विराटनगरमा भोली दक्षिण एसियाकै ठूलो रथयात्रा निस्किदै, रथ यात्राको तयारी पुरा

 न्यूज विराट
विराटनगरमा भोली दक्षिण एसियाकै ठूलो रथयात्रा निस्किदै, रथ यात्राको तयारी पुरा

विराटनगर । विराटनगरमा निकालिने दक्षिण एसियाकै ठूलो र पुरानो रथ यात्रा श्री राधाकृष्ण रथयात्राको तयारी पूरा भएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने ५५ औँ संस्करणको रथ यात्राको तयारी पुरा भएको हो ।

रथयात्रा सम्पन्न गर्न १८ वटा उपसमितिहरू गठन गरिएको छ । रथयात्राको व्यवस्थापनका लागि भने ५ सय बढी स्वयंसेवकहरू छनौट गरिएको छ ।

रथयात्रामा नेपालबाट मात्रै नभई भारतको बिहार, पश्चिम बङ्गाल लगायतबाट समेत भक्तालुहरु आउने गरेका छन् ।

कोरोना महामारीका कारण विगतका वर्षमा रथयात्रा प्रभावित हुँदै आएको थियो । अघिल्लो वर्ष निकालिएको रथयात्रा समेत कोरोनाकै कारण प्रभावित भएको थियो । तीन वर्ष अघि परम्परा धान्ने हिसाबले खटयात्रा मात्र निकालिएको थियो ।

यस पटक अवस्था सबै प्रकारले सहज भएकाले श्रद्धालुको सहभागिता बढ्ने मन्दिर समितिका सदस्य कृष्ण कार्कीले बताए ।

रथयात्राको व्यवस्थापकीय कार्यहरू पुरा भइसकेको र रथको शृङ्गार कार्य भइरहेको मन्दिर समितिका अध्यक्ष एवं मूल समारोह समितिका संयोजक कैलाश रेग्मीले जानकारी दिए ।

मन्दिर परिसरबाट बिहीबार दिउँसो ३ बजेपछि रथयात्रा प्रारम्भ हुने छ । रथले मन्दिर परिसरबाट मेनरोड सहित धरानरोड हुँदै झण्डै ९ किलोमिटर दुरी तय गरी पुनः मन्दिरमा लगेर विसर्जन गरिने तयारी छ ।

यात्राका क्रममा रथलाई ४३ स्थानमा रोकिने छ । श्रद्धालु र भक्तजनका लागि रथ तान्न दुवैतर्फ ७५—७५ फिटको डोरी राखिएको छ । रथयात्राका दिन सधैँ जसो यस पटक पनि विराटनगरमा सार्वजनिक बिदा दिइएको छ ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्