कोशी प्रदेशममा मन्त्रीपरिषद् विस्तार, थपिए दुई मन्त्री र दुई राज्यमन्त्री

 न्यूज विराट
कोशी प्रदेशममा मन्त्रीपरिषद् विस्तार, थपिए दुई मन्त्री र दुई राज्यमन्त्री

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार मुख्यमन्त्री कार्कीले २ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेका हुन् ।

खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बुद्धिकुमार राजभण्डारी नियुक्त भएका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् । त्यस्तै, उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्रीमा रामप्रसाद मेहता र आर्थिक मामिला तथा योजना मन्त्रीमा निरन राई नियुक्त भएका छन् ।

नियुक्त भएका मन्त्रीलाई प्रदेश प्रमुख पर्शुराम खापुङ्ग र राज्यमन्त्रीलाई मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ सोमबार गराए । यसअघि भदौ २२ गते आफूसहित ५ सदस्यीय मन्त्रीमण्डल बनाएका कार्कीले सोमबार दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

नयाँ थपिएकासँगै कार्कीको सरकारमा उनीसहित ९ जना सदस्य रहेका छन् । मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना र सामाजिक विकास मन्त्रालय आफैसँग राखेका छन् । यसअघि भदौ २२ गते सर्वोच्चको परमादेशपछि मुख्यमन्त्रीको कार्यभार सम्हालेका कार्कीले तिलकुरमा मेन्याङ्बो, पाँचकर्ण राई, एकराज कार्की र सिर्जना राईलाई मन्त्री बनाएका थिए । सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ मा संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त एमाले नेता कार्कीले असोज २० भित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ । हालसम्म एमाले नेतृत्वको सरकारमा अन्य कुनै दल सामेल भएका छैनन् । अहिलेसम्म साथ दिँदै आएको राप्रपाले समेत सरकारमा सहभागी बन्न इन्कार गरेपछि मुख्यमन्त्री कार्कीले एमालेबाट मात्रै मन्त्री नियुक्त गरेका हुन् ।

सम्बन्धित समाचार

नमुना विद्या मन्दिर स्कुलले मनायो अभिभावक दिवस

विराटनगर । विराटनगर–८ स्थित नमुना विद्या मन्दिर आवासीय माध्यमिक विद्यालयले ३१ औं अभिभावक दिवस मनाएको छ । शनिबार हाटखोला स्थित आरोहण गुरुकुलमा नमुना विद्या मन्दिरले ३१ औं अभिभावक दिवस मनाएको हो । अभिभावक दिवसको अवसरमा...

युवा र खेलकुद क्षेत्रलाई एमालेले मात्र प्राथमिकतामा राख्छ :अध्यक्ष पोखरेल

  विराटनगर । नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले खेलकुद र युवालाई उच्च प्राथमिकतामा राख्ने पार्टी नेकपा एमाले मात्रै रहेको बताउनुभएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजना तथा नेपाल खेलकुद महासंघ...

सोती घटनामा जनप्रतिनिधिकै संलग्नता 

काठमाडौं, १ असार-रुकुम चौरजहारीको सोती घटनामा स्थानीय जनप्रतिनिधिकै संलग्नता रहेको खुलेको छ । १० जेठमा रुकुम पश्चिमको चौरजहारी गनरपालिका–८ को भेरी नदीमा ६ जनाको ज्यान जाने गरी भएको हत्या प्रकरणमा स्थानीय जनप्रतिनिधिकै संलग्नता रहेको खुलेको...

प्रदेश १ मा आज १७ संक्रमित थपिए, ४९ डिस्चार्ज

विराटनगर २४ असार–प्रदेश १ माआज १७ जनाकोरोनासंक्रमितथपिएका छन् । आज मोरंङमा ३, झापामा ७, सुनसरीमा २, ते¥हथुममा १, ताप्लेजुङ र इलाममा २÷२ जनामा संक्रमण देखिएको छ । सामाजिकविकास मन्त्रालयकाअनुसार मोरङको लेटाङमा एक पुरुष , धनपालथानमा...

पञ्जाबबाट आएका २ जनालाई परिक्षणका लागि धरान पठाइयो

विराटनगर, चैत ११–भारतको पञ्जाब बाट सुनसरी आइपुगेका दुई जना युवालाई इनरुवा अस्पतालले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरेको छ । इनरुवा अस्पतालले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएकामा एकजना...

विराटनगरमा भेरिएन्ट एजुकेशन कन्सल्टेन्सी संचालन

विराटनगर । विराटनगर – ९ स्थित श्री भेरिएन्ट एजुकेशन कन्सल्टेन्सी संचालनमा आएको छ । विराटनगरका तीन जना युवाले उक्त कन्सल्टेन्सी बिहीबार एक कार्यक्रमको आयोजना गरी संचालनमा ल्याएका हुन् । कन्सल्टेन्सीको उद्घाटन कोशी प्रदेश सभा सदस्य...

निरोगी नेपाल निर्माण सरकारको मूल स्वास्थ्य नीति : राष्ट्रपति भण्डारी

काठमाडौं, २ जेठ-राष्ट्रपति विद्यादेवी भण्डारीले निरोगी नेपाल निर्माण सरकारको मूल स्वास्थ्य नीति भएको बताएकी छन् । शुक्रबा संसदको संयुक्त सदनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । उनले सरकारले समतामूलक...

दशैँ अघिनै प्रदेश १ सरकार परिवर्तन हुन्छः प्रमुख सचेतक कार्की

विराटनगर, १ भदौ । प्रदेश १ को प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले दशैं अघि नै प्रदेश १ को सरकार परिवर्तन भइसक्ने दाबी गरेका छन् । आज विराटनगरमा पत्रकारहरूसँगको भेटमा कार्कीले यस्तो दाबी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्