विराटनगरमा ‘सुन्ने कि थुन्ने बहस’ : निजी क्षेत्र हतोत्साहित बनाउने कानुन संशोधनको माग

 न्यूज विराट
विराटनगरमा ‘सुन्ने कि थुन्ने बहस’ : निजी क्षेत्र हतोत्साहित बनाउने कानुन संशोधनको माग

विराटनगर । पछिल्लो समय उद्योगी व्यवसायीका कुरै नसुनी कसुर पुष्टि नभई राज्यले उद्योगी व्यवसायीलाई पक्राउ गरेर हतोत्साहित गरेको भन्दै सुनसरी–मोरङ औद्योगिक क्षेत्रका सरोकारवालाले चिन्ता जनाएका छन् । उद्योग संगठन मोरङले ‘सुन्ने कि थुन्ने’ आर्थिक बहसमा उनीहरुले यस्तो गुनासो गरेका हुन् । बहसमा सहभागी राजनीतिक दलका प्रतिनिधिले निजी क्षेत्रलाई हतोत्साहित बनाउने कानुन संशोधनको माग गरे ।

राज्यको नीति नियम र कानुनको सीमाभित्र रहेर उद्योग व्यवसाय सञ्चालन गर्दा संयोगवश हुने घटनामा सम्बन्धित उद्योगी व्यवसायीका कुरै नसुनी पक्राउ गरेर थुन्ने गरिएको संगठनका अध्यक्ष राकेश सुरानाको दाबी छ ।

‘नियतवश गल्ती गर्ने ठूला उद्योगी व्यवसायी र तस्कर राज्य सञ्चालकसँग अँगालो मारेर हिँड्छन्,’ उनले भने, ‘अन्जानमा सामान्य गल्ती गर्नेलाई कुरै नसुनी थुन्ने यो कस्तो कानुन हो  ?’ निजी क्षेत्रमा भय र त्रासको अवस्था सिर्जना भएको र यस्तै अवस्था रहिरहे देशबाट युवाहरू जसरी उद्योगी व्यवसायी पनि पलायन हुने उनको चेतावनी छ ।

औद्योगिक एवं अन्य अपराधलाई अलग–अलग कानुनअनुसार कारबाहीको प्रबन्ध हुनुपर्ने अनि सानो त्रुटिमा समेत उद्योगीलाई धरकपड गर्ने र आरोप प्रमाणित नभई थुनेर अपराधी जस्तो व्यवहार गर्ने कानुनी व्यवस्था संशोधन हुनुपर्ने सुरानाले सुझाए । राज्यले उद्योगी व्यवसायीलाई तर्साएर हतोत्साही बनाएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालको आरोप छ । बहसमा कांग्रेस सांसद प्रदीप पौडेलले कानुनी समस्याको पहिचान गरेर समाधान खोज्नुपर्नेमा जोड दिए । कसुर प्रमाणित नभएसम्म धरपकड र थुन्ने काम ठीक नभएको उनको भनाइ छ ।

सरकारको रवैयाले संविधानले आर्थिक विकासका लागि गरेको प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुने अवस्था नभएको नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले बताए । ७० वर्षको राजनीतिक आन्दोलनले राजनीतिक परिवर्तन गरे पनि आर्थिक विकासको चरणमा मुलुक अझै पुग्न नसकेको अवस्थामा निजी क्षेत्रलाई राज्यले हतोत्साहित गर्न नहुने उनले जनाए । मुलुकको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब रहेकामा निजी क्षेत्रको योगदान ४३ खर्ब ८८ अर्ब रहेको तथ्यांक प्रस्तुत गर्दै एमाले सांसद एलपी साँवाले ८१ दशमलव ५ प्रतिशत योगदान दिने क्षेत्रलाई उपेक्षा गर्न नमिल्ने बताए । राजनीतिक अस्थिरता हुँदा पहिलो आक्रमण नै निजी क्षेत्रलाई हुने गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाको भनाइ छ ।

पहिला थुनेर नभई पहिला सुनेर कानुनको पालना गरिनुपर्ने कानुन व्यवसायी महेश थापाले सुझाए । कानुन कार्यान्वयनको चरणगत प्रक्रिया हुने र कानुनमा लेखिएको दण्ड हेरेरै डराउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनले जनाए । प्रक्रियाकै चरण वा उजुर गर्दाकै अवस्थामा नैतिक रूपमा मनोबल गिराउने काम गरिन नहुने र पक्राउ नगरी अनुसन्धान गर्न सक्ने अवस्था भए पक्राउ नगर्न र प्रमाण नष्ट गर्ने अनि भाग्न सक्ने अवस्था भए पक्राउ पनि गर्नुपर्ने उनले सुझाए ।

सम्बन्धित समाचार

मृतक वडा अध्यक्ष र ५५ वर्षीय पुरुषको कोरोना रिपोर्ट नेगेटिभ

धनगढी, १४ जेठ-कैलाली र कञ्चनपुरका मृतक २ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार राति कञ्चनपुरको कृष्णपुर नगरपालिका–७, मा क्वारेन्टाइन व्यवस्थापन गर्ने क्रममा वडाध्यक्षको मृत्यु भएको थियो । बुधबार बिहान सेती प्रादेशिक अस्पतालमा...

आज १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण

काठमाडौं, १३ असोज-मंगलबार देशभर १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ८ सय ९१ को पीसीआर गर्दा आज १ हजार ५ सय १३ जनामा कोरोना पुष्टि भएको हो...

विराटनगरमा चार राउण्ड हवाई फायर, पक्राउ परेका चार जना आन्दोलनकारी थुनामुक्त

विराटनगर । कोशी प्रदेशको नामकरण खारेजी गरिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधित क्षेत्र तोडेर आन्दोलनकारी अगाडी बढेपछि...

गभर्नरमा तीन जनाको नाम सिफारिस

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको गभर्नर छनोट समितिले ३ जनाको नाम छनोट गरेको छ । गभर्नरको अवकाश भएको १९ दिनपछि छनोट समितिले ३ जनाको नाम टुंग्याएको हो । अर्थमन्त्री खतिवडासहित पूर्वअर्थसचिव कृष्णहरी बाँस्कोटा र...

७ लाख बराबरको अबैध समान बरामद

विराटनगर, माघ १६–मोरङको र झापाको सिमानाकाबाट साढे ७ लाख रुपैयाँ भन्दा बढी पर्ने अबैध समान बरामद भएको छ । बुधबार राति विराटनगर महानगरपालिका–१५ मा भारतबाट अबैध रुपमा भन्सार छली गरी ल्याएको करिब ५ लाख रुपैयाँबराबरको...

बुन्डेस लिगामा बायर्नको जीत, शीर्ष स्थानमा ४ अंकको अग्रता 

एजेन्सी, जेठ ५-जर्मन बुन्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिख विजयी भएको छ । कोरोना भाइरसको महामारीका बीच ६६ दिनपछि पुनः सुरु भएको बुण्डेस लिगामा बायर्नले युनियन बर्लिनलाई उसकै मैदानमा २-० ले हराएको हो । बायर्नको...

मिस कोशिका प्रतियोगीले देखाए प्रतिभा

विराटनगर । सातौँ संस्करणको मिस कोशी प्रतियोगिताको फाइनलमा पुगेका  २६ जना प्रतियोगीहरूले आ–आफ्नो प्रतिभा देखाएका छन् । सुनसरीको इटहरीमा गरिएको मिस ट्यालेन्ट शोमा फाइनलमा पुगेका प्रतियोगीहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा देखाएका हुन् । उनीहरूले गीत,...

आज ३५५६ संक्रमित थपिए, १५०३ जना डिस्चार्ज

काठमाडौं, २७ असोज-गत २४ घण्टामा नेपालमा ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ हजार ५ सय ७७ को पीसीआर गर्दा आज ३ हजार ५ सय ५६ जनामा कोरोना पुष्टि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्