मोडनएरा स्कुलको मी कन्टेष्ट सम्पन्न, कवितातर्फ चारजना उत्कृष्ट विद्यार्थीलाई पुरस्कार
शनिबार, ३० भदौ, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित मोर्डन–एरा इङ्लिस स्कुलले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले मी कन्टेष्ट–२०८० सञ्चालन गरेको छ । मी कन्टेष्टअन्तर्गत नाटक, कविता, हिज्जे र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयले शनिबार नाटक मञ्चनसँगै कविता प्रतियोगिता सम्पन्न गरेको हो । झोराहाट नाट्यघरमा आयोजित कार्यक्रममा मोबाइल प्रयोगले विद्यार्थीमा पारेको असरका विषयमा ‘आधा सत्य’ नाटक मञ्चन गरिएको थियो । सोही अवसरमा आयोजित कविता प्रतियोगितामा अभिनव दाहाल, जिज्ञासा काफ्ले, रोजन पाण्डे र सम्भवी कोइराला उत्कृष्ट घोषित भए । कवि एवं पत्रकार मीनकुमार नवोदित र गोविन्द निरौलाको निर्णायक समितिले पुरस्कृत विद्यार्थीहरुको नाम घोषणा गरेको थियो । २ देखि ५ र ६ देखि ९ कक्षा गरी दुई समूहमा विभाजित गरेर नेपाली र अंग्रेजी भाषामा २४ जना विद्यार्थीले आ–आफ्ना कविता प्रस्तुत गरेका थिए । विभिन्न दुई चरण पार गरेर अन्तिम फाइनलका लागि २४ जना विद्यार्थी छनौट भएका थिए । २४ जनाबाट उत्कृष्ट चारजना छनौट गरिएको हो । त्यसैगरी हिज्जे प्रतियोगितातर्फ प्रियान्सु यादव, रिदिशा थापा, सेसिका काफ्ले र प्रकृति अधिकारी पुरस्कृत भएका छन् । साहित्यकारसमेत रहनुभएका नेपाल प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदितको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हाजिरीजवाफ प्रतियोगितातर्फ विजयी हुने रिदम घिमिरे, आवास खड्का, विज्ञान पौडेल र सजक अधिकारीलाई पुरस्कृत गरिएको थियो । सबै पुरस्कृतहरुलाई प्रमुख अतिथि नवोदित, विद्यालय सञ्चालक समितिका अध्यक्ष गोविन्द निरौला, प्रिन्सिपल इन्द्र राईलगायतले ट्रफी, प्रमाणपत्र र पुरस्कार प्रदान गर्नुभएको थियो । त्यसैगरी कार्यक्रम संयोजकहरु उमा कार्की, आस्मा उपाध्यक्ष, रक्षा गौतम, गीता अग्रवाल, पुरुषोत्तम आचार्यलगायतलाई मायाको चिनो दिएर सम्मान गरिएको थियो । विद्यार्थीलाई पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउन विद्यालयले विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएको प्रिन्सिपल राईले बताउनुभयो ।
विराटनगर । तथ्यांकमा आधारित विकासले मात्रै विराटनगरको समग्र विकास हुने सम्बन्धित क्षेत्रका विज्ञहरूले बताएका छन् । तथ्यांकमा आधारित विकासका लागि विषयविज्ञले तयार पारेको प्रतिवेदन प्रस्तुतीकरणमा विकासविज्ञ डा. सुमनलाल कर्णले तथ्यांकसहित प्रविधिसँग जोडेर विकास गरे लागत...
बाँके, १५ वैशाख-बाँकेको हवल्दारपुर राम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ६७ भारतीयको कोरोना र्यापिड डाइग्नोस्किट टेस्ट (आरडीटी) रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार आइतबारसम्म जिल्लाका नेपालीसहित ६ सय ६३ जनाको स्वाब परीक्षण गरिएकाेमा...
विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने अपाङ्गता समावेशी रोजगार मेला सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १, राष्ट्रिय अपाङ्ग महासघं, करुणा फाउन्डेसन नेपाल,...
विराटनगर । युवा साहित्यकार नानुमैया दाहालको ‘खुल्ला आकाशमुनि’ मुक्तकसंग्रहको विमोचन गरिएको छ ।नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा सो मुक्तकसंग्रहको विमोचन गरिएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी,...
चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैँडा मृता फेला परेका छन् । तीमध्ये एउटा बुढो र अर्को बच्चा छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको गैँडा बच्चा मृतावस्थामा...
काठमाडाैं, २७ वैशाख-सशस्त्र प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस गरिएकाे छ। गृह मन्त्रालय बढुवा सिफारिस समितिकाे शुक्रबार बसेकाे बैठकले साधारण समूहको साधारण उपसमूहतर्फ रिक्त रहेको २२ पदमा...
विराटनगर, १८ भदौ–सुनसरीको धरानस्थित वीपी कोरइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहिबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश २ स्थित सप्तरीको राजविराज–७ का ५५ र ५० वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।...
विराटनगर । मेडिकल र इन्जिनियरिङको क्षेत्रमा मात्र नभएर आइटिको क्षेत्रमा पनि दक्ष प्राविधिकहरू हायर गराएर विराटनगर– ९ मा रहेको शिक्षादीप कलेज काठमाडौँ बाहिर मोफसलमा अब्बल साबित हुन अग्रसर भएर लागि परेको छ । काठमाण्डौंबाट दक्ष...