संखुवासभामा कैदी मृत्यु प्रकरण : असईसहित १० प्रहरी पक्राउ

 न्यूज विराट
संखुवासभामा कैदी मृत्यु प्रकरण : असईसहित १० प्रहरी पक्राउ

विराटनगर । संखुवासभा कारागारमा २ कैदीको मृत्यु प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) सहित १० जना प्रहरी पक्राउ परेका छन्।

संखुवासभा कारागारबाट मंगलबार राति भाग्ने क्रममा समातिएका मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश बलामी जेलभित्रै कुटपिटबाट मारिएका थिए।

सो घटनामा प्रहरीले नै संलग्न देखिएपछि कारागार सुरक्षामा खटिएका असईसहित १० जना प्रहरीलाई नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

‘सीसीटीभीमा उनीहरू संलग्न देखिएपछि नियन्त्रणमा लिएका हौँ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने।

सुरक्षा घेराभित्र दुईजना कैदीको शङ्कास्पद अवस्थामा मृत्यु भएपछि घटना अनुसन्धानका लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर बाट प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा चार सदस्यीय समिति हिजै खाँदबारी संखुवासभा पुगेको छ।

समितिमा प्रहरी निरीक्षक जितेश दाहाल, प्रहरी नायब निरीक्षक रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य छन् ।

सम्बन्धित समाचार

सीएनआई कोशी एक्स्पो सुरू (फोटो फिचर)

विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा विराटनगरमा सीएनआई कोशी एक्स्पो सुरू भएको छ । विराटनगर – २ शंकरपुरमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्घाटन गरेपछि एक्स्पो सुरू...

पाँचथरमा बाढीपहिराेमा परी मृत्यु भएका २६ जनाको सनाखत

पाँचथरमा बाढीपहिराेका कारण मृत्यु भएका २६ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले हालसम्म २६ जनाको मृत्यु भएको पुष्टि गरेको हो । यद्यपि मृत्युको सङ्ख्या केही बढी रहेपनि प्रहरीले सो सङ्ख्या पुष्टि गरेको छैन...

कर्णालीमा ३३ अर्बकाे बजेट

सुर्खेत, २८ वैशाख-कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको जनाएको छ । चालु आर्थिक वर्षको सञ्चित कोषमा जम्मा हुनसक्ने रकमलाई समेत अनुमान गरी झण्डै ३३ अर्बको बजेट ल्याउने...

जनप्रतिनिधिले काम विनै खाएको तलब फिर्ता गर्न माग

  पथरी, ३ चैत । विना काम तलब लिने जनप्रतिनिधिलाई रकम फिर्ता गर्न नयाँ शक्ति पार्टीले माग गरेको छ । आइतबार नयाँ शक्ति पार्टी नगर समितिले पथरीशनिश्चरे नगर प्रमुखलाई ज्ञापन पत्र मार्फत् विना काम तलब...

दुई वर्षमा विराटनगरमा २० किलोमिटर कालोपत्रे, ४२ किलोमिटर नयाँ सडकमा ग्राभेल

विराटनगर । विराटनगर महानगरपालिकाभित्र १ अर्ब १५ करोडभन्दा बढीका विभिन्न योजनाहरु सञ्चालनमा रहेका छन् ।हाल १९ वटै वडामा १ अर्ब १५ करोडभन्दा बढीका ठूला साना परियोजना सञ्चालन भइरहेका छन् । वडास्तरमा पनि १ करोडभन्दा माथिका...

विराटनगरमा ४ सहित प्रदेश १ मा २९ जनामा कोरोना संक्रमण

विराटनगर, २८ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण भएको छ । ३६५ जनाको पीसीआर परीक्षण गर्दा २८ र २६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास...

देशका धेरै स्थानमा मेघगर्जन र चटयाङ्सहित वर्षा हुन सक्छ:माैसमविद्

काठमाडौं, २० माघ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण र बागमती प्रदेशमा आजकाे माैसममा सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । यसबाहेक मधेस र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने सम्भावना...

नेवारी भाषा, संस्कृति संरक्षणमा जोड

विराटनगर । नेवारी भाषाको धर्म संस्कृतिक संरक्षणमा जोड दिनुपर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । झी पुच : (नेपाल भाषा तथा सांस्कृतिक संघ) विराटनगरले बिहीबार आयोजना गरेको कार्यक्रममा सहभागिहरुले भाषा, धर्म र संस्कृति सभ्यतासँग जोडिएकाले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्