विराटनगर । एग्रो टुरिजमको प्रवर्द्धन गर्न पर्यटन व्यवसायीहरुले माग गरेका छन् । इलामको सूर्योदय नगरपालिका – ५ समालबुंगमा रहेको अन्तु डाँडा एग्रो फन्समा आयोजना गरिएको अन्तुको पर्यटन प्रवद्र्धनका लागि अन्तक्रिया कार्यक्रममा सहभागि भएका पर्यटन व्यवसायीहरुले यस्तो बताएका हुन् ।
सूर्यदय नगरपालिका ४ र ५ का पर्यटन व्यवसायीहरु सहभागि भएको कार्यक्रममा उनीहरुले एग्रो टुरिजमको प्रवर्द्धन गरेर अगाडी बढनुपर्नेमा जोड दिए ।कार्यक्रमको प्रमुख अतिथि रहेका नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका अध्यक्ष पुण्य प्रसाद भट्टराईले समृद्धीका लागि कृषि र पर्यटनलाई जोडेर एग्रो टुरिजमको विकास गरिनुपर्ने बताए । इलामको श्रीअन्तु क्षेत्र प्रदेशकै उत्कृष्ट पर्यटन गन्तब्यको रुपमा विकास भइरहेको र धेरै सम्भावना बोकेको क्षेत्र भएकाले एकीकृत रुपमा पर्यटकीय क्षेत्रको रुपमा विकासमा राज्यले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा एग्रो टुरिजम मार्फत अहिलेका युवाहरुले व्यवसाय गर्न चाहिरहेको पर्यटन व्यवसायीहरुले बताए । एग्रो टुरिजमको विकास भए अन्तु आउने पर्यटकलाई थप केही दिन राख्न सकिने उनीहरुले बताए । अन्तु डाँडा एग्रो फन्स प्रबन्धक निर्देशक विजय सुवेदीले कृषिमा रुपान्तरण गर्दै पर्यटनको विकासको लागि एग्रो टुरिजमा जोड दिनुपर्ने बताए । कृषिलाई आधार बनाएर पर्यटक भित्र्याउने रणनीति अनुरूप कृषिमा आधारित ‘एग्रो टुरिजम’ व्यवसाय गर्न ९० रोपनीमा अन्तु डाँडा एग्रो फन्स संचालनमा ल्याएको उनले बताए । व्यावसायिक कृषि उत्पादन र तिनै उपजबाट पर्यटन प्रवद्र्धन गर्ने उनको योजना रहेको छ । कार्यक्रममा अन्तु पर्यटन व्यवसायी संघका अध्यक्षका रुद्र प्रसाद घिमिरले यहाँको एग्रो टुरिजमको विकास गरेर आन्तरकि र बाहय पर्यटक भित्राउनुपर्ने बताए । श्रीअन्तुमाा एग्रो टुरिजमको विकास गर्नसके यहाँको पर्यटन क्षेत्र थप चलायमन हुने भएकोले हातेमालो गरेर अगाडी बढनुपर्ने उनले बताए ।
कार्यक्रममा सूर्यदय नगरपालिका ४ र ५ का दुई दर्जन बढी पर्यटन व्यवसायीहरुको उपस्थती रहेको थियो । कार्यक्रममा सहभागि भएका प्रमुख अतिथि, अतिथि र व्यवसायीहरुले ९० बिगा क्षेत्रफलमा फैलिएको अन्तु डाँडा एग्रो फन्सको पनि अवलोकन र निरीक्षण गरेका थिए । अहिले अन्तु डाँडा एग्रोमा चिया, विभिन्न प्रजातिका तरकारि, फलफुल, माछा, लोकल कुखुरा, नेपालको सबैभन्दा लामो गौतमबुद्धको मूर्ती रहेको छ । यहाँ एक लाख रुपैयाँ प्रतिकेजी रुपैयाँ पर्ने ग्रिन टि पनि उत्पादन हुने गरेको छ । ग्रिन टि विदेश निर्यात गर्ने योजना बनाएको संचालक सुवेदीले बताए । सोही अवसरमा नाट्टा कोशी प्रदेशका अध्यक्ष भट्टराई अन्तु डाँडा एग्रो फन्सका आजिवन सदस्य पनि बनेका छन् ।
विराटनगर । बालबालिका प्रयोग गरी तरकारी बजार र हटियामा सुनको सिक्री लुटपाट गर्न लगाउने गिरोहको सदस्य पक्राउ परेका छन् । विराटनगरको साप्ताहिक हाट बजारमा तरकारी किन्न गएका सर्वसाधारणको सुनको सिक्री लुटपाट गर्न लगाउने गिरोहका एक...
काठमाडौं, १६ जेठ-अस्ट्रेलियास्थित नेपाली दूतावासले नेपाल फर्किन चाहनेलाई आफ्नो विवरण अध्यावधिक गर्न सूचना जारी गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण नेपाल फर्किन नपाएका र तत्काल नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका अस्ट्रेलिया र अस्ट्रेलियास्थित...
काठमाडौं, माघ १८ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन हुने बताउनुभको छ । आफूलाई भेट्न आइपुगेको वागमति प्रदेशका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको परामर्शमा जेठ ४ गते स्थानीय तहको...
काठमाडौं, कात्तिक २८ । नेपाल रेडक्रस सोसाईटीको विशेष विधान महाधिवेशन स्थगित भएको छ । थापाथलीस्थित कार्की ब्याङ्केटमा आयोजित विशेष महाधिवेशनमा असन्तुष्ट समूहले तोडफोड गरेपछि स्थगित भएको हो । विधान विपरीत कारबाही गरेका १६ जिल्लाबाट आएका...
विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा राईजिङ स्कुल र सरस्वती स्कुल विजयी हुँदै सेमिफाइनलमा प्रवेश भएको छ । पहिलो खेलमा राईजिङ स्कुलले...
काठमाडौं, १७ जेठ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संसदबाट अमेरिकन सहयोग एमसीसी अनुमोदन नहुँदासम्म एमसीए नेपालअन्तर्गतका कामलाई तत्काल रोक्ने निर्णय गरेको छ । शनिबार बसेको नेकपा सचिवालय बैठकले संसदबाट एमसीसी अनुमोदन हुने/नहुने निर्णय नहुँदासम्म एमसीए नेपालअन्तरगतका काम...
विराटनगर, माघ २८–बालबालिकामाथि खासै चेकजाँच नहुने भएपछि लागुऔषध कारीबारीले बालिकालाई तस्करीका लागि प्रयोग गर्न थालेका छन् । सहजै आफूले भनेको ठाउँमा पुग्ने र प्रहरीले पनि बालबालिकामाथि निगरानी नगर्ने देखेपछि बालबालिकाको प्रयोग बढ्न थालेको हो ।...
विराटनगर, ९ जेठ । मोरङको बेलावारी नगरपालिका-५ मा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । आईतवार दिउँसो साँढे २ बजेको समयमा जलजला क्रसर भित्र पार्किङ गरी राखेको टिपरलाई सफा गर्नका लागी डाला उठाउँदा अचानक...