ओजोन तहको संरक्षण गर्न शिक्षादीपमा निबन्ध प्रतियोगिता, ८० जना साइन्सका विद्यार्थीको सहभागी
सोमबार, २५ भदौ, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा विज्ञान सङ्काय अध्ययनरत विद्यार्थीहरूको लागि निबन्ध प्रतियोगिता आयोजना गरेको छ ।
ओजोन तह विनाश र यसको संरक्षणका उपायहरू सम्बन्धी निबन्ध प्रतियोगिता कलेज परिसरमा सोमबार आयोजना गरिएको हो ।
प्रतियोगितामा विज्ञान सङ्कायमा अध्ययनरत कक्षा ११ र १२ का ८० जना विद्यार्थीहरूले भाग लिएको कलेजका प्रिन्सिपल ज्ञान बहादुर खड्काले जानकारी दिए । विज्ञान सङ्काय अध्ययन गर्दै आएका विद्यार्थीहरूले कलेजको कक्षा कोठामा निश्चित समय सीमा भित्रमा ओजोन तह विनाश र यसको संरक्षणका उपायहरूको बारेमा निबन्ध लेख्नेछन् । प्रतियोगितामा भाग लिएका मध्ये उत्कृष्ट हुने विद्यार्थीलाई कलेजले पुरस्कृत गर्ने निबन्ध प्रतियोगिताको संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए । उत्कृष्ट हुने विद्यार्थीहरूलाई कलेजले विज्ञान दिवसको दिन भव्य कार्यक्रम आयोजना गरी पुरस्कृत गर्ने विज्ञान सङ्काय संयोजक नवीन कुमार रायले बताए ।
विद्यार्थीहरूमा भएको प्रतिभा उजार गर्दै विद्यार्थीलाई अध्ययनशीलसँगै निबन्ध लेख्न उत्प्रेरणा जोगाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको कलेजका प्रिन्सिपल खड्काले बताए । ओजोन तह संरक्षण गर्न सबैभन्दा प्रभावकारी उपाय यसबाट पर्ने नकारात्मक असरहरुको बारेमा विश्व समुदायमा चेतना जगाउनु पर्ने उनले बताए ।
गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको शिक्षादीप कलेजमा अध्ययनबाहेक अतिरिक्त क्रियाकलापहरूमा पनि जोड दिँदै आएको छ । यसरी अतिरिक्त क्रियाकलाप गर्नुले विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुने कलेजका निर्देशक भूपेन्द्र कुमार दाहालले बताए ।
महोत्तरी, माघ २१–कोरोना भाइरसको संक्रमण भित्रिन नदिन महोत्तरीका भारतीय सीमानाका ११ स्थानमा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ । ती सीमानाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको संक्रमण भए नभएको जाँच गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ...
काठमाडौं, १८ पुस । नेपाली सेनाले २ सय २९ जना अधिकृत क्याडेटमा दरखास्त माग गरेको छ।नेपाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले अधिकृत क्याडेटमा भर्नाका लागि दरखास्त माग गरेको हो।नयाँ माग अनुसार १२० जना खुला,...
पोखरा, १९ जेठ-पोखरामा एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । स्याङ्जा फेदीखोला गाउँपालिका खहरेका खड्कबहादुर कार्कीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । भारतबाट आएर फेदीखोला गाउँपालिकाले बनाएको...
काठमाडौं, १३ असोज । महिलाको चरित्रहत्या हुनेगरी भिडियो प्रसारण गर्ने चार युट्युबर पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङका २१ वर्षीय प्रदीप भण्डारी, सराइचुली मिडिया युट्युब च्यानलका सञ्चालक पिंकला कार्की...
व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । स्वास्थ्य सामग्री कालोबजारी गरेको आरोपमा उनी मंगलबार पक्राउ परेका थिए । महानगरीय अपराध महाशाखाले कालोबजारीको आरोपमा...
विराटनगर, चैत १५–वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोनाको परीक्षण गर्न पठाइएको १६ जनाको रिपोर्ट आएको छ । रिपोर्ट आएका सबै १६ जनामा नै कोरोनाको संक्रमण नभएको पाइएको छ । प्रतिष्ठानका सह प्रवक्ता अशोक ऐरले...
काठमाडौंमा बेवारिसे शव व्यवस्थापन गर्ने विनयजंग बस्नेत पक्राउ परेका छन् । बीबीसीको प्रतिभाशाली १०० महिलाको सूचीमा परेकी सपना रोका मगरलाई ज्यान मार्ने धम्की दिएको आरोपमा बस्नेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । बस्नेतलाई काठमाडौंको नयाँ बसपार्कबाट...
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका एक जना कैदी एक हप्तापछि पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमदलाई फरार भएको एक हप्तापछि बुधबार प्रहरीले...