विराटनगरलाई दोस्रो ठूलो शहर बनाउने लक्ष्यका साथ काम गर्छौँः मेयर कोइराला

 न्यूज विराट
विराटनगरलाई दोस्रो ठूलो शहर बनाउने लक्ष्यका साथ काम गर्छौँः मेयर कोइराला

विराटनगर, ३० जेठ । विराटनगर महानगर पालिकाका प्रमुख नागेश कोइरालाले यस नगरलाई मुलुकको दोश्रो ठूलो शहरको रुपमा विकासित गर्ने लक्ष्यका साथ काम गर्ने बताउनु भएको छ।

एकता समाज विराटनगरद्वारा आज यहाँ आयोजित महानगरप्रमुख, उपप्रमुख एवं जनप्रतिनिधिहरुसँग विकास , शिक्षा र सरसफाई तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले महानगरको गुमेको शाख पुनः स्थापित गर्नका साथै सफा, सुन्दर र हराभरा, सन्दर एवं शिक्षित शहर बनाउने उद्देश्यले सबैको सहयोगका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

प्रमुख कोइरालाले जनप्रतिहरुले पार्टी भन्दा माथि उठेर नागरिकको सेवा सुविधा सहजरुपमा उपलव्ध गराउनतर्फ ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिनु भयो ।उपप्रमुख शिल्पा निराला कार्कीले महिला सशक्तीकरण,महिला स्वरोजगार र सुरक्षित सहर निर्माण गर्नेतर्फ ध्यान केन्द्रीत रहेको धारणा राख्नु भयो ।

एकता समाजका अध्यक्ष सञ्जय नेपाल, वडा नं ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने र इन्द्र खतिवडाले वडाको भित्र रहेको नहरलाई पर्यटकीय स्थलको रुपमा शौन्दर्यकरण गर्न निजी क्षेत्रको सहयोगमा कार्य गर्ने जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

वीपी प्रतिष्ठानमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु

विराटनगर, भदौ १२-वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत कोरोना संक्रमित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा कमल गाउँपालिका-३ निवासी ८३ वर्षीय पुरुष र मोरङको बेलबारी नगरपालिका-५ निवासी ५६ वर्षीया महिला हुन् ।...

आज नाग पञ्चमी पर्व मनाइँदै

काठमाडौं, १९ साउन-साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाइँदै छ । शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शङ्ख, पद्म, महापद्म गरी ८ नागको विशेष महत्व रहेको वर्णित...

के हो ‘स्ट्रोक’ ?

डा. पंकजराज नेपाल वरिष्ठ न्युरो सर्जन तथा प्रबन्ध निर्देशक आर्या न्यूरो हस्पिटल विराटनगरएक जटिल शारीरिक अवस्थाको रुपमा रहेको पक्षघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त...

देशभर २४ घण्टामा थपिए ६८१ संक्रमित, १२० जना डिस्चार्ज

काठमाडौं, ३ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ६८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

भारतले पनि लकडाउन गरेपछि आपूर्तिमा समस्या

मंगलबारदेखि लागु हुने गरी भारत सरकारले पनि २१ दिनको लागि लकडाउन गरेपछि बुधबार भारतबाट हुने आपूर्तिमा समस्या भएको छ । बुधबार एका बिहानै भारतबाट सामान आयात भए पनि दिउसो भने आयात निर्यातमा समस्या भएको भन्सार...

बद्धाश्रममा जेनेरल अस्पतालको निशुल्क स्वास्थ्य शिविर

विराटनगर, चैत १ –विराटनगर स्थित महिला जागृति बृदा आश्रममा शनिबार निशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको छ । जनरल हस्पितल एण्ड ट्रमा सेन्टरले आश्रममा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । उक्त शिविरमा आश्रमममा आश्रीत जेयष्ठ...

कोरोना संक्रमितलाई वर्गीकरण गरेर उपचार गरिने

विराटनगर, १४ जेठ-कोरोना सङ्क्रमितलाई वर्गीकरण गरेर उपचार गरिने भएको छ । प्रदेश १ मा कोरोना भाइरसको लक्षण देखिएकालाई कोभिड अस्पताल र रिपोर्ट पोजिटिभ आएकालाई आइसोलेसन केन्द्रमा राखेर उपचार गर्नेे तयारी सुरू गरेको प्रदेश सरकारले जनाएको...

सप्तरीमा मृग मार्ने २ जना पक्राउ

जनकपुर, १९ वैशाख-लकडाउनका बेला प्रदेश–२ को वन क्षेत्रमा जंगली जनावरको सिकार र काठको तस्करी बढेको छ । डिभिजन वन कार्यालय सप्तरीले सक्रियता बढाएपछि सिकारी र तस्कर पक्राउ पर्न थालेका छन् । यसैबीच, जिल्लाको अग्नीसाइर कृष्णासवरण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्