विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरुबिच ‘हेन्डराइटिङ कम्पिडिसन’ गराएको छ । क्लबले सहयोग गर्दै आएको विराटनगर बेलगाछीस्थित शिव आधारभूत विद्यालयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुबिच ‘हेन्डराइटिङ कम्पिडिसन’ गराएको हो ।
सेप्टेम्बर रोटरीको आधारभूत शिक्षा र साक्षरता महिना भएकाले विद्यार्थीहरुबिच ‘हेन्डराइटिङ कम्पिडिसन’ गराइएको रोटरी क्लब अफ विराटनगरकी अध्यक्ष कुसुम अग्रवालले जानकारी दिइन् ।
सो प्रतिष्पर्धामा प्रथम र द्वितीय हुने विद्यार्थीहरुलाई विश्व साक्षरता दिवसको अवसरमा पुरस्कार प्रदान गरिने रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी पब्लिक इमेज चेयर पुनम राठीले जानकारी दिइन् ।
सो अवसरमा विद्यार्थीहरुलाई खाना समेत खुवाइएको थियो । कार्यक्रममा रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी सेक्रेटरी संगिता सिंघानिया, रोट्राक्ट सदस्यहरु र क्लबका सदस्यहरुलगायतको उपस्थिती रहेको थियो ।
काठमाडौं, २१ चैत । नेपालका दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि भिडन्तमा पपुआ न्युगिनीसँग खेल्नेक्रममा दीपेन्द्रले २१ रन जोडेपछि उनको...
एजेन्सी, ९ असोज-कोभिड–१९ खोप विकास कार्यक्रममा ‘अग्रणी भूमिका’ रहेको चीनले यस वर्षको अन्त्यसम्ममा कम्तीमा ६१ करोड कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने दावी चिनियाँ अधिकारीले शुक्रबार गरेका छन् । विश्वभर विभिन्न नौ खोप परीक्षणको अन्तिम चरणमा...
काठमाडौं, १२ भदौ-उद्योगी विनोद चौधरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना पोजिटिभ देखिएको पुष्टि गरेका हुन् । शुक्रबार बिहान आएको कोरोना परीक्षण नतिजाकाे पोेजिटिभ रिपाेर्ट आएकाे उनले जानकारी...
उपप्रधानमन्त्री विष्णु पौडेलले ताजा जनादेशमा जानु बाध्यकारी विकल्प भएको दाबी गरेका छन् । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत प्राप्त नगरेको र संसदले नयाँ सरकार गठन गर्न नसकेकाले प्रतिनिधिसभा विघटन गरी बाध्यकारी विकल्पको रूपमा ताजा जनादेशमा...
निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले मङ्गलबार सिङ्गापुरका लागि चार्टर्ड उडान भर्ने भएको छ ।सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन श्रीले चार्टर्ड उडान गर्न अनुमति लिएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।...
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशको आमन्त्रित प्रदेश सदस्यमा अमरेन्द्र कुमार साह मनोनीत भएका छन् । मोरङको सुनवर्षी निवासी साह संग मोरङको निर्वाचन क्षेत्रनम्बर २ का उम्मेदवार सुजाता कोईरलाले निर्वाचनको बेला गरेको सहमति अनुसार साहलाई...
विराटनगर । मोरङको रंगेली नगरपालिकामा कार्यरत कर्मचारीहरु पनि आन्दोलनमा उत्रिएका छन् । संघीय निजामती सेवा ऐन संशोधनसहित स्थानीय तहका कर्मचारीको माग समावेश गर्न माग गदै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले संघीय सरकारको विरोध गरेका...
विराटनगर, असार २–नेपाली कांग्रेस मोरङले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने, जिल्लामा कोरोना उपचारका लागि अस्पतालको व्यवस्था गर्नुपर्ने, लकडाउन पीडित जनतालाई राहतको व्यवस्था गर्नुपर्ने लगायतका माग राखि कांग्रेस मोरङले मोरङका...