कुवेतबाट नेपाली लिएर आएको दोस्रो विमान पनि काठमाडौंमा अवतरण - News Birat

कुवेतबाट नेपाली लिएर आएको दोस्रो विमान पनि काठमाडौंमा अवतरण

न्यूज विराट

काठमाडौं, २९ जेठ-कुवेतबाट नेपालीलाई लिएर आएको दोस्रो विमान पनि काठमाडौंमा अवतरण गरेको छ । विभिन्न कारणले अवैधानिक बनी आममाफी पाएर घर फर्किएका नेपाली  महिला लिएर आएको दोस्रो जहाज काठमाडौंको त्रिभुवन विमानस्थलमा १२ः१४ मा अवतरण गरेको हो ।

जजिरा एयरलाइन्सको उक्त विमानमा १ सय ३९ जना नेपाली महिला रहेको विमानस्थल कार्यालयले जनाएको छ । यसअघि सोही एयरलाइन्सको अर्को विमानले पनि नेपाली महिलाहरूलाई काठमाडौं छाडेर फर्किएको थियो । ११:३६ ल्याण्ड गरेको विमानमा १ सय ६१ जना महिला थिए । योसहित कुवेतबाट ३ सय नेपाली महिला स्वदेश फर्किएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles