सर्वोच्चको ठहर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानसम्मत विश्वासको मत लिएको भन्न मिल्दैन

 न्यूज विराट
सर्वोच्चको ठहर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानसम्मत विश्वासको मत लिएको भन्न मिल्दैन

विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यही भदौ ४ गते लिएको विश्वासको मतमाथि संवैधानिक प्रश्न उठाएको छ।

प्रदेशसभा बैठकमा अध्यक्षमण्डलका दुई दुईजना सदस्यहरुले अध्यक्षता गरेको भन्दै सर्वोच्चले रिट निवेदक नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीको पक्षमा अन्तरिम आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले संवैधानिक व्यवस्था अनुसार सभाको अध्यक्षता गरेका व्यक्तिले संसद्मा मत बराबर भएको अवस्थामा मात्रै निर्णायक मत दिन मिल्ने पनि स्मरण गराएको छ।

सर्वोच्चको आदेशमा मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेको भनी घोषणा गरिएको कार्य नेपालको संविधानको धारा १६८ ९२० र ९४० तथा धारा १८६, संसदीय अभ्यास, संवैधानिक नैतिकता लगायत यस अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल रहेको देखिएको जनाएको छ।

‘प्रदेश सभाका सदस्यहरू इस्राइल मन्सुरी र माननीय गीता तिमलसिनाले पालो पालो गरी सभाको अध्यक्षता गरेको देखियो। त्यही बैठकका सन्दर्भमा निजहरू दुवै जनाले माननीय मुख्यमन्त्री उद्धव थापा उपरको विश्वासको मत दिएर सो मत समेत गणना गरी उद्धव थापाप्रति विश्वासको पक्षमा कूल ४७ मत र विपक्षमा ३० मत प्राप्त भएको भनी घोषणा गरिएको देखियो’, सर्वोच्चले भनेको छ, ‘नेपालको संविधानको धारा १८६ बमोजिम प्रदेश सभामा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्ताव निर्णय गर्दा मत बराबर भएको अवस्थामा बाहेक अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार हुने देखिँदैन। विवादित मत दिइएको सन्दर्भमा मत बराबर भएको भन्ने देखिएन।

यस अवस्थामा कूल ९३ जना प्रदेश सभा सदस्यहरू रहेको प्रदेश सभाका बहूमत सदस्य ४७ जनाको विश्वासको मत प्राप्त गरेको भनी अध्यक्षता गर्ने सदस्यले दिएको मत समेत गणना गरी उद्धव थापाले विश्वासको मत प्राप्त गर्नु भएको भनी घोषणा गरिएको कार्य नेपालको संविधानको धारा १६८ (२) र ४ तथा धारा १८६, संसदीय अभ्यास, संवैधानिक नैतिकता लगायत यस अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल रहेको देखिन आयो।’

सर्वोच्चले आगामी भदौ १३ गते बुधबार बेलुकी ५ बजेभित्र कोशी प्रदेश सभामा मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेको भनी गरिएको घोषणा लगायत कागजातसमेत सक्कलै साथै राखी लिखित जवाफ पेस गर्न पनि भनेको छ।

सम्बन्धित समाचार

बजेटले पूर्वका माग सम्बोधन नगरेको उद्योगी व्यवसायीको गुनासो

विराटनगर, जेठ १५-अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तुत बजेटले पूर्वका व्यावसायिक मुद्दाको सम्बोधन गर्न नसकेको प्रतिक्रिया यहाँका व्यवसायीले व्यक्त गरेका छन्। विराटनगरका व्यवसायीले बजेट 'पपुलिस्ट' प्रकारको रहेको तर कोभिड–१९ द्वारा थलिएको...

प्रदेश १ मन्त्रीपरिषद बैठकः चर्को आलोचना हुने विषय लुकाएर अरु निर्णय सार्बजनिक, मन्त्रालय फुटाउने निर्णय ‘गुपचुप’

विराटनगर, १७ माघ । पाँचदलिय गठबन्धन नेतृत्वको प्रदेश सरकारले चर्को आलोचना हुने विषय लुकाएर अरु निर्णय मात्र सार्बजनिक गरेको छ । आइतबार साँझ बसेको मन्त्रीपरिषद बैठकले सत्ता गठबन्धनमा भागबण्डा मिलाउन मन्त्रालयहरु फुटाएर १२ वटा बनाउने...

एसइइ कप : मोरङ र सुनसरीका पाँच स्कुल विजय

विराटनगर । विराटनगरमा जारी एसइइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा पाँच वटा स्कुल विजय भएका छन् ।विराटनगरको सहिद मैदानमा शनिबार भएको खेलमा वीरेन्द्र मावि, दिल्ली पब्लिक, सुनसरी किस्टल, जनता मावि र आर्दश...

१० हजारमा खोप परीक्षणको तयारी, ४० करोड खोपका लागि सम्झौता

एजेन्सी, जेठ १०-लायतमा १० हजार मानिसमा कोरोना भाइरसविरुद्धको खोप परीक्षणको तयारी सुरु भएको छ । बेलायतका वैज्ञानिकले तयार पारेको खोप अघिल्लो चरणमा प्रवेश गरेको हो  । यो सफल भएमा बेलायतमा बच्चा र वृद्धवृद्धासमेत १० हजार...

मेडिकल सामग्री खरिदका लागि सेनाले पठायो ५ देशलाई पत्र

नेपाली सेनाले मेडिकल सामग्री खरिद प्रक्रिया अघि बढाएको छ । कोरोना भाइरस (कोभिड- १९)को रोकथामका लागि आवश्यक औषधिदेखि अन्य स्वास्थ्य सामग्री सेनालाई खरिद गर्ने जिम्मा दिएको १० दिनपछि सेनाले मेडिकल सामग्री खरिद प्रक्रिया अघि बढाएको...

गौहत्या आरोपमा देवदहबाट ३ जना पक्राउ

बुटवल, २४ वैशाख-रुपन्देहीको देवदहमा गाई काटेर खाएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले देवदह नगरपालिका- १० भुलहीबाट ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामप्रसाद पराजुली, सुकबहादुर परीयार...

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा विजयादशमीको शुभकामना व्यक्त

काठमाडौं, १० कात्तिक-हिन्दूहरुको सबैभन्दा ठूलो पर्व बडादसैंको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बर्द्धन गर्न...

झारखण्डका अर्का मन्त्री पनि कोरोना संक्रमित

एजेन्सी, ७ भदौ-भारतको झारखण्डका कृषिमन्त्री बादल पत्रलेख कोरोना संक्रमित भएका छन् । स्वास्थ्यमन्त्री कोरोना संक्रमित भएपछि उनले पनि कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो । झारखण्डका हेमन्त सोरेन सरकारको ११ सदस्यीय मन्त्रिपरिषदमा उनी कोरोना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्