रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा सफाई कर्मचारीलाई लत्ता कपडा र मिठाई वितरण

 न्यूज विराट
रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा सफाई कर्मचारीलाई लत्ता कपडा र मिठाई वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सडक सरसफाई गर्ने महिला कर्मचारीहरुलाई लत्ता कपडा र मिठाई वितरण गरेको छ ।

विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीको उपस्थितीमा क्लबले सडक सफाई गर्ने ५० जना महिला कर्मचारीहरुलाई नजिकिदै गरेको तिहार पर्वको अवसरमा लत्ता कपडा र मिठाई वितरण गरेको हो ।

उनीहरुलाई रोटरीलाई जन–जनसम्म पुर्याउन ‘बेस्ट आउट अफ वेस्ट’ अर्थात पुरानो कपडाबाट रोटरीको लोगोसहित झोला बनाई त्यसमा राखेर नयाँ साडी, चोलो, मिठाई र जुस वितरण गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष कुसुम अग्रवालले जानकारी दिइन् ।

सो अवसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

भोकभोकै २ दिन पैदल हिँडेर कोशी ब्यारेज आइपुगेका १३ मजदुरको उद्धार

विराटनगर, बैशाख २८–सिराहबाट भोक भोकै २ दिन लगाएर आउँदै गरेका १३ जना इट्टा उद्योगमा काम गर्ने मजदुरको सुनसरी स्थित कोशी ब्यारेजबाट उद्धार गरिएको छ । मोरङको कटहरी वडा नं. २ घर भइ सिराहको मथेलेस्वर गाउँपालिका–१०...

विराटनगरको ट्राइकोट इण्डस्ट्रिज प्रालिका प्रमख कार्यकारी अधिकृत सञ्जय चाण्डोक पक्राउ

विराटनगर, १ भदौ । विराटनगर–१३ स्थित ट्राइकोट इण्डस्ट्रिज प्रा. लि. का प्रमख कार्यकारी अधिकृत सञ्जय चाण्डोकलाई प्रहरीले पक्राउ गरेको छ । तयारी पोशक उत्पादन गर्ने सो उद्योगका प्रमख कार्यकारी अधिकृत चाण्डोकलाई प्रहरीले महिला मजदुरमाथि दुव्र्यबहार...

मेशिन थपेर कोरोनाको नमूना परीक्षणको क्षमता दोब्बर बनाइँदै

प्रदेश र जिल्लास्तरबाट माग बढेसँगै सरकारले कोरोना भाइरसको नमूना परीक्षणको क्षमता विस्तार गरी दोब्बर बनाउने भएको छ । हाल दैनिक मुलुकभर रहेका १० प्रयोगशाला (ल्याब) मा गरी तीन हजारको सङ्ख्यामा परीक्षण गर्ने क्षमता रहेकामा प्रदेशस्तरमा...

कोरियामा श्रमिक लैजान रोक

काठमाडौं, माघ २९ । केही दिनदेखि पुनः कोरोना भाइरसको सङ्क्रमण दर बढेपछि कोरिया सरकारले नेपाललगायत अरु देशबाट श्रमिक लैजान रोक लगाएको छ । पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि नेपाललगायतका देशबाट श्रमिक...

विराटनगरमा पहिचानवादीको जनलहर (फोटो फिचर)

विराटनगर । कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा नामकरण गरिनुपर्ने माग राख्दै असन्तुष्ट बनेका आदिवासी जनजाति संघ संगठनहरुले आज विराटनगरमा भव्य प्रदर्शन गरेका छन् । उनीहरुले विराटनगरमा भएको प्रदर्शनमा २० हजार मानिस सहभागी भएको दाबी...

खुशियालीको लागि हरियाली

विराटनगर। पर्यावरण रक्षाका लागि वृक्षरोपण अन्तर्गत आज नेपाल तथा भारतका दुई स्थानमा विभिन्न जातका विरुवा रोपियो । एजुकेशन मेसेज मिडिया प्रालि, नेपाल भारत सामाजिक संस्कृतिक मञ्च , नेपाल भारत रेल यात्रु सहजीकरण समिति र जनकपुर...

तीनै तहका सरकारबिच हुने अन्तरविरोध अन्त्यको तयारीः मन्त्री तुम्वाहाम्फे

विराटनगर, फागुन १८–कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले कानुन निर्माण गरेर तीन तहका सरकारवीच रहेका अन्तरर्विरोध अन्त्य गर्न लागिएको बताएकी छन् । आइतबारदेखि विराटनगरमा सुरू भएको प्रदेश १ का स्थानीय तहका उपप्रमुखहरूको प्रशिक्षण...

काङ्ग्रेसकाे अनुगमन समितिद्वारा औषधि व्यावसायीसँग छलफल

काठमाडौँ, १६ साउन-नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले कोरोना भाइरस सङ्क्रमण महामारीको अवस्थामा औषधिको सहज उपलब्धता, समस्या र समाधानका विकल्प बारेमा नेपाल औषधि थोक व्यवसायी सङ्घसँग छलफल गरेको छ । ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्