संसद बैठक १५ मिनेटका लागि स्थगित - News Birat

संसद बैठक १५ मिनेटका लागि स्थगित

न्यूज विराट

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विशेष अधिवेशन शुरू भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको सूचना दिएकाले त्यससम्बन्धी प्रक्रिया सुरु गर्न १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गरेका हुन् ।

आजको दोस्रो बैठकमा प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै मन्तव्य दिने, प्रस्तावउपर दली आधारमा छलफल गर्ने, प्रधानमन्त्रीले सांसदहरुले उठाएका विषयमा जवाफ दिने र विश्वासको मतसम्बन्धी प्रस्तावउपर मतविभाजन गर्ने कार्यसूची छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles