‘मेनिन्जाइटिस’ रोगबाट पीडित बालकको आर्या न्यूरोमा सफल उपचार
बुधबार, १८ माघ, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा ‘मेनिन्जाइटिस’ रोगबाट पीडित भएका एक जना बालकको सफल उपचार भएको छ । मस्तिष्कमा ‘मेनिन्जाइटिस’ रोगबाट पीडित भारत घर भएका ६ वर्षीय लोकेस कुमारको आर्या न्यूरो हस्पिटलमा सफल उपचार भएको हो ।
मेनिन्जाइटिस भएर लोकेस कुमारको मस्तिष्कमा पानी जमेको कारणले फुलेको थियो । मस्तिष्कमा पानी जमेर फुलेको कारणले स्वासप्रश्वासमा पनि समस्या भएपछि जटिल अवस्थामा एक महिना अगाडी उनी आर्या न्यूरो हस्पिटलमा भर्ना भए । आर्या न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पंकजराज नेपालसहित बालरोग विशेषज्ञ डा.सुमित घिमिरे, एनएसथेसिया डा. सुमल थापा सहितका चिकित्सकको टिमले लोकेस कुमारको मेनिन्जाइटिसको रोगको सफल उपचार गरेको हो ।
स्वासप्रश्वासमा समस्या भएपछि लोकेस कुमारलाई उनका अभिभावकले भारत बिहारको विभिन्न अस्पतालहरूमा उपचारको लागि पु¥याएका थिए । त्यहाँ उपचार नभएपछि उनका आफन्तले विराटनगरमा टाउँको राम्रो उपचार हुने सुनाएपछि आर्या न्यूरो हस्पिटल आएको लोकेसका बावु संजीवलाल कुमारले बताए । ‘हस्पिटल ल्याउँदा छोराको अवस्था एकदमै नाजुक थियो । यहाँ ल्याएर चिकित्सकलाई देखाएपछि शल्यक्रिया गरेर महिनादिनसम्म उपचार गरेपछि छोरा ठिक भएको छ,’ मंगलबार फलोअपमा आएमा संजीवलालले भने, ‘अहिले छोरा राम्रोसँग हिडडुल गर्न सक्ने भएको छ । मज्जाले खादै खेल्न सक्ने भएको छ ।’ आर्या न्यूरो हस्पिटलमा छोराले नयाँ जीवन पाएको उनले सुनाए ।
‘मेनिन्जाइटिस रोग एक प्रकारको संक्रमणबाट लाग्छ । मानिसको टाउको भित्र मस्तिष्क छोप्ने एक खालको पर्दा हुन्छ, जसलाई मेनेन्जेज भनिन्छ,’ आर्या न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पंकजराज डा. नेपालले भने, ‘ यो मस्तिष्कको टिभी पनि हो । यो हाम्रो देशहरुमा कमन छ । कुनै सोर्सबाट टिभी सरेको हो । यसलाई ब्रेन टिभी पनि भनिन्छ । टिभी मात्र हुँदा समस्या हुदैन थियो । उपचारको लागि आएको बालकको मस्तिष्कमा पानी जमेको थियो । पानी जमेको विरामीको समयमै उपचार गरेर भने ज्यान जानसक्छ । त्यसैले यस्ता विरामीको चाँडै उपचार गरिनुपर्दछ ।’
मेनिन्जाइटिस रोगको लक्ष्मणहरु ज्वारो आउने, होस कम हुने, उल्टी हुने रहेको उनले बताए । संक्रमणले गर्दा यस्तो रोग लाग्ने गरेको उनले बताए । यस्तो रोग बालवालिकाहरुमा भन्दा पनि ज्येष्ठ नागरिकहरुमा बढी हुने गरेको उनले सुनाए । यस्ता विरामीको लामोसमयसम्म उपचार हुने गरेको डा. नेपालले बताए ।
एजेन्सी, असार १४-भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको हुनेको संख्या ५ लाख २९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ अहिलेसम्मकै बढी २० हजार संक्रमित थपिएका छन् । वल्डोमिटरका अनुसार शनिबार भारतमा कोरोनाबाट ४ सय...
काठमाडौं, २१ कात्तिक-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक पार्टी कार्यालय धुम्बराहीमा सुरु भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शुक्रबार दिउँसो ३ बजेका लागि बोलाएको अनौचारिक सचिवालय बैठक धुम्बाराहीमा सुरु भएको छ । बैठकमा...
सर्लाही, माघ २१–पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही जिल्लाको तीन इलाका प्रहरी कार्यलयमा प्रहरी निरीक्षक नहुँदा मुचुल्का हस्ताक्षरमा समस्या परेको छ । इलाका प्रहरी कार्यालय लालबन्दी,हरिवन र जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरमा प्रहरी निरीक्षक नहुँदा सर्वसाधारणलाई समस्या परेको...
काठमाडौं, १० जेठ-विपद्को समयमा अग्रपङ्क्तिमा रहेर समाचार सङ्कलनमा खट्ने फोटोपत्रकारलाई एकपछि अर्को गर्दै सहयोग प्राप्त हुने क्रम बढेको छ । न्यू मुनलाइट सर्टिङ सुटिङका सञ्चालक जाकिर हुसेनले आज राष्ट्रिय फोटो पत्रकारसमूह (एनएफपिजे) नेपाललाई कूल १००...
काठमाडौं, १२ जेठ-राष्ट्रपति विद्यादेवी भण्डारीले इद उल फित्रले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने बताएकी छिन् । इस्लाम धर्मावलम्बीले मनाउँदै...
एजेन्सी, साउन १४-अभिनेता सुशान्तसिंह राजपुतका बुबा केक सिंहले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध मुद्दा दर्ता गरेका छन् । सुशान्तलाई आत्महत्या गर्न दुरुत्साहित गरेको भन्दै केकले पटना प्रहरीमा रियाविरुद्ध मुद्दा दर्ता गरेका हुन् । आत्महत्या गर्नुभन्दा केही...
विराटनगर । प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगितामा विराटनगर १२ फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेल मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा विराटनगर १६ नम्बर वडालाई २–० गोलले हराउँदै विराटनगर १२ फाइनलमा पुगेको हो...