विराटनगर । राजवंशी समाज उत्थान समिति विराट अन्र्तगतको विराट राजवंशी महिला समुहले जितिया उत्सव मनाएका छन् । विराटनगर १२ स्थित सामुदायिक भवनमा शनिबार एक कार्यक्रम आयोजना गरी जितिया उत्सव मनाएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले चाडपर्वले एकअर्को समुदायलाई जोड्ने भएकाले समुदायको संस्कृतिलाई संरक्षण गरिनुपर्ने बताइन् । उनले सबै समुदायका चाडपर्वहरु निश्चित र बिशिष्ठ उद्धेश्य बोकेको हुनाले समुदायका चाडपर्व र संस्कृति संरक्षण आवश्यक रहेको बताइन् । उनले चाडपर्वको संरक्षणगर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताइन् ।
कार्यक्रम संयोजिका सुशिला राजवंशीले जितिया राजवंशी महिलाहरुको मौलिक र निष्ठाको पर्व रहेको बताइन् । विराटनगर १२ का वडासदस्य कुशेश्वर राजवंशीले बखरीमा २०६३ सालदेखी निरन्तर जितिया उत्सव आयोजना गर्ने गरिएको जानकारी दिए । कार्यक्रममा समाजसेवी बसन्त राजवंशी,आयोजक समुहकी सचिव देविका राजवंशी लगायतले संस्कृति संरक्षणमा लागि पर्नुपर्नेमा जोड दिए ।सो अवसरमा समुदाय भित्रका कलाकारहरुले मनोरंजनात्मक कार्यक्रम प्रस्तुत गरे ।
विराटनगर, २८ पुस-नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित ८ जनालाई निलम्बन गरेको छ । प्रदेश १ संसदीय दलले मुख्यमन्त्री राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेर कार्यान्वयनका लागि प्रदेशसभामा...
विराटनगर । सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला जोडिएको उमागौरी सहकारीको ठगी प्रकरण मुद्दामा उच्च अदालत विराटनगरका दुई न्यायाधीशको राय बाझिएको छ । अब यो मुद्दाको सुनुवाई वैशाख २५ गते एकल इजलासबाट...
विराटनगर, २५ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २३, संखुवासभामा २२, मोरङमा १६, झापामा १२, पाँचथरमा ४, भोजपुरमा ३, उदयपुर, इलाम र प्रदेश १ बाहिरका २÷२ जना...
नेकपा वरिष्ठ नेता माधव नेपालले आफू र प्रचण्डबीच फाटाे ल्याउने प्रधानमन्त्री केपी ओलीकाे प्रयासलाई सफल हुन नदिने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड-माधव समूहकाे केन्द्रीय संघर्ष समितिले काठमाडाैंमा आयाेजना गरेकाे विराेधसभामा नेता नेपालले आफूहरू पदका लागि नभई विधि...
काठमाडौँ २७ मङ्सिर-नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्य निर्वाचनका लागि मतदान अझै सुरु हुन सकेको छैन । मतदान लागि महाधिवेशन प्रतिनिधि बिहानदेखि नै मतदानस्थल राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा लामबद्ध छन् । आज बिहान...
विराटनगर । विराटनगर – ५ शान्तिचोकमा निमार्ण सामाग्री बोकेको गाडीमा आगलागी भएको छ । एसुती निमार्ण सेवाको अलकत्र बोकेको गाडीमा शनिबार साढे ४ बजे एक्कासी आगलागी भएको निमार्ण कम्पनीले जनाएको छ । विराटनगरको एभरेष्ट कलेजदेखि...
विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा मोरङ र सुनसरीका पाँच वटा स्कुल क्वाटरफाइनलमा पुगेका छन् । विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा आइतबार...
विराटनगर । सत्तारूढ दल नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) प्रदेशको ९१ सदस्यको कमिटि गठन भएको छ ।विराटनगरमा आइतबार भएको प्रथम अधिवेशनबाट अध्यक्षसहित पदाधिकारी चयन हुन नसक्दा ९१ सदस्य गठन भएको हो...