महेन्द्र मोरङका क्याम्पस प्रमुखसहित चार जना विभागिय प्रमुख कार्यकक्षमा थुनिए

 न्यूज विराट
महेन्द्र मोरङका क्याम्पस प्रमुखसहित चार जना विभागिय प्रमुख कार्यकक्षमा थुनिए

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुख बावुराम तिम्सिनासहित चार जना शिक्षक कार्यकक्षमा थुनिएका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन (स्वीयू) र महेन्द्र मोरङका विद्यार्थीहरुले क्याम्पस प्रमुख तिम्सिना, सहायक क्याम्प्स प्रमुख शिवराम चौधरी, बिबिएसको कोडिनेटर रामनारयण दास, बिबिएमका कोडिनेटर इन्द्रनारयण देवलाई सोमबार कार्यकक्षमा थुनिदिएका हुन् ।

इन्टनसिप गरेको रिपोर्टको शुल्क कलेज प्रशासनले आफुखुसी बढाएको भन्दै विद्यार्थीहरूले कलेज प्रमुखसहित विभाग्य प्रमुख शिक्षकहरुलाई कार्यकक्षमा थुनेका छन् । इन्टनसिप रिपोटको शुल्क यसअगाडी १ हजार रुपैयाँ क्याम्पसले लिदै आएको थियो । केही दिन अगाडीदेखि क्याम्पस प्रशासनले आफुखुसी तीन हजार रुपैयाँ शुल्क वृद्धि गरेपछि शिक्षकहरुलाई कार्यकक्षमा थुनिदिएको स्वीयू सभापति जोसवन पौडेलले जानकारी दिए । ‘विद्यार्थीहरूलाई जानकारी बिना क्याम्पस प्रशासनले आफुखसी शुल्क बृद्धि गरेपछि हामीले यसअघि निर्णाय सच्याउन भनेका थियौं,’ उनले भने, ‘क्याम्पस प्रशासनले वृद्धि भएको शुल्क नघटाएपछि हामीले क्याम्पस प्रमुख सहित शिक्षकहरुलाई कार्यकक्षमा थुनिदिएका छौं ।’

विद्यार्थीहरुले इन्टनसिप रिपोटको साविकको शुल्क कायम गरिनुपर्ने भन्दै यसअघि २४ घण्टाको समय दिएको थियो । क्याम्पसले शुल्क नघटाएपछि तालाबन्दी गरेको थियो । त्यसपछि अहिले आएर विद्यार्थीहरुले क्याम्पस प्रमुखहित शिक्षकहरुलाई कार्यकक्षमा थुनेका हुन् ।

सम्बन्धित समाचार

भारतमा २४ घण्टामा कोरोना संक्रमित ८ सय ६१ जनाको मृत्यु

एजेन्सी, साउन २५-भारतमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ६४ हजार ३ सय ९९ जना रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिमध्ये...

कोरोना पछ्याउने एप सञ्चालनमा

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना कता कस्तो छ भन्ने पत्ता लगाउने एक सञ्चालन गर्ने जानकारी गराएका छन् । केही दिनमा कोरोना कता कस्तो अवस्थामा छ भन्ने विषयमा कन्ट्याक्ट ट्रेसिङ सञ्चालन गर्ने जानकारी गराएका छन् ।

अपराध न्यूनिकरणको लागि कटहरीमा स्थानीय तह प्रहरी कार्यक्रम सुरू हुँदै, यसरी भयो त्रीपक्षीय समझदारी

विराटनगर । अपराध रोकथाम र न्युनिकरण गर्ने उद्देश्यले मोरङको कटहरी गाउँपालिका भित्रको विद्यालयहरूमा ‘स्थानीय तह प्रहरी विद्यालय सम्पर्क कार्यक्रम’ सुरू हुने भएको छ । आगमी नयाँ शैक्षिक शत्रदेखि कटहरी गाउँपालिका भित्रको सामुदायिक र निजी विद्यालयहरुमा...

भारतमा अघिल्लाे दिनकाे तुलनामा संक्रमित घटे, ४३९ जनाकाे मृत्यु

एजेन्सी, १० माघ । भारतमा ३ लाख ६ हजार भन्दा धेरै काेराेना संक्रमित थपिएका छन् । २४ घण्टाकाे अवधिमा ३ लाख ६ हजार ६४ जना काेराेना संक्रमित थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले साेमबार जानकारी दिएकाे छ ।...

विराटनगरमा ‘मास्क’ को कालोबजारी, ५ रुपैयाँको मास्कलाई ५० रुपैयाँ सम्म

विराटनगर, फागुन २२–विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाईरसको उच्च जोखिममा समावेश गरेपछि मुलुकभर यतिबेला ‘मास्क’ को कृतिम अभाव सृजना भएको छ । कोरोना भाइरस संक्रमणबाट बच्नका लागि सतर्कता अपनाउँदै सवैले ‘मास्क’ को प्रयोग गर्न थालेपछि...

संविधानसभाकाे रेकर्ड झिकाउन माग, प्रधानन्यायाधीशले भने- आवश्यक परे झिकाइन्छ

काठमाडौं, ४ माघ-वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटनका विषयमा संविधानसभामा भएका बहसका रेकर्ड मगाउन माग गरेका छन् । आइतबारको इजलासमा उनले संविधानसभामा संविधान बनाउँदा यो विषयमा बृहत् छलफल भएकाे भन्दै रेकर्ड झिकाउन माग गरेका हुन् । त्रिपाठीलाई...

कक्षा १२ को नतिजा सार्वजनिक, पोखरीया स्कुलका ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण

विराटनगर । विराटनगर – ३ मा रहेको पोखरीया माविको कक्षा १२ को परीक्षामा ७५.४५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजानिक गरेको नतिजा अनुसार पोखरीयाबाट ३ सय ३३ जना विद्यार्थीले दिएको...

कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण प्रदेश १ मा थप दुई जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक युवती र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक पुरुषको मृत्यु भएको हो । बीपी कोइराला...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्