
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन
काठमाडौं, २ भदौ-राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।उनको १ सय १ वर्षको उमेरमा आज आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । परिवारले जनाएअनुसार उनी केही समयदेखि अस्वस्थ थिए । घरमै आराम गर्दै...
बृहत् नागरिक आन्दोलनले ‘संविधान संशोधन मार्च’ गर्ने भएको छ । नेपालको संविधान जारी भएको दिन (असोज ३) को अवसरमा उक्त मार्च गर्न लागिएको बताइएको छ । बृहत् नागरिक आन्दोलनले उक्त मार्चमा सहभागी हुन सबैपक्षलाई आह्वान गरेको छ ।
आइतबार (३ असोज) दिउँसो २ बजे माइतीघरमा भेला भएर नयाँ बानेश्वरस्थित संसद भवनअगाडि मार्च गरिने बृहत् नागरिक आन्दोलनले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
संविधान जारी गर्दा असन्तुष्ट भएका समुदायहरूलाई हालस्म पनि विश्वासमा लिने प्रयास नभएको तथा संविधान अधुरो र अपुरो रहेको बृहत् नागरिक आन्दोलनको ठम्याइ छ ।
‘संविधान जसरी बनाइयो त्यसप्रति असन्तुष्ट समुदायहरूलाई हालसम्म पनि विश्वासमा लिने कुनै राजनीतिक प्रक्रिया सुरू गरिएको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘संविधान अधुरो र अपुरो छँदैछ, त्यसलाई पूर्ण र स्वामित्वसहितको बनाउन पूरा नभएका मुद्दाहरू सम्बोधन गर्नेतर्फ राज्यको पहल समेत भएको छैन ।’
जनआन्दोलन र जनसंघर्षबाट स्थापित मुद्दालाई अधकल्चो पार्दै, जनतासँग परामर्श नगरी, द्रूतमार्गबाट संविधान जारी गरिएकोमा बृहत् नागरिक आन्दोलनको असन्तुष्टि छ । संविधान जारी गर्ने क्रममा मधेशी, थारूलगायतका आन्दोलनहरूमाथि निर्मम दमन गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
‘हामीले गत ७ फागुन प्रजातन्त्र दिवसका दिन तिनिख्यः (टुँडिखेल) मा जारी गरेको नागरिक घोषणापत्रमा जनताका आधारभूत हक, अधिकारसहित सबै न्यायपूर्ण माग सम्बोधन गर्ने गरी पुनर्लेखन र संशोधनमार्फत संविधान अद्यावधिक गर्नुपर्ने र राज्य व्यवस्थामा नागरिक सर्वोच्चता कायम गर्नुपर्ने ठहर गरेका थियौँ,’ विज्ञप्तिमा भनिएको छ ।
संविधान विरोधाभाषपूर्ण रहेको भन्दै बृहत् नागरिक आन्दोलनले सार्वजनिक सेवासमेतको व्यापारीकरणले समाजमा असमानताको खाडल चर्काउँदै लोकतन्त्रलाई दुरुह बनाएको पनि जनाएको छ ।
‘राज्यका सर्वोच्च निकायका पदाधिकारीहरूले निरन्तरता दिइरहेको पुरानै शासकीय शैली र रवैयाको संवैधानिक उपचार गरी मितव्ययी, पारदर्शी र जनप्रीय संस्था निर्माण हुनुपर्छ भन्ने हाम्रो अडान छ,’ विज्ञप्तिमा भनिएको छ ।
काठमाडौं, २ भदौ-राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।उनको १ सय १ वर्षको उमेरमा आज आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । परिवारले जनाएअनुसार उनी केही समयदेखि अस्वस्थ थिए । घरमै आराम गर्दै...
काठमाडौं, १० वैशाख-अहिलेसम्म स्वाव नमुना संकलन (पिसिआर) र र्यापिड डाइग्नोष्टिक टेस्ट विधिबाट गरी ४० हजार बढीको नमुना परीक्षण भएको छ । अहिलेसम्म देशभरी ४० हजार बढी परीक्षण भएका छन् । पिसिआर र र्यापिड डाइग्नोष्टिक (आरडिटी)...
काठमाडाैं, ३२ जेठ-नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा गाउँपालिकाका सवारी चालक प्रतापपुर गाउँपालिका-५ का हरिलाल राजभर घाइते भएका जिल्ला प्रहरी कार्यालय पश्चिम नवलरासीले जनाएकाे छ । जिल्लास्थित...
विराटनगर, ९ कात्तिक । बेमौसमी झरीका कारण आएको बढीबाट पीडित परिवारलाई रोटरी क्लब अफ विराटनगर डाउनडाउनले राहत वितरण गरेको छ । विराटनगर बखरीस्थित सिमराही टोलका बाढीपीडित परिवारलाई क्लबले राहतस्वरुप खाद्यान्न वितरण गरेको हो । क्लबले...
काठमाडौं, २० वैशाख-पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड—१९) को नयाँ संक्रमण देखिएको छैन् । पछिल्लो २४ घण्टामा परीक्षण भएका १२ सय ५२ वटा नमुनाहरु नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए...
विराटनगर, १५ असार ।झापाको दमकबाट लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । हिजो दिउसो सँवा ३ बजे दमक-६ थाना रोड स्थितबाट ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गौरादह ५ वालुवथान का २६ बर्षीय विवेक...
साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख...
विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका बीएच अध्ययनरत विद्यार्थीहरुले विभिन्न परिकार बनाएर ‘फुट टेस्ट’ गराएका छन् ।बीएचएम फस्ट सेमिस्टरमा अध्ययरत विद्यार्थीहरुले बनाएको परिवारहरू अतिथिहरुलाई चखाएका हुन् । बीएचएम पढाइको क्रममा सिकेको ज्ञान व्यवहारमा उतारेको बीएचएम...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.