माछापुच्छ्रे सहकारीमा अनियमितता, अध्यक्षसहित ४ सञ्चालकबाट ९ करोड २५ लाख घोटाला

 न्यूज विराट
माछापुच्छ्रे सहकारीमा अनियमितता, अध्यक्षसहित ४ सञ्चालकबाट ९ करोड २५ लाख घोटाला

विराटनगर । विराटनगर – ७ मा रहेको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष अमलेशकुमार कर्णसहित चार जना सञ्चालकले ९ करोडभन्दा बढी रकम अनियमितता गरेको खुलेको छ ।

सहकारीको अनियमितता छानविन गर्न गठित समितिले तयार पारेको प्रतिवेदनमा यस्तो अनियमितता भएको खुलेको हो । प्रतिवेदन अुनसार सहकारीका अध्यक्ष कर्णसहित चार जना सञ्चालकहरुले पाँच सयभन्दा बढी बचतकर्ताहरूको ९ करोड २५ लाख ९१ हजार ६ सय १ रुपैयाँ हिनामिना गरेका छन् ।

जिल्ला सहकारी संघ मोरङका संचालक समिति सदस्य उमेश गुरूङको संयोजकत्वमा गठित चार सदस्यीय समितिले तयार पारेको छानविन प्रतिवेदन अनुसार सबैभन्दा बढी घोटाला सहकारीका पूर्व सचिव तथा व्यवस्थापक अमित कार्कीले गरेको देखिएको छ । कार्कीले सहकारीको ४ करोड ७३ लाख ७४ हजार ९५६ रुपैयाँ हिनामिना गरेको गरेको प्रतिवेदनमा उल्लेख छ ।

कार्कीपछि सहकारी सचिव तथा संचालक समिति सदस्य प्रभाकर थापाले सहकारीको धेरै रकम हिनामिता गरेको देखिएको छ । थापाले सहकारीको १ करोड ६० लाख ३३ हजार ४ सय २ रुपैयाँ घोटाला गरेको खुलेको छ । थापा नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दल मोरङका पूर्व सभापति पनि हुन् । यसैगरी सहकारीका अध्यक्ष अमलेश कर्णले १ करोड ४७ लाख ८३ हजार २७५ रुपैयाँ हिनामिना गरेको देखिएको छ । कर्ण साझा बिवेकशील पार्टीका नेता हुन् । उनले स्थानीय तहको चुनावमा विराटनगर महानगरपालिको प्रमुखमा उम्मेदवारी दिएका थिए ।

यसैगरी सहकारीका कोषाध्यक्ष राधादेवी लिम्बुले १ करोड ४३ लाख ९९ हजार ९६६ रुपैयाँ घोटाला गरेको छानविन प्रतिवेदनमा उल्लेख छ । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशक्षिण कार्यालय कोशी प्रदेशले असार २५ गते दुई हप्तभित्रमा सहकारीको हिसाब छानविन गरी प्रतिवेदन बुझाउन समिति गठन गरेको थियो । जिल्ला सहकारी संघ सदस्य गुरुङको संयोजत्वमा गठित समितिमा राष्ट्रिय सहकारी बैंक लि. विराटनगर प्रमुख प्रभु पोखरेल, माछापुच्छ«े बचत तथा ऋण सहकारी संस्था सेयर सदस्य उत्तम ढुङगेल र सहकारीका सदस्य श्यामराज कोइराला सदस्य थिए । समितिले छानविन गरी साउन १४ गते प्रतिवेदन तयार गरी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशका निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीलाई प्रतिवेदन बुझाएको छ ।

उक्त छानविन प्रतिवेदन अनुसार सहकारीका अध्यक्ष कर्णसहित सञ्चालक समितिका सदस्यहरुले ९ करोड २५ लाख ९१ हजार ६ सय १ रुपैयाँ हिनामिना गरेको देखाएको छ । छानविन प्रतिवेदनले हिनामिना गरेको देखाएपछि सात दिनभित्रमा हिसाब फरफारक गरी उक्त प्रतिवेदन कार्यन्वयन गर्न निर्देशन दिएको थियो । निर्देशन दिएको एक हप्ता वितिसक्दा पनि घोटाला गर्ने संचालकहरु हिसाब फरफारक नगरेर अहिले फरार भएका छन् ।

सहकारीको रकम हिनामिना गर्ने सञ्चालकहरुले सहकारीको नियम, मूल्य मान्यता विपरीत हिनामिना गरेको रकम जग्गामा लगानी गरेको देखिएको छ । उनीहरुले आफन्त र नातागोताका व्यक्तिलाई सहकारीको रकम विना धितो कर्जा दिएको पाइएको छ । २ करोडभन्दा बढी रकम धितो नराखी ऋण दिएको देखिन्छ । चार जना सञ्चालकको नाममा रहेको जग्गा पनि छानविन समितिले रोक्का राख्न सुझाव दिएको छ ।

प्रभाकर थापाको सबैभन्दा बढी जग्गा रहेको देखिएको छ । थापाको झापाको धुलाबारीमा १७ कठ्ठा जग्गा देखिएको छ । कित्ता नम्बर ९६ रहेको ४ कठ्ठा १० धुर र ३०७० किता नं. रहेको ४ कठ्ठा १० धुर जग्गा धुलावारीमा देखिएको छ । यसैगरी थापाकी श्रीमतीको नाममा पनि १०६ र ८१२ किता नंं. को १७ कठ्ठा जग्गा देखिएको छ । सहकारीको निक्षेप जग्गामा लगानी गरेको देखिएको छ ।

व्यवस्थापक अमित कार्कीको नाममा रहेको बैंक खातामा सहकारीको पाँच करोड बढी रकम देखिएको छ । सिटिजन इन्टरनेशनल बैकको खाता नं. ००२००२००००९३९ एस. ए. १६ फ्रेब्रुरी २००९ देखि र एक्सल डेभलपमेन्ट बैंक विराटनगर शाखा खाता नंं. ०१२०११०००४७१४३०००००१ मा ४ अक्टोबर २०१२ देखि सहकारीको करिब ५ करोड ७५ लाख जम्मा गरेको देखिएको छ । जुन रकम शंकास्पद र थप छानबिनको घेरामा ल्याउनुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।

२०७९ मंसिर २८ गते भएको लेखा परीक्षण अनुसार १ करोड ४९ लाख ३७ हजार २९३ रुपैयाँ ऋण लगानी भएकोमध्ये अधिकाश भाखा नाघेका, पुराना, कागजी प्रक्रिया पुरा नगरी दिएको पाइएको छ । ९५ प्रतिशत लगानीमा देखाएको ऋण जोखिममा रहेको अवस्था छ । ऋण लगानी जम्मा २०५ जनामा देखाएको मध्ये ५ जनाको मात्र धितो जमानीमा ऋण लगानी गरेको देखाएको छ । ऋण लगानीको संयोजकमा अमित कार्की रहेका थिए । कार्कीले २०६९ साउन ५ देखि २०७१ फागुन २९ गतेसम्म ३८ पटक बैठक बसी ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । कार्कीले गरेको ऋण लगानी अहिले जोखिममा रहेको छ ।

प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशका निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले हिनामिना गरेका सञ्चालकहरुले तिर्नुपर्ने रकम तिर्न दिएको तीन महिनाको अवधि पनि पुरा भएकोले अब थप कारवाहीको प्रक्रियामा अगाडि बढ्ने बताए । ‘छानविन समितिले प्रतिवेदन दिएपछि हिनामिना गरेको हिसाब फरफारक गर्ने समय दिएको थियो । त्यो पूरा भयो । अहिलेसम्म घोटाला गरेको रकम नबुझाएपछि कारवाहीको प्रक्रिया अगाडि बढाएको छ,’ उनले भने, ‘घोटाला गर्ने सञ्चालकको सम्पत्ति रोक्का राखेर तिर्न लगाउने हो । असुलउपरका लागि पहल गरिरहेका छौं ।’

सम्बन्धित समाचार

उद्योग परिसंघ प्रदेश १ र एसियन थाइफुड्सद्वार दुई हजार मजदुरलाई राहत वितरण

विराटनगर, ११ जेठ । नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ प्रदेश समितिको समन्वय र एशियन थाइफुड्सको सौजन्यमा सुनसरी–मोरङ औद्योगिक क्षेत्रका श्रमिक परिवारलाई राहत हस्तान्तरण गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरण र रोकथामका लागि सरकारले जारी...

एमालेले संविधानको धारा ७६ (५) लाई संशोधन गर्न पहल गर्ने

नेकपा एमालेले संविधानको धारा ७६ को उपधारा ५ लाई संशोधन गर्न पहल गर्ने निर्णय गरेको छ ।  बुधबार च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठकले संविधानको धारा ७६ को उपधारा ५ लाई संशोधन गर्न...

बृहत् नागरिक आन्दोलनले संविधान संशोधन मार्च गर्ने, संविधान अधुरो र अपुरो रहेको भनाइ

बृहत् नागरिक आन्दोलनले 'संविधान संशोधन मार्च' गर्ने भएको छ । नेपालको संविधान जारी भएको दिन (असोज ३) को अवसरमा उक्त मार्च गर्न लागिएको बताइएको छ । बृहत् नागरिक आन्दोलनले उक्त मार्चमा सहभागी हुन सबैपक्षलाई आह्वान गरेको...

पत्रकार नविन कर्णलाई पितृ शोक

विराटनगर । पत्रकार नविन कर्णलाई पितृ शोक परेको छ । उनका ७७ वर्षीय पिता दुर्गानन्द लाल कर्णको उपचारको क्रममा शनिबार दिउँसो विराटनगरस्थित न्यूरो हस्पिटलमा निधन भएको हो । कर्णको अन्त्येष्ठी विराटनगरस्थित परोपकार घाटमामा आज दिउँसो...

विराट एक्स्पो सिंङ्गिङ आइडलको अडिसन सुरू

विराटनगर । विराटनगरमा मंसिर २९ गते देखि हुने विराट एक्स्पोको सिंगिङ आइलड प्रतियोगिताका लागि अडिसन सुरू भएको छ । सिङ्गिङ आइडल प्रतियोगिताका लागि बिहीबार देखि अडिसन सुरू भएको हो । सिंगिङ आइडल प्रतियोगिताका लागि सहभागिहरू...

इटहरीमा गठबन्धनका हेमकर्ण पौडेलको अग्रता, उपमेयरमा एमालेले उछिन्यो

विराटनगर, १ जेठ । सुनसरीको इटहरीमा गठबन्धनका हेमकर्ण पौडेलले अग्रता कायम राखेका छन् । ४९७८ मगगणना हुँदा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका हेमकर्ण पैडेल २३४१ म्तसहित अगाडी छन् । उनलाई एमालेका उम्मेदवार यामकुमार सुब्बाले १८...

झी: पुचमा ३५ जनाको सामुहिक व्रतबन्ध

विराटनगर । विराटनगरस्थित झी : पुचमा सामुहिक व्रतबन्ध भएको छ । प्रदेश १ को विभिन्न जिल्लासहित अन्य ठाउँबाट ३६ जना बटुक सहभागी गराएर सामुहिक व्रतबन्ध गराएको झी : पुचका अध्यक्ष हरीबहादुर श्रेष्ठले जानकारी दिए ।...

सुनसरीमा कोरोना संक्रमितको संख्या ८५२ पुग्यो

विराटनगर, १८ भदौ–सुनसरीमा बिहीबार११ सैनिकसहित थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका १९ जना, बर्जु गाउँपालिकामा २ जना, इटहरी उपमहानगरपालिकामा २ जना र भोक्राहा गाउँपालिकामा १ जनामा कोरोना देखिएको जिल्ला...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्