अभियान्ता चापागाईं पक्राउ परेपछि चौतर्फी विरोध, रिहाइ नभए आन्दोलनमा उत्रिने अन्सारीको चेतवनी

 न्यूज विराट
अभियान्ता चापागाईं पक्राउ परेपछि चौतर्फी विरोध, रिहाइ नभए आन्दोलनमा उत्रिने अन्सारीको चेतवनी

विराटनगर । महानगरको कामकारबाहीको आलोचना गर्दै विराटनगर महानगरपालिका अगाडि ब्यानर बोकेर उभिने विराटनगरकी ५२ वर्षीया इन्दिरा चापागाई पक्राउ परेपछि मेयर नागेश कोइरालाको सामाजिक संजालमा चौतर्फी विरोध सुरु भएको छ ।

सामुदायिक विद्यालय शिक्षा सुधारको माग गर्दै महानगरपालिका अगाडि दैनिक धर्ना बस्दै आएकी चापागाईंलार्ई प्रहरीले पक्राउ गरी अभद्र्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । उनी पक्राउ परेसँगै अहिले सामाजिक संजालमा मेयरको चौतर्फी रुपमा विरोध सुरु भएको छ । चापागाइलाई तत्काल रिहाइ गरीनुपर्ने माग पनि राखेका छन् ।
काँग्रेसका युवा नेता सालिम अन्सारीले सामाजिक अभियान्ता चापागाई तत्काल रिहाइ नगर आन्दोलनमा उत्रिने चेतवनी समेत दिएका छन् । ‘जायज माग राखेर शान्तपुर्वक सघर्ष गर्नु मौलिक अधिकार हो । तर शिक्षामा सुधारको माग गर्दै संघर्ष गर्दै आएकी शुसासनकी अभियन्ता ईन्दिरा चापागाँईलाई विराटनगरका मेयरले आफुलाई दुर्व्यवहार गरेको आरोप लगाएर प्रहरी खोरमा थुनाएर सात दिन म्याद थप गरि अभद्र ब्यावहारको मुद्दा लगाउनु निर्धामाथि पहुँच र पावरवालाहरुको अत्याचारी व्यवहार नै हो । आईतवारसम्म शुशासन अभियन्ता चापागाईं रिहा गरिएन भने हामी सडक सँघर्षमा उत्रन्छौँ अन्सारी,’ समाजिक संजालमा लेखेका छन् ।

मेयर कोइरालालाई अभद्र व्यवहार गरेको भन्दै विराटनगर महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएको थियो । महानगरको मेयरबाट उजुरी आएपछि विराटनगर ५ निवासी चापागाईंलाई पक्राउ गरी अभद्र व्यवहार मुद्दामा म्याद थप गरिएको छ ।

सम्बन्धित समाचार

रुसले दियो कोरोना भाइरसविरुद्धको औषधी प्रयोगमा स्वीकृती

एजेन्सी, जेठ २०–रुसले कोरोना भाइरसविरुद्धको औषधी प्रयोगमा स्वीकृती दिएको छ । परिक्षणका क्रममा कोरोना संक्रमितहरुलाई ४ दिनमै निको पारेपछि रुस सरकारले कोरोना भाइरसविरुद्धको औषधि प्रयोगमा स्वीकृति दिएको हो । योसँगै अब रुसका अस्पतालहरुमा आगामी सातादेखि...

आज २ हजार १२० जनामा कोरोना पुष्टि, २ हजार ४४ संक्रमित डिस्चार्ज

काठमाडौं, १७ असोज-गत २४ घण्टामा नेपालमा २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ सय ९ सय ७८ को पीसीआर गर्दा आज २ हजार १ सय २० जनामा कोरोना पुष्टि...

भोलिबाट २१ दिनका लागि भारतमा लकडाउन घोषणा

कोरोना संक्रमण रोक्न भारतले भोलिबाट लागू हु्नेगरी २१ दिन लामो लक डाउन गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २१ दिन लामो लकडाउन गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले देशका नाममा सम्बोधन...

प्रहरीको गोलीले ६ वर्षमा मारिए ७ हजारभन्दा बढी अश्वेत

एजेन्सी, जेठ २०-अफ्रिकी मूलका अमेरिकी नागरिकमाथि लामो समय विभेद हुँदै आएको छ । पछिल्लो समयमा फेरि एक जना अश्वेत अमेरिकी जर्ज फ्लाइडको हत्यापछि प्रदर्शन चर्किएको छ । मिनेसोटामा ४६ वर्षीय फ्लोइडको हत्याविरुद्धको प्रदर्शन राष्ट्रपति भवन...

एमाले र राप्रपाले बहिष्कार गरेपछि कोशी प्रदेशसभा बैठक स्थगित

विराटनगर । नेकपा एमाले र राप्रपाको कोशी प्रदेशसभाको आजको बैठक बहिष्कार गरेपछि स्थगित भएको छ । बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरू उठेर विरोध गरेपछि अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको हो ।...

२ असईसहित ३ प्रहरी निलम्बित

काठमाडौं, १२ असार-प्रदेश २ प्रहरी कार्यालयले आचरणविपरीत काम गरेको भन्दै २ जना असईसहित ३ जना प्रहरी कर्मचारीलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा रौतहट जिल्लाको इलाका प्रहरी कार्यालय पिपरा रजवाडा दरबन्दी भई प्रहरीचौकी औरैयामा कार्यरत...

नेपाल स्काउट विराटनगर महानगर तदर्थ समितिद्वारा खाद्यान्न वितरण

विराटनगर, ६ असार । ७० औँ स्थापना दिवसको अवसर पारेर नेपाल स्काउट विराटनगर महानगर तदर्थ समितिले विभिन्न वडामा खाद्यान्न वितरण गरेको छ । स्थापना दिवसको अवसरमा पहिलो, दोस्रो र तेस्रो दिन विराटनगरको वडा न.१,२,३,४,५,६,७,८,९, १०...

केन्द्रले प्रदेशलाई अधिकार हस्तान्तरण नगरे संघर्ष गर्छाै: मुख्यमन्त्री कार्की

विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदेश सरकारलाई काम गर्न दिन संविधानको कार्यान्वयनका लागि चासो राखी दिन आग्रह गरेका छन् ।नेपाल उद्योग परीसंघ कोशीले शनिबार आयोजना गरेको स्वतन्त्रता सेनानी, उद्योगी व्यवसायीलाई सम्मान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्