तेली कल्याण समाजद्धारा रक्तदान, ५१ पिन्ट रगत संकलन
आइतबार, २८ असोज, २०८०,
न्यूज विराट
विराटनगर । तेली कल्याण समाज नेपालले विराटनगरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान सहित विराटनगरस्थित सेन्टर मल अगाडी खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । दुई चरणमा गरिएको सो कार्यक्रमको पहिलो चरणमा रक्तदान कार्यक्रम राखिएको कार्यक्रम संयोजक जगतलाल साहुले बताए ।
नेपाल रेडक्रस सोसाईटी मोरङको प्राविधिक सहयोगमा गरिएको सो रक्तदान कार्यक्रममा ५१ पिन्ट रक्त संकलन भएको छ । शिवीरमा समाज आबद्ध पदाधिकारी सहित सर्वसाधारणले रक्तदान गरेका थिए ।
समाजले आफ्नो क्यालेन्डरमा उल्लेख गरेका कार्यक्रमहरु मध्ये यो कार्यक्रम पनि रहेको र रगतको माग दिनानुदिन बढदै गएको तर आपुर्ति कम भईरहेको अवस्थालाई मध्यनजर गरेर शिविर आयोजना गरिएको तेली कल्याण समाज नेपालका मोरङ अध्यक्ष डा. बालकृष्ण साहले बताए ।
रक्तदान लगतै सोहि स्थानमा वडादशै, दिपावली तथा छठको शुभकामना आदानप्रदान कार्यक्रम पनि राखिएको थियो । कार्यक्रममा समाजका विराटनगर वडा १ अध्यक्ष पुष्प साह, वडा २, ३ का अध्यक्ष निसान्त साह, वडा ४ का अध्यक्ष दिलिप साह,वडा ५ का अध्यक्ष सुरेश साह,वडा ६ का अध्यक्ष रामप्रसाद साह,वडा ८ का अध्यक्ष अलिपचन सुरज साह,वडा १० का अध्यक्ष सज्जन साह,वडा १४ का अध्यक्ष देव नारायण साह,वडा १८ का अध्यक्ष कन्हैया साह त्यस्तै सुनवर्षी पालिका अध्यक्ष महेशलाल साह, ग्रामथान पालिका अध्यक्ष प्रदिप कुमार साह, रंगेली नगर अध्यक्ष अशेश्वर साह,विराटनगर महानगर अध्यक्ष सञ्जय साह, जिल्ला महिला समिति अध्यक्ष अम्विका साह, शिक्षा तथा स्वास्थ समितिका सदस्यहरु,जिल्ला सदस्य, पदाधिकारी तथा सल्लाहकारहरु र केन्द्रीय सदस्य नरेन्द्र साह लगायत १०० भन्दा बढिको उपस्थिति रहेको कार्यक्रम संयोजक जगतलाल साहुले बताए ।
विराटनर । मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक दर्जन कैदीबन्दीहरुले उपचारको माग राखेका छन् । मोरङ कारागारका जेलर धु्रवप्रसाद कोइरालाले कैदीबन्दीको उपचारमा चासो नदेखाएपछि उनीहरुले उपचारमा सहजिकरण गरिदिन सरोकारवाला निकायसँग माग राखेका हुन् ।...
विराटनगर, जेठ १५-जातकै कारण रुकुम पश्चिममा दलित युवक नवराज विक सहित चारजनाको हत्या भएको भन्दै मोरङको उर्लाबारीमा विरोध प्रदर्शन गरिएको छ । दलित संघर्ष समिति, विश्वकर्मा सेवा समिति उर्लाबारी, राष्ट्रिय दलित पत्रकार संघ मोरङलगायत संघ...
विराटनगर । साहित्य क्षेत्रमा प्रदान गर्ने गरी विराटनगरमा तीन वटा राष्ट्रिय पुरस्कारको स्थापना गरिएको छ । मुक्तक दिवसको अवसरमा नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश विराटनगरबाट आयोजित पुरस्कार स्थापनाको घोषणा तथा मुक्तक वाचन कार्यक्रममा उक्त साहित्य–...
काठमाडौं, ४ मंसिर-नेपाल प्रहरीमा एक अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पद थप भएको छ । गृह मन्त्रालयले पाँच डीआईजी थप्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको भए पनि मन्त्रिपरिषद्ले एक एआईजीसमेत...
देशभर आजकाे माैसम सामान्यदेखि पूर्ण बदली रहनेछ । देशभरका पहाडी भू–भागका धेरै स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । गण्डकी, कर्णाली...
काठमाडौं, १८ कात्तिक-नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । कोरोना संक्रमणबाट नेपालमा थप २० जनाको मृत्यु भएसँग मृतकको संख्या १००४ पुगेको हो । नेपालमा थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि...
काठमाडौं, २० मंसिर-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघि सकिएको हो । आजको बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि सहमागी भएका थिए...
विराटनगर । विराटनगर महानगरपालिकाले पशुपालक कृषकहरुलाई उन्नत जातको घाँसको बिऊ वितरण गरेको छ ।महानगरको पशुपंक्षी विकास शाखाले आयोजना गरेको कार्यक्रममा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले घाँसको बिऊ वितरण गर्नुभयो । विराटनगर क्षेत्रभित्रका पशुपालक...