पाँचौँ संस्करणको मिस्टर एन्ड मिस लिटल हुने, सोमबार पहिलो अडिसन विराटनगरमा

 न्यूज विराट
पाँचौँ संस्करणको मिस्टर एन्ड मिस लिटल हुने,  सोमबार पहिलो अडिसन  विराटनगरमा

विराटनगर । पाँचौँ संस्करणको मिस्टर एन्ड मिस लिटल कोशी प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको पहिलो अडिसन सोमबार विराटनगरस्थित सेन्टर मलमा हुने भएको छ ।

जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा यो प्रतियोगिता हुँदै आएको छ । जय मिडियाले बालबालिकाहरूमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरेको यो प्रतियोगिता प्रदेश १ को सबैभन्दा ठुलो हो । विगत चार वर्षदेखि उक्त प्रतियोगिता हुँदै आएको छ ।

विराटनगरपछि अर्को अडिसन असोज १० गते हुने सिइओ निशा खतिवडाले बताइन् । मिस्टर एन्ड मिस लिटलको अडिसन विराटनगरसहित, इटहरी, धरान लगायतको सहरहरूमा हुनेछ । अडिसन सकिएपछि छनौट भएका प्रतियोगहरूलाई दशै र तिहारको बिचमा प्रशिक्षण दिने जय मिडिया म्यानेजमेन्टका चियरमेन जय राज रायले जानकारी दिए । विजेताहरूले विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचार

आजको मौसम : धेरै स्थानमा पानी पर्ने, प्रदेश १ र बागमतीमा भारी वर्षाको सम्भावना

काठमाडौं, २४ साउन ।आज देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको...

कोरोना भाइरसविरुद्धको औषधि परीक्षणको परिणाम उत्साहजनक

एजेन्सी, चैत २९-कोरोना भाइरस (कोभिड–१९) का बिरामीहरुमा गरिएको एउटा औषधीको प्रारम्भिक परीक्षणले उत्साहजनक नतिजा देखाएको विवरण सार्वजनिक भएको छ । अमेरिकी औषधी निर्माता कम्पनी गिलियड साइन्सेसका अनुसार ५३ जना कोरोना संक्रमित बिरामीमा औषधिको परीक्षण गरिएको...

चिकित्सकले मृत्यु निश्चित छ भनेका डा. र्‍यान ४ हप्तापछि कोरोनालाई जितेर फर्किए

एजेन्सी, बैशाख ४-डा. र्‍यान पडगेट ४५ वर्षका भए । उनी सिएटलको किर्कल्यान्ड हस्पिटलको आपतकालीन विभागका चिकित्सक हुन् । शारीरिक फिट्नेसका कारण उनलाई साथीहरूले आइरस म्यानको उपनाम दिएइका थिए । तर, जब कोरोना भाइरसको संक्रमणले छोयो,...

लकडाउनमा महाकाली नदीबाट ट्युबमार्फत मान्छे ओसार्ने १ जना पक्राउ

डडेल्धुरा, ८ वैशाख-लकडाउनको समयमा महाकाली नदीबाट मान्छे ओसारपसारमा संग्लन रहेको भन्दै दार्चुलामा प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार राती महाकाली नदीबाट नेपाल भित्र्याइरहेको अवस्थामा महाकाली नगरपालिका-७ का २३ वर्षीय करन टमटालाई प्रहरीले नियन्त्रणमा...

‘ड्रागन’ खेतीमा रमाउँदै भावना, बार्षिक २० लाखको आम्दानी

विराटनगर । नयाँ खेतीको रूपमा फस्टाउँदै गएको ‘ड्रागन फ्रुट’को खेती विस्तारै आम्दानीको राम्रो स्रोत बन्न थालेको छ  । ‘ड्रागन फ्रुट’ मा १३ प्रकारका पोषक तत्व हुने भएकाले पनि स्वास्थ्यका लागि लाभदायी रहेको बताइन्छ । अहिले ड्रागन...

विराटमा दुर्लभ उपचार, समय अगावै जन्मिएका ७०० ग्राम तौल भएका नवजात शिशुको सफल उपचार

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होममा प्रिटम अर्थात् समय अगावै जन्मिएका कम तौल भएका नवजात शिशुको सफल उपचार भएको छ । हस्पिटलमा आएको २६ हप्ताको ७ सय ग्राम तौल भएको नवजात शिशुको सफल उपचार भएको...

बर्दिवासमा आगलागीबाट करोडको क्षति

महोत्तरीको बर्दिवास नगरपालिका–१ को मुुख्यचोकमै आज आगलागी भएको छ ।  व्यापारिक प्रतिष्ठान रहेको तीन तले भवनको माथिल्लो तलामा आगो सल्केको हो । विद्युत् चुहिएर (सर्ट भएर) आगलागी भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। मोहम्मद...

संघीय संसदका ४४१ जनाको थ्रोट स्वाब संकलन

काठमाडौं, २५ वैशाख-शुक्रबारदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशनअघि प्रतिनिधिसभा, राष्ट्रियसभाका सांसद र कर्मचारीको कोरोना भाइरस परीक्षणका लागि स्वाबको नमुना संकलन गरिएको छ । आज संघीय संसदअन्तर्गत कूल ४४१ जनाको थ्रोट स्वाब संकलन गरिएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्