सुनसरीको दुहबीमा निःशुल्क भिआइए जाँच शिविर , ५५ जनाले गराए स्वास्थ्य परीक्षण
आइतबार, १४ असोज, २०८०,
न्यूज विराट
विराटनगर । सुनसरीको दुहबी नगरपालिकाको सुनापुरमा निःशुल्क भिआइए विधि द्धारा पाठेघरको मुखको क्यान्सरको परीक्षण शिविर आयोजना गरेको छ । दुहबी नगरपालिकाको आयोजनामा करुणा फाउण्डेसन नेपाल र फिमेल क्यान्सर फाउण्डेसन, नेदरल्याण्ड्सको सहयोगमा सीसीएसपी तालिम प्राप्त स्वास्थ्यकर्मीहरुका लागि स्थलगत कोचिङ्ग र भिआइए जाँच शिविर शनिबार आयोजना गरिएको हो ।
उक्त शविरमा ५५ जना महिलाहरुले भिआइएबाट पाठेघरको जाँच गराएको करुणा फाउण्डेसनका कार्यक्रम अधिकृत रोष्नी श्रेष्ठले जानकारी दिइन् । भिआइए जाँच गरिएको मध्ये एक जना महिलाको पाठेघरको मुखको क्यान्सर प्रराम्भिक चरणमा देखिएको स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. रमेश श्रेष्ठले जानकारी दिए । जाँचका लागि आएका महिलाको पाठेघरको जाँच गर्ने क्रममा शंका लागेका महिलाको भिआइए जाँच गर्दा एक जना महिलाको पाठेघरमा पहिलो चरणको क्यान्सर देखिएको उनले बताए ।
क्यान्सर प्रारम्भिक अवस्था पत्ता लगाएर सही उपचार गर्न सकियो भनेपछि गएर हुने जटिल खालको पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिने डा. श्रेष्ठले बताए । ‘पाठेघरको मुखको क्यान्सर गराउने भनेको एउटा भाइरस एचपीभी हो, जसको ५० प्रतिशत एचपीभी १६ र एचपीभी १८ कै कारणले हुन्छ । यो भाइरस सर्ने भनेकै यौन सम्पर्कबाट हो । धेरैजसो मानिस सुरुवाती यौनसम्पर्क गर्दा नै यो भाइरसबाट संक्रमित हुन्छन् र लगभग ९० प्रतिशतमा यो संक्रमण आफै ठिक भएर जान्छ,’ उनले भने, बाँकी १० प्रतिशतमा भने सुरुमा देखिने प्रिक्यान्सरेज लेजन हुँदै जटिल खालको क्यान्सरसम्म हुने गर्दछ ।’ सुरुकै अवस्थामा पत्ता लगाएर उपचार गराउन उत्तम मानिन्छ । ३० वर्षको उमेरदेखि भीआईए टेस्ट गर्न सुरु गरेर ३ देखि ५ वर्षको फरकमा ६५ वर्षको उमेरसम्म नियमित रूपमा गर्नुपर्ने चिकित्सकको सुझाव छ ।
करुणा फाउण्डेसन नेपालले यसअघि पनि सुनसरी र इलामको विभिन्न स्थानहरुमा निःशुल्क भिआइए विधि द्धारा पाठेघरको मुखको क्यान्सरको परीक्षण शिविर गर्दै आएको फाउण्डेसनकी मिना खनालले बताइन् । महिलाको स्वास्थ्य नै धन हो भन्ने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरेको उनले बताइन् ।
नेपालमा पहिलो पटक अर्को व्यक्तिबाट सरेर एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसरी अर्को व्यक्तिबाट कोरोना सरेका व्यक्ति दुबईबाट फर्किएका पुरूषकाे आफन्त हुन् । ११ चैतदेखि प्रादेशिक अस्पताल धनगढीमा उपचाररत ती पुरूष नेपालका चौथो संक्रमित...
बझाङ, ८ असार-बझाङमा क्वारेन्टाइनमा बसेका १ पुरुषले आत्महत्या गरेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरी माविमा बनाइएको क्वारेन्टाइनमा बसेका सोही वडाकाे बुडखोरीका ३० वर्षीय १ युवकले आत्महत्या गरेका हुन् । ३ दिन अघि मात्र भारतको...
काभ्रेपलाञ्चोक, जेठ २५-प्रतिनिधिसभा सदस्य एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारलाई सम्पूर्ण काभ्रेपलाञ्चोकका जनताले ‘विशेष धन्यवाद’ दिएको बताएका छन् । उनले भर्खरै सरकारले ल्याएको आर्थिक वर्ष २०७७/७८ को विनियोजित बजेटले काभ्रेली जनता उत्साहित...
विराटनगर । जिल्ला खेलकुद विकास समिति मोरङको अध्यक्षमा इन्द्र कुमार योन्जन तामाङ्गको पुनर्बहाली भएका छन् ।उच्च अदालत विराटनगरले तामाङलाई भदौ २० गते खेलकुद विकास समिति मोरङको अध्यक्षमा पुनर्बहाली गर्ने आदेश दिएको हो ।प्रदेश खेलकुद विकास...
विराटनगर, ३० माघ । विराट राजवंशी समाज उत्थान समितिले आफ्नो जातिय पहिचान सुचिकृतगर्न मागगर्दै मोटरसाईकल ¥याली सहित खबरदारी सभा गरेको छ । समितिले बिराटनगरमा मोटरसाईकल ¥यालीसहित खबरदारी सभा गरेको हो । समितिको अगुवाईमा विराटनगरको राजवंशीचोकबाट...
काठमाडौं, जेठ १७-नेपालमा थप १ सय ८९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप १ सय ८५ जना पुरुष...
काठमाडौं, फागुन ७–त्रिभुवन विश्वविद्यालयले यस वर्ष हुने भनेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थागित गरेकोमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आपत्ति जनाएको छ । नेविसंघका महामन्त्री बलदेव तिम्सिनाले त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनको सहमतिविना नै विशेष कारण...
काठमाडौं, २५ साउन-कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले अन्तर जिल्ला यातायात तथा बाह्य तथा अन्तरिक हवाई उडान १ भदौदेखि नखुलाउने प्रस्ताव गरेको छ । सीसीएमसीको आजको बैठकले यस्तो प्रस्ताव गरेको हो । साउन ५ मा बसेको...