कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीद्वारा तीन सदस्यीय मन्त्रिपरिषद् गठन

 न्यूज विराट
कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीद्वारा तीन सदस्यीय मन्त्रिपरिषद् गठन

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आइतबार तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मुख्यमन्त्री कार्कीले कांग्रेसका विद्रोही सांसदमध्ये इलामका शम्शेर राई र एमालेबाट दलका उपनेता इलामकै रामबहादुर मगर मन्त्री नियुक्त गरेका हुन्

नियुक्त भएका दुवै जना मन्त्रीहरुले आज प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनियताको शपथ गराएका छन् ।

राई र मगर दुवै जना एउटै जिल्ला इलामबाट निर्वाचित प्रदेश सांसद हुन् । उनीहरूलाई अहिले विनाविभागीय मन्त्री बनाइएको छ। एमालेले आफ्ना दुई जनालाई शपथ गराउन दबाब दिएको थियो। मुख्यमन्त्री कार्कीले कांग्रेसका पनि दुई जनाको शपथ गराउने तयारी गरेका थिए।

एमाले र मुख्यमन्त्रीबीच कुरा नमिलेपछि आज दुई जना मन्त्रीको मात्रै सपथ भएको हो।

कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा कार्की प्रदेशको आठौं मुख्यमन्त्री नियुक्त भएका हुन् । कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ सहित ४७ प्रदेश सांसदको सनाखत गराएर प्रदेश प्रमुख खापुङले कार्कीलाई शनिबार मुख्यमन्त्री नियुक्त गरेका थिए ।

सम्बन्धित समाचार

सप्तकोसीको पुलमा कार छाडेर बेपत्ता भएका डाक्टरको शव भेटियो

विराटनगर । सप्तकोसी नदीको पुलमा कार छोडेर बेपत्ता भएका डाक्टरको शव फेला परेको छ। दमक – १ घर भई मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत् रहेका ३२ वर्षीय सर्जन डा। प्रज्जवल कोइरालाको शव मंगलबार अपराह्न...

प्रदेश १ एमाले संसदीय दलको बैठक : ३२ सांसद उपस्थित, माओवादीका आङ्बुहाङ पनि सहभागी

विराटनगर, ११ चैत । विभिन्न तीनवटा निर्णय गर्दै प्रदेश १ को नेकपा (एमाले) संसदीय दलको बैठक सकिएको छ । प्रदेशसभास्थित संसदीय दलको कार्यालयमा बुधबार दलका नेता एवं प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बैठक...

तेली समाजले एक दर्जन विधामा काम गर्ने महिलालाई सम्मान गर्ने

विराटनगर । तेली कल्याण समाज मोरङ्गले महिलाहरुलाई सम्मान गर्ने भएको छ । जिल्ला कार्य समितिको केही दिन बसेको बैठकले तेली सामुदायमा विशेष योगदान पुर्याउने महिलाहरुलाई सम्मान गर्ने निर्णाय गरेको हो ।तेली समुदायको विशेष योगदान पुरÞ्याएका...

कुवेतबाट नेपाली लिएर आएको दोस्रो विमान पनि काठमाडौंमा अवतरण

काठमाडौं, २९ जेठ-कुवेतबाट नेपालीलाई लिएर आएको दोस्रो विमान पनि काठमाडौंमा अवतरण गरेको छ । विभिन्न कारणले अवैधानिक बनी आममाफी पाएर घर फर्किएका नेपाली  महिला लिएर आएको दोस्रो जहाज काठमाडौंको त्रिभुवन विमानस्थलमा १२ः१४ मा अवतरण गरेको...

सुनको मूल्य १ लाख ४ सय पुग्यो

काठमाडौं, २ भदौ-नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । लगातार २ दिन घटेको सुनचाँदीको मूल्य आज भने बढेको हो । सोमबार ९८ हजार २ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ लाख ४...

टियू टप गर्ने सुवेदीलाई हिमालय दर्शन कलेजको सम्मान

विराटनगर । विराटनगर – ९ मा रहेको हिमालय दर्शन कलेजको वि. वि. एस. दोस्रो वर्षमा विवेक सुवेदीले नेपाल प्रथम गरेको कलेजले दाबी गरेको छ । त्रिभूवन विश्व विद्यालयले हालै प्रकाशित गरेको नतिजा अनुसार सुवेदीले ८१...

कोरोनाको झुटो प्रचार गरे ६ महिना कैद

गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको उच्च जोखिम रहेको निष्कर्ष निकालेको छ । बिहीबार मन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले खुला सीमानाका कारण भारतबाट कोरोनाको संक्रमणको जोखिम उच्च रहेको...

खार्जी विद्यालयमा खेलकुद सामग्री वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले खार्जी विद्यालयमा खेलकुद सामग्री वितरण गरेको छ । एक कार्यक्रमकाबिच क्लबले क्यारम्बोर्ड, ब्यान्डमिन्टन, फुटबल, स्किपिङ, लुडो लगायतका खेलकुद सामग्रीहरू वितरण गरेको हो । विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्