मोरङमा नेपाल प्रहरी तस्करीको सामान उम्काउने, सशस्त्र प्रहरी समाउने

 न्यूज विराट
मोरङमा नेपाल प्रहरी तस्करीको सामान उम्काउने, सशस्त्र प्रहरी समाउने

विराटनगर । नेपाल भारत – सीमा क्षेत्र विराटनगरको दक्षिण क्षेत्रबाट भन्सार छली गरेर भित्र्याइएका लत्ता कपडा र खाद्यान्यको सामान सशस्त्रले अहिले दैनिक जसो बरामद गर्दै आएको छ । सशस्त्र प्रहरी कोशी प्रदेश पकली सुनसरीका सादा पोशकमा सशस्त्र प्रहरी परिचालन गरेपछि विराटनगरको दक्षिण गेट र दरैया बस्ती हुँदै तस्करी भएर विराटनगरमा भित्रिएको लत्ता कपडा र खाद्यान्य बरामद गदै आएको छ ।

सशस्त्र प्रहरी कोशीका डिआइजी अन्जली पोखरेलले खटाएको सादा पोशकको टोलीले सोमबार विराटनगरको एयरपोट रोडबाट ठुलो परिमाणको तस्करीको कपडा बरामद गरेको छ । ४ लाख ७९ हजार ४५० रुपैयाँको कपडा सशस्त्र प्रहरीले बरामद गरेको हो । उक्त कपडा क्यारिङ गर्ने विराटनगर १६ दरैयाका गणेश साहको रहेको सशस्त्र प्रहरीले जनाएको छ । उनले नेपाल प्रहरीसँग सेटिङ मिलाएर तस्करीको कपडा जोगवनीबाट विराटनगरको एयरपोट रोडमा घर भाडामा लिएर लत्ता कपडा राख्ने गरेको सशस्त्र प्रहरीका सादा पोशकका टोलीले सूचना पाएको थियो । विराटनगर भन्सारका कर्मचारी लिएर उनीहरुले साहको गोदाममा छापा हानेर ठुलो परिमाणको कपडा बरामद गरेको हो । गणेश अहिले विराटनगरमा तस्करीको धन्दा चलाउने ठुलो क्यारिङ गर्ने तस्कर रहेको प्रहरीले बताएको छ ।

उनलाई विराटनगरदेखि पुर्वका ठुला होलसेलका कपडा व्यापारीले क्यारिङ गर्ने जिम्मा दिने गरेका छन् । उनले मोटो रकम लिएर क्यारिङ मार्फत भन्सार छली गरेर व्यापारीको पसल र गोदामसम्म तस्करीको कपडादेखि खाद्यान्यसम्म पढाउने गर्दछन् । यसरी तस्करीको सामान पु¥याउन सहज गरिदिन वडा प्रहरी कार्यालय विराटनगरका सादा पोशकका प्रहरी परिचालन भएको स्रोतको दाबी छ । सशस्त्र प्रहरीले गणेश साहको साउन १० गतेदेखि हालसम्म २२ लाख भन्दा बढी रकमको तस्करीको लत्ता कपडा बरामद गरेर विराटनगर भन्सार कार्यालयलाई बुझाइसकेको छ । सशस्त्रले तस्करीको लत्ताकपडा र खाद्यान्य बरामद गर्दा नेपाल प्रहरीले तस्करलाई छुट दिँदा उनीहरुले दिउँसै खुलेआम तस्करीको साम्रगी भित्र्याउने गरेको खुलेको छ।


डिउटीमा प्रहरी खटिएको भएता पनि उनीहरु केवल तस्करहरुको सुरक्षामा खटिएको जस्तो देखिन्छन् । गणेश साहसहित विराटनगरका अक्बर, मन्जर र आकाशको समूहले आँखै अगाडि तस्करी भइरहेता पनि केही पनि सोधपुछ नगरी निर्बाध आवतजावत गर्न दिइएको स्थानीयको आरोप छ । विराटनरको दरैया, इस्लामपुर, मटेरुवा, दक्षिण गेट क्षेत्रबाट नेपाल प्रहरीको मिलेमतोमा तस्करी भएर आउँदा सशस्त्र प्रहरीको सादा पोशकको टोलीले तस्करीको सामान नियन्त्रणमा लिने गरेकोबाट पनि तस्करी व्यापक मात्रामा फस्टाएको पुष्टि हुने गरेको छ ।

सम्बन्धित समाचार

‘मेनिन्जाइटिस’ रोगबाट पीडित बालकको आर्या न्यूरोमा सफल उपचार

विराटनगर । विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा ‘मेनिन्जाइटिस’ रोगबाट पीडित भएका एक जना बालकको सफल उपचार भएको छ । मस्तिष्कमा ‘मेनिन्जाइटिस’ रोगबाट पीडित भारत घर भएका ६ वर्षीय लोकेस कुमारको आर्या न्यूरो हस्पिटलमा...

विराट शिक्षा कलेजको प्रिन्सिपलमा डा. आशिष गुप्ता नियुक्त

विराटनगर । विराटनगर – ३ मा रहेको विराट शिक्षा कलेजको प्रिन्सिपलमा डा. आशिष गुप्ता नियुक्त भएका छन् । डाक्टर गुप्तालाई कलेजको बोर्ड बैठकले प्रिन्सिपलमा नियुक्त गरेको हो । नवनियुक्त प्रिन्सिपल गुप्ताले गुणस्तरीय शिक्षा प्रदान गरी...

प्रदेश १ मा ८६० जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

विराटनगर, १ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६० जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ४१० जनाको पीसीआर परीक्षण गर्दा ४७० र १ हजार ४०४ जनाको एन्टिजेन परीक्षण गर्दा ३९० जनामा...

सभापति देउवाद्वारा प्रदर्शनमा सहभागी बन्न अपिल

काठमाडौँ, ११ पुस-नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध यही पुस १३ गते कांग्रेसले आयोजना गरेको प्रदर्शनमा सहभागिताका लागि सबैमा अपिल गर्नुभएको छ । कांग्रेसले संसद् विघटनविरुद्ध...

मोटरसाइकल दुर्घटनाबाट एक जनाको मृत्यु

विराटनगर, २३ असोज । झापा अर्जुनधारा नगरपालिका २ भेलेनी चौक छेउ  स्थित भित्री सडक खण्डमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटना स्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक झापा अर्जुनधारा नगरपालिका ६...

आत्मारक्षाको लागि किशोरीलाई सेल्फ डिफेन्स तालिम

विराटनगर । विराटनगरमा तीन दिने महिला सेल्फ डिफेन्स तालिम सुरू भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा विराटनगरमा बिहीबारदेखि उक्त तालिम सुरु भएको हो । तालिमको उद्घाटन...

सिरिया र बंगलादेशका शिविर विनाशकारी बन्न सक्ने चेतावनी

कोरोना भाइरसका कारण संसार आक्रान्त भए पनि मानिसहरूको ध्यान हजारौँको सामूहिक बसोबास भएका शरणार्थी शिविरतिर गएको छैन । जहाँ कोरोना भाइरस फैलिएमा विनाशकारी बन्नेछ । बंगलादेशदेखि सिरियासम्म, एसियादेखि अफ्रिकासम्मका शरणार्थी शिविरमा बस्नेहरूले आधारभूत सुविधासमेत नपाइरहेको...

इन्डो नेपाल क्रिकेट प्रतियोगिता, झापालाई हराउँदै पटना सेमिफाइनलमा

विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा भारतको हाइपर फॉर्मेन्स क्रिकेट एकेडेमी पटनाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । विराटनगरको जुट मिल खेलमैदानमा सोमबार भएको खेलमा पटनाले झापा क्रिकेट क्लबलाई ७ विकेटले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्