ समिति र रतुवामाई नगर समिति गठित थिए ।

वैसाखमा सुन्दरहरैचा नगर अधिवेशन गरेर शुन्दरहरैचा नगर समिति गठन गरिसकेको छ ।

अहिलेसम्म विराटनगर महानगरमा महानगरीय समिति गठन गर्न सकिएको छैन । हालै विराटनगर महानगरमा अन्य विभिन्न नामले तेली समुदायका संघसंगठनहरु रहेको र सोलाई समेत एकीकरण गर्दै वडा अधिवेशन गरेर मात्रै महानगर अधिवेशन गरेर महानगर समिति गठन गर्ने उद्देश्यले अधिवेशन तयारी गर्न गराउन तदर्थ समिति गठन गरिएको छ।

बिराटनगर ७ निवासी तथा साह हाडवेयरका सञ्चालक संजय कुमार साहको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको छ । यस समितिले वडा भेला गराउने, वडा अधिवेशन गराउने र तत्पश्चात महानगर अधिवेशन गराउने जिम्मेवारी पाएको छ ।

जातिय एकता र पहिचान बचाउदै कुलवंशको गरिमा कायम गराउन यस समितिलाई सहयोग गरि सहयोग गर्न जिल्ला कार्यसमिति मोरङले हार्दिक अपिल गरेका छन् । नवगठित तदर्थ समितिमा संयोजक संजय कुमार साह, सदस्य सचिव जगत लाल साह, सदस्यहरुमा संचित साह, नन्दगोपाल साह, सुरेश साह, सन्तोष साह, श्रीलाल साह,
सरोज साह, संजिव साह, कमल साह, शिव कुमार साह रहेका छन् ।

सम्बन्धित समाचार

इटहरी उपमहानगरपालिका क्षेत्र सिल

विराटनगर, ६ जेठ-इटहरी उपमहानगरपालिका-२ मा १८ वर्षीय १ युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि इटहरी उपमहानगरले ५ दिन उपमहानगरक्षेत्र सिल गर्ने निर्णय गरेको छ । इटहरीमा संक्रमण पुष्टि भएलगत्तै सुरक्षा अधिकारीसहितको विपद् व्यवस्थापन समितिको आकस्मिक...

एसइइ कप : मोरङ र सुनसरीका पाँच स्कुल विजय

विराटनगर । विराटनगरमा जारी एसइइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा पाँच वटा स्कुल विजय भएका छन् ।विराटनगरको सहिद मैदानमा शनिबार भएको खेलमा वीरेन्द्र मावि, दिल्ली पब्लिक, सुनसरी किस्टल, जनता मावि र आर्दश...

किड्स भिलेजमा अक्षरारम्भ, ४७ जना विद्यार्थी नयाँ भर्ना

विराटनगर । विराटनगर – ५ मा रहेको किड्स भिलेज स्कुलमा ४७ जना नयाँ विद्यार्थीले अक्षरारम्भ गरेका छन् । स्कुल परिसरमा बुधबार बसन्तपञ्चमीको अवसर पारेर सो संख्यामा विद्यार्थीहरुले अक्षरारम्भ गरेका हुन् । बसन्तपञ्चमीमा किड्स भिलेज स्कुल...

पत्रकार प्रेम देवानलाई ‘आदर्श युवा सम्मान’

विराटनगर । विराटनगरका सक्रिय पत्रकार प्रेम देवान सम्मानित भएका छन् । विराट आदर्श साहित्य मञ्चले देवानलाई शुक्रबार ‘आदर्श युवा सम्मान’ २०८१ बाट सम्मानित गरेको हो । देवानलाई नगद १० हजार रुपैयाँसहित कदर पत्रले कार्यक्रमका अध्यक्ष...

९२ वर्षको उमेरमा कोरोना जितेर घर फर्किँदा

एजेन्सी, बैशाख २७-तस्वीरमा देखिएका व्यक्ति ९२ वर्षीय भवानी शर्मा हुन् । भारत जयपुरका उनले कोरोनामाथि विजय प्राप्त मात्र गरेका छैनन्, जिन्दगीको सबैभन्दा सुन्दर चित्र पनि देखाएका छन् । २८ अप्रिलमा कोरोना संक्रमणबाट पूरै मुक्त भई...

आन्दोलनकारी र प्रहरीबीच झडपमा ४६ घाइते : ३८ राउण्ड हवाइ फायर, ७४ सेल अश्रुग्यास प्रहार

विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै विराटनगरस्थित प्रदेश सभाअगाडि प्रर्दशन गर्ने क्रममा प्रहरी र पहिचान पक्षधरबीच भएको झडपमा परी ४६ जना घाइते भएका छन् । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोजेको थियो...

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार नाघ्यो

पेरिस, २० जेठ-महामारीका रूपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर ३ लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । एएफपीको गणनाअनुसार विश्वभर ६३ लाख ७४ हजार मानिस कोरोनाभाइरसबाट संक्रमित छन् । जसमा युरोपमा मात्र १ लाख ७९...

भारत र अन्य देशबाट प्रत्येक दिन ६ हजारको उद्धार गर्न प्रस्ताव 

काठमाडौं, जेठ ४-सरकारले भारतसँग अन्य देशबाट कोरोना भाइरसका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धार गर्ने भएको छ । विदेशमा रहेका नेपाली नागरिक उद्धार गर्ने विषयमा कोभिड- १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा छलफल भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्