अध्यक्षविरूद्ध एक वर्ष कैद र १८ लाख जरिवानको माग दाबी, आज अदालतमा अभियोग दर्ता हुँदै

 न्यूज विराट
अध्यक्षविरूद्ध एक वर्ष कैद र १८ लाख जरिवानको माग दाबी, आज अदालतमा अभियोग दर्ता हुँदै

विराटनगर । मोरङको बेलबारी नगरपालिका – ११ भाउनेस्थित सृजना सामुदायिक वनको ९५५ क्युफिट काठ घोटला गरेको आरोप लागेको वनका अध्यक्ष छत्रबहादुर लिम्बु विरुद्ध मुद्दा दायर हुने भएको छ ।

डिभिजन वन कार्यालय मोरङले अध्यक्ष लिम्बु विरुद्ध जिल्ला अदालत मोरङमा आइतबार अभियोग दर्ता गर्ने भएको हो ।
लिम्बुलाई फरार प्रतिवादी बनाएर डिभिजन वन कार्यालयले वन ऐन अन्र्तगत मुद्दा दर्ता गर्ने तयारी गरिएको डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी राम लखन ठाकुरले जानकारी दिए । ‘अनुसन्धान पुरा भएको छ,’ उनले भने, ‘आइतबार अभियोग दर्ता गरिने तयारी गरिएको छ ।’ वन ऐन २०७६ को दफा ४९ अनुसार लिम्बुलाई १ वर्ष कैद र बिगो बरावर १८ लाख जरिवना वा दुवै सजय हुने माग दावी लिएर अभियोग दर्ता गर्ने तयारी डिभिजन वन कार्यालयले गरेको छ ।
आइतबार अभियोग दर्ता भए सोमबार थुनछेक हुने अदालतले जनाएको छ । लिम्बुले सामुदायिक वनको १७ लाख ५५ हजार मुल्य बरावरको ९ सय ५५ क्यूफिट काठ अन्यमितता गरेको आरोप छ । वनको काठ अन्यमितता गरेको पाइएपछि डिभिजन वन कार्यालय मोरङले उनीविरुद्ध १४ असारमा उनीविद्ध मोरङ अदालतमा पक्राउ पुर्जी माग गरेको थियो । अदालतले पक्राउ गर्न अनुमति दिएपछि लिम्बु फरार भए ।

फरार भएका लिम्बुलाई पक्राउ गर्न डिभिजन वन कार्यालयले इलाका प्रहरी कार्यालय बेलबारीलाई पत्रचार गरेको थियो । पहुच र पावरको भरमा प्रहरी र वन कार्यालयले उनलाई पक्राउ नगरी फरार प्रतिवादी बनाएर अभियोग लैजाने तयारी गरिएको छ । उनी विराटनगरमा रहेको बुझिएको छ । अदालतबाट धरौटि खुलाउने र धरौटि रकम बुझाएर मुद्दाको निरुपण गर्ने तयारीमा उनी लागि परेका छन् । त्यसको लागि काँग्रेसको जिल्ला, प्रदेश र केन्द्रीय तहका नेताहरु लागि परेका छन् ।
डिभिजन वन कार्यालय मोरङले बनाएको छानविन समितिको प्रतिवेदन अनुसार लिम्बुले सामुदायिक वन भित्रको घाटगद्धीमा रहेको साल र अन्य विभिन्न प्रजातिको काठ आफुखुसी विक्री गरी सामुदायिक वनको साढे १७ लाख बढी रकम आर्थिक अन्यमिमता गरेको पाइएको हो ।

अन्यमिमताको आरोप लागेको लिम्बु नेपाली काँग्रेस बेलबारीका नगर सभापति पनि हुन् । उनी विगत चार वर्षदेखि सामुदायिक वनको अध्यक्षको जिम्मेवारी समाल्दै आएका थिए । २०७९ साउनमा अध्यक्ष लिम्बुले वनको घाट गद्धीमा रहेको काठ आफुखुसी उपभोक्ताहरुलाई बिक्री गरेको फर्जी बिल देखाएर अन्यन्त्र काठको कारोबार गर्ने व्यापारीलाई बिक्री गरेको पाइएको छ । लिम्बूले विभिन्न उपभोक्ता तथा केही संस्थालाई किर्ते कागजात बनाइ काठ बिक्री गरेको रसिद काटेको फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ । लिम्बुले प्रतिक्युफिट २ हजार देखि ३ हजारसम्म विक्री गरेको बुझिएको छ ।
अध्यक्ष लिम्बुले अन्ययमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीमा पनि उजुरी परेको थियो । अख्तियारले डिभिजन बन कार्यालय मोरङलाई छानबिनका लागि पत्राचार गरेको थियो । त्यसपछि डिभिजन बन कार्यालयले सब डिभिजन कानेपोखरीका वन अधिकृत अलाउदीन मियाको नेतृत्वको समितिले छानविन गरेको थियो । छानविनको क्रममा अध्यक्ष लिम्बुले कार्यसमितिको म्याद सकिएपछि वनको काठ अन्ययमितताल गरेको छानविन समितिको प्रतिवेदनमा उल्लेख छ ।
३ वर्षको कार्यकाल भएपनि लिम्बुले आफनो कार्यकालको म्यद सकिएको एक वर्ष पछाडी मात्रै साधारणसभा गराएरका थिए । ४ वर्षमा ९ सय ८७ क्यूफिट लकडी बिक्री भएको देखिएको छ । लिम्बुले सखुवा (साल)४२७ क्युफिट, ३ सय क्युटिफुट बोटध्यमरो र अन्य प्रजातिको २६० क्युफिट काठ बिक्री गरेका थिए ।
छानविन प्रतिवेदन डिभिजन वन कार्यालय मोरङमा बुझाएपछि अनुसन्धान अधिकृत तोकिएको छ । डिभिजन वन कार्यालयले सब डिभिजन वन कार्यालय बेलबारीका वन अधिकृत दिपेश मिश्रालाई गत असार ११ गते अनुसन्धान अधिकृतको जिम्मेवारी दिएको थियो । उनले अनुसन्धान पुरा गरेपछि अभियोग लैजाने तयारी गरिएको हो ।

सम्बन्धित समाचार

मोरङ बेरियारीको उखुबारीबाट १४ बोरा गाजा बरामद

विराटनगर । मोरङ प्रहरीले ठुलो परिमाणको गाँजा बरामद गरेको छ । भारत तस्करी हुन लागेको ठूलो परिमाणमा गाजा प्रहरीले आज बरामद गरेको हो । भारततर्फ तस्करी हुन लागेको ४२२ केजी गाँजा मोरङ प्रहरीले जहदा गाउँपालिका...

स्थायी कमिटीमा पोखरेल र यादवले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं, १७ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा बोल्ने दुई नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन् । स्थायी कमिटी सदस्यहरू लीलामणि पोखरेल र मातृका यादवले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य...

भारतको पश्चिम बंगालमा भ्यानमा करेन्ट लाग्दा १० जनाको मृत्यु

भारतको पश्चिम बंगालको कूचबिहारमा गए राति भ्यानमा करेन्ट लाग्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १६ जना घाइते भइका छन् । भ्यानमा गीत बजाउनका लागि जेनेरेटर जडान गरिएको थियो । डिजे चलाउने...

विराटनगरमा ४ सहित प्रदेश १ मा १२ जनामा कोरोना संक्रमण

विराटनगर, १० पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण भएको छ । १५६ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा...

विमानस्थलबाट नेपालीसहित ६०० यात्रु बोकेर उडे कतारका २ विमान

शनिबार १० बजे र ११ बजे काठमाडौंमा ल्याण्ड गरेका कतार एयरका दुई बिमानले केही नेपाली सहित ६ सय ६ जना यात्रु बोकेर बाहिरिएका छन् । ३ सय ५ सिटे क्षेमताका दुबै जहाजर फूल प्यासेन्जर बोकेर...

विराटनगरका थप एक संक्रमित पुरुषको वीपी प्रतिष्ठानमा मृत्यु

विराटनगर, १४ वैशाख । कोरोना संक्रमणका कारण विराटनगरका थप एक पुरुषको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार राति साढे ९ बजे विराटनगर–१५ का ५६ वर्षीय पुरुषको मृत्यु भएको...

विराटनगरलाई दोस्रो ठूलो शहर बनाउने लक्ष्यका साथ काम गर्छौँः मेयर कोइराला

विराटनगर, ३० जेठ । विराटनगर महानगर पालिकाका प्रमुख नागेश कोइरालाले यस नगरलाई मुलुकको दोश्रो ठूलो शहरको रुपमा विकासित गर्ने लक्ष्यका साथ काम गर्ने बताउनु भएको छ। एकता समाज विराटनगरद्वारा आज यहाँ आयोजित महानगरप्रमुख, उपप्रमुख एवं...

युक्रेन युद्धमा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्युः राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर) ले २४ फेब्रुवरीदेखि भएको रुसी हमलामा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ । युद्धमा ३ हजार १ सय ५३ जनाको मृत्यु भएको ओएचसीएचआरले जनाएको छ । युद्धमा मृत्यु हुनेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्