ठुलो दुर्घटना हुनबाट जोगियो, ग्याङ फाइट गर्न हिँडेका १५ जनाको समूह तरबारसहित पक्राउ

 न्यूज विराट
ठुलो दुर्घटना हुनबाट जोगियो, ग्याङ फाइट गर्न हिँडेका १५ जनाको समूह तरबारसहित पक्राउ

विराटनगर । ग्याङ फाइट गर्न भनेर हिँडेका युवाको समूहलाई प्रहरीले विराटनगर– ९ घोघापुल चोकबाट पक्राउ गरेको छ । युवतीको विषयलाई लिएर हुन आटेको ग्याङ फाइट गर्न हिँडेको १५ जनाको समूहलाई मोरङ प्रहरीले आज दिउँसो तरबारसहित पक्राउ गरेको हो ।

पक्राउ पर्ने मोरङ र सुनसरीका रहेका छन् । प्रहरीले कटहरि ४ का १८ वर्षीय शेषकवि अलि, सुनसरी बर्जू गाउँपालिकाको विजय चौधरी, सोही ठाउँका राहुल दास र १९ वर्षीय ललनकुमार मेहतासहित १५ जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । पक्राउ परेका अन्य १२ जना नवलाक रहेकोले प्रहरीले अन्यको नाम गोप्य राखेको छ । पक्राउ परेका अलिको साथबाट प्रहरीले तरवाल फेला पारेको हो । उनीहरूको साथबाट प्रहरीले खुँडा, लाडी र नखलगायतका हातहतियार बरामद गरेको छ ।

पक्राउ परेका अलिको समूह विराटनगरको घोगा पुल चोकमा जम्मा भएर दुई वटा सिटीमा ग्याङ फाइट गर्ने उद्देश्यले शान्ति चोक जान भनेर हिँडेका थिए । ‘उक्त सूचना प्रहरीले बेलैमा जानकारी पायो । मोरङ प्रहरीबाट टोली परिचालन भयो र उनीहरूको साथबाट हातहतियारसहित पक्राउ गर्न सफल भयो । आज हुनसक्ने ठुलो दुर्घटना प्रहरीले रोक्न सफल भएको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी दाहालले भने ।

पक्राउ परेका १५ जनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको उनले बताए । ‘अहिले घटनाको अनुसन्धान गर्दै आएका छौँ,’ डिएसपी दाहालले भने, ‘अर्को समूहको को रहेछ । त्यसको पनि पहिचान गर्ने काम भइरहेको छ ।’

सम्बन्धित समाचार

मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्षमा एमालेका विष्ट निर्वाचित

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट निर्वाचित भएका छन् । उनी ६८९ मतका साथ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका देवबहादुर गुरुङले १८५ मत पाए...

ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता : नरपथगञ्ज र एपीएफ विजयी

विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा भारत विहारको राहुल ११ नरपथगञ्जल र विभागीय टिम एपीएफले विजय सुरूवात गरेको छ । सोमबार भएको पहिलो खेलमा विभागीय टिम नेपाल आर्मीलाई ४ विकेटले निराश...

शिक्षादीपमा साइबर सेक्युरिटी सम्बन्धी तीन दिने कार्यशाला सुरु

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा साइबर सेक्युरीटि दोस्रो कोड शिविर र एथिकल ह्याकिङ कार्यशाला सुरु भएको छ ।कक्षा ११ मा अध्ययनरत विज्ञान र व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुको लागि तीन दिने उक्त कार्यशाल आइतबारदेखि सुरु भएको...

मुक्तिनाथ दाहाल आत्महत्या प्रकरण : प्रशासनले झुक्याएको परिवारको आरोप

विराटनगर, २२ असोज-मोरङको उर्लाबारी– ५ निवासी मुक्तिनाथ दाहालको आत्महत्या प्रकरण थप चर्कंदै गएको छ । प्रशासनले भाइ मदन दाहालले दिएको दुरुत्साहन मुद्दा प्रहरीले दर्ता नगरेपछि परिवार आक्रोसित भएको छ । इलाका प्रहरी कार्यालय दमकमा दिएको...

२४ घण्टामा थप ४ जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या १ सयनजिक

काठमाडौं, ३० साउन-शुक्रबार थप ४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका मोरङ र सिरहाका १/१ जना पुरुष र बाराका २ जना पुरुषको कोरोना भाइरस संक्रमणबाट...

‘क्यान्सर प्राणघातक रोग हो, यसबाट बच्न सक्नुपर्दछ’: कलाकार मदनकृष्ण श्रेष्ठ

विराटनगर । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सर रोगको रोकथाम र नियन्त्रण गर्न जनचेतना गर्न जरुरी रहेको बताएका छन् । क्यान्सरबाट श्रीमती यसोदा श्रेष्ठको मृत्यु भएको चर्चा गर्दै उनले यो रोग लाग्न नदिन सचेतना अभियान चलाउन...

जांतेमा रोकिएन खोला दोहन

मोहन भट्टराई पथरी । १ नम्बर प्रदेशका सांसद् उपेन्द्र घिमिरेको गाउँ मोरङको जाँतेमा अवैध खोला उत्खनन् भैरहँदा पनि सम्बन्धित निकाय भने मौन बस्दै आएको छ । लेटाङ नगरपालिकाभित्र पर्ने तेलीखोला र मोरङ्गी खोलाबाट ढुङ्गा, गिट्टी,...

सांसद पोखरेल र मेयर राजवंशीले यसरी रोपे धान

विराटनगर, १५ असार । मोरङ क्षेत्र नम्बर २ का सांसद ऋषिकेश पोखरेलले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुगेर धान रोपेका छन् । असार १५ राष्ट्रिय धान दिवसको अवसर पारेर सांसद पोखरेलले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्