सामूहिक बलात्कार प्रकरण : करातेका प्रशिक्षक राउत र सुवेदीको कसुर ठहर

 न्यूज विराट
सामूहिक बलात्कार प्रकरण : करातेका प्रशिक्षक राउत र सुवेदीको कसुर ठहर

विराटनगर । सामुहिक बलात्कार कसुरमा पुर्पक्षको लागि कारागारमा रहेका कराँते प्रशिक्षक विराटनगरका विनोद राउत र सुरज सुवेदीको अपराध ठहर भएको छ ।

मोरङ अदालतका न्यायाधीश अम्बिका प्रसाद दाहालको इजालशले राउत र सुवेदीले गरेको कसुर ठहर गरेको हो । कसुर ठहर भएपछि सजाय निर्धारण भने अर्को पेशी कार्तिक २२ गतेको इजालशले तोक्ने मोरङ अदालतको सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।
मुलुकी फौजदारी अपराध संहिता ७४ दफा २१९ अन्तर्गत दुबैलाई जबरजस्ती करणीतर्फ सातदेखि १० वर्षसम्म सजाय माग गरी जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग दायर गरेको थियो । दफा २१९ कै सामूहिक जबरजस्ती करणीतर्फ थप पाँच वर्ष सजाय माग गर्दै मुद्दा दायर गरिएको थियो ।
विराटनगर महानगरपालिका–४ का ५० वर्षीय राउत नेकपा एमाले निकट नेपाल खेलकुद महासङ्घका केन्द्रीय सचिव हुन् भने अर्का आरोपित सोही स्थानका ५० वर्षीय सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन् । उनीहरुले सोही कलेजमा अध्ययनरत इटहरीकी १९ वर्षीय छात्रालाई सामुहिक बलत्कार गरेको आरोपमा पक्राउ परेका थिए ।
पीडित युवतीमाथि सामूहिक र पटक–पटक करणी हुँदै आएको अभियोग पत्रमा उल्लेखछ । अन्तिम पटक भने गत असार २८ गते सुवेदीले करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख गरिएको छ । पीडितमाथि जेठ महिनामा विराटनगरको मुनाल पथ स्थित विराट होटेलमा सुवेदी र राउतले सामूहिक करणी गरेका थिए ।
युवतीको अश्लील भिडिओ बनाई उनीमाथि पटक–पटक करणी हुँदै आएको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।
जवरजस्ती करणी मुद्दामा राउत र सुवेदीलाई २०७९ भदौ ६ गते मोरङ जिल्ला अदालतका न्यायाधीश राजेश कुमार कटुवालको इजालशले उनीहरूलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेका थिए । अदालतको आदेशपछि दुवै जना पुर्पक्षको लागि मोरङ कारागारमा रहेका छन् ।

सम्बन्धित समाचार

थप १९ जनाले जिते कोरोना, डिस्चार्ज हुनेको संख्या २ सय ६ पुग्यो

काठमाडौं, १६ जेठ-शुक्रबार थप १९ जना संक्रमितले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किनेको संख्या २ सय ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....

रतुवामाईमा शल्यक्रियासहितको विशेषज्ञ स्वास्थ्य शिवीर सुरु, पहिलो दिन २ सय ६१ ले लिए लाभ

विराटनगर, माघ २७–मोरङको रतुवामाई नगरपालिकामा सोमबारदेखि २ दिने शल्यक्रियासहितको विशेषज्ञ स्वास्थ्य शिविर सुरु भएको छ । रतुवामाई नगरपालिकाको नगर अस्पतालको रुपमा सञ्चालन हुन लागेको प्राथमिक स्वास्थ्य केन्द्र झुर्कियामा सोमबारदेखी दुई दिने आँखा, कान, नाक, घाँटी...

मंगलबारे शिक्षा र स्वास्थ्यको हब: गुरु बराल

विराटनगर, असार २–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गुरुप्रसाद बरालले संघीय, प्रदेश र स्थानीय सरकारको लगानीमा मंगलबारेलाई शिक्षा र स्वास्थ्यको हब बनाउने अभियानमा अघि बढेको बताएका छन् । मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल, उर्लाबारीका...

युएनडीपीद्धारा कोशी अस्पतालाई सरसफाइ सामाग्री वितरण

विराटनगर । युएनडीपीद्धारा विराटनगरस्थित कोशी अस्पताललाई सरसफाइ गर्ने उपकरणहरु हस्तान्तरण गरेको छ । अस्पतालमा एक कार्यक्रम आयोजना गरी १० लाख ८४ हजार ८ सय ३८ मुल्य बरावरको सरसफाइ सामाग्री हस्तान्तरण गरिएको हो ।युएनडीपका प्रोग्राम कोडिनेटर...

पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

विराटनगर, ६ फागुन । सुनसरी रामधुनी ३ बस्ने २२ बर्षीय सुरज चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । बुधबार राती पौने १० बजे रामधुनी राजमार्ग स्थितमा को २ च ३३१२ नम्बरको पिकअप भेनले को ३१प...

नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो

 काठमाडौं, २१ वैशाख-नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । आइतबार एकै दिन १६ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७५ पुगेको हो। आइतबार दिउँसो नेपालगन्जमा पाँच पुरुष र चार महिलामा कोरोना पुष्टि भएको थियो। साँझ...

सीएनआई एक्स्पोको आकर्षण, झिंगे माछाबाट बनेको स्वादिलो अचारमा भिड

विराटनगर । विराटनगर–२ की कविता कार्कीले घरमा खानका लागि मात्रै बनाउँदै आएको माछाको अचार स्वादका पारखीहरुका लागि रोजाई बनेको छ । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोका हरेकजसो अवलोकनकर्तालाई उनले स्थानीय झिंगे माछाबाट बनेको अचार चाख्न...

ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता सुरु : नरपथगञ्जसँग आर्मी स्तब्ध

विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा भारत विहारको राहुल ११ नरपथगञ्जलले विजय सुरूवात गरेको छ । विभागीय टिम नेपाल आर्मीलाई ४ विकेटले निराश बनाउँदै नरपगगञ्ज विजयी भएको हो । पूर्वाञ्चल क्रिकेट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्