रोहित चौधरीको गोली हानि हत्यामा संलग्न धरानबाट थप एक जना पक्राउ

 न्यूज विराट
रोहित चौधरीको गोली हानि हत्यामा संलग्न धरानबाट थप एक जना पक्राउ

विराटनगर । सुनसरीको धरानस्थित सेउतीखोला नजिकैको जंगलमा विराटनगर – ५ का २८ वर्षीय रोहित चौधरीको हत्या प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने धरान ४ का २७ वर्षीया युनेश राई रहेका संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले जानकारी दिए । राईलाई आज धरानबाट पक्राउ गरेको हो ।

राईले गिरोहका सदस्यले प्रयोग गर्ने पेस्तोललको गोली राखिदिने गरेका प्रहरीले जनाएको छ । प्रहरीले राईको साथबाट ८ थान गोली पनि बरामद गरेको छ ।

रोहितको हत्या प्रकरणमा पक्राउ पर्ने प्रतिवादीको संख्या ६ जना पुगेको छ । शुक्रबार रोहितको हत्या गर्न पेस्तोल उपलब्ध गराउने अवैध हतियार कारोबारी र खुकुरी देखाएर लुटपाट गर्ने थप तीन जना पक्राउ परेका थिए । यसअघि गिरोहका मुख्य नाइकेसहित दुई जना पक्राउ परीसकेका छन् ।
प्रहरीले विराटनगर १५ का ४१ वर्षीय अजय कुमार शर्मा, भद्रपुर नगरपालिका १ घर भई धरान उपमहानगरपालिका ८ मा बस्दै आएका प्रकाश लिम्बु र धरानका ३१ वर्षीय सुजन तामाङलाई शुक्रवार पक्राउ परेका थिए । अजयले पेस्तोल ४० हजारमा लुटपाट गर्ने समूहलाई बिक्री गरेको खुलेको छ । प्रकाश र सुजनले रोहितसँग गएका किशोरीलाई खुकुरी देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले रोहितको हत्या भएको १२ दिनेपछि गिरोहका मुख्य नाइके दिपकसहित तीन जनालाई पक्राउ गरी बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । यसअघि प्रहरीले लेटाङ नगरपालिका १ घर भएका ३५ वर्षीय दीपक तिम्सिना र धरान १४ का ३४ वर्षीय अनसन तामाङलाई पक्राउ गरेको थियो ।

साउन ५ गते बेलुका ५ः१५ बजेतिर इटहरी उपमहानगरपालिका २० सेउती पुल नजिकको जङ्गलमा रोहित चौधरी र उनीसँगै रहेकी युवतीलाई लुटपाट गरेका थिए । लुटपाट गर्ने क्रममा रोहितले प्रतिकार गरेपछि लुटेरा समूहले उनलाई गोली हानेका थिए । घाइते भएका रोहितको सोही दिन बिपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

यो घटना अनुसन्धान तथा प्रतिवाधि पक्राउका लागि कोशी प्रदेश प्रहरी कार्यालय, संघीय प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीबाट संयुक्त टोली परिचालन गरिएको छ ।

सम्बन्धित समाचार

हवाई उडान र अन्तर्राष्ट्रिय नाका जेठ मसान्तसम्म बन्द

काठमाडौं, ७ जेठ-आन्तरिक तथा बाह्य उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको छ । बुधबार बसेको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले जेठ मसान्त अर्थात् १४ जुनसम्म उडान बन्द गर्ने निर्णय गरेको हो...

अनेरास्ववियुका कार्यकर्ताले सञ्चारमन्त्री कार्कीलाई देखाए कालो झण्डा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई कालो झण्डा देखाएका छन् ।  मंगलबार बिहान ललितपुरको पुलचोकमा सञ्चारमन्त्री कार्कीलाई बाटो छेकेरै अनेरास्ववियुका कार्यकर्ताहरूले कालो झण्डा...

भारत-चीनसँग आर्थिक विकासबाट लाभ लिनबाहेक नेपालको कुनै स्वार्थ छैन : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनसँग आर्थिक विकासबाट लाभ लिनबाहेक नेपालको कुनै स्वार्थ नभएको बताएका छन् । उनले विश्व महाशक्तिका रूपमा विकास हुँदै आएका दुई छिमेकीबीच असल सम्बन्ध विकास गर्दै आर्थिक विकासबाट लाभ लिनबाहेक नेपालको...

शिक्षादीप कलेजमा जलवायु सम्मेलन, फरक विषयहमा खोज अनुसन्धान

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले एक दिवसीय जलवायु सम्मेलन सम्पन्न गरेको छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगि रहिएको वर्तमान सन्दर्भमा कलेजले शुक्रबार जलवायु सम्मेलन गरेको हो । उक्त सम्मेलनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

कोरोना कहरकाबीच मजदुरीका लागि भारत जानेको लर्को

सर्लाही, ७ असोज-कोराना भाइरस फैलिएसँगै पाँच महिना पहिले नेपाल प्रवेश गरेका सर्लाहीवासी मजदुरी गर्न फेरि भारत जान थालेका छन् । स्वदेशमा रोजगारीको अभावले हातमुख जोर्ने समस्या भएपछि उनीहरू भारततर्फ जान लागेका हुन् । खुला सीमा...

प्रदेश १ः सुनसरी ३२ गते सम्म निषेधित क्षेत्र

विराटनगर, साउन २५–सुनसरीमा तोकिएको निषेधित क्षेत्रको अवधि थप ६ दिन बढाइएको छ । २१ गते जारी निषेधित क्षेत्रको समयावधि सोमबार राती सकिनेमा जिल्ला प्रशासन कार्यालय सुनसरीले ६ दिन थप गर्दै अब ३२ गते सम्म कायम...

औषधि तथा बिक्री प्रतिनिधि संघको राष्ट्रिय महाधिवेशन विराटनगरमा

विराटनगर, माघ २३–नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको २७औँ राष्ट्रिय महाधिवेशन विराटनगरमा हुने भएको छ । शुक्रबार र शनिबार हुन लागेको महाधिवेशनमा देशभरिबाट ५ सय जना एमआरहरू सहभागी हुने संघका केन्द्रीय सचिव सुनीलकुमार श्रेष्ठले जानकारी...

युक्रेनका राष्ट्रपति जेलेन्स्कीकी पत्नी कोरोना संक्रमित

एजेन्सी, जेठ ३१-युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीकी पत्नी ओलेना कोरोना संक्रमित भएकी छन् ।पत्नीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि राष्ट्रपति जेलेन्स्कीले आफ्ना सबै बैठक रद्द गरेका छन् । उनका प्रवक्ताले राष्ट्रपतिका सबै बैठक, सार्वजनिक कार्यक्रम र राजधानीबाहिरका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्