युक्रेनका राष्ट्रपति जेलेन्स्कीकी पत्नी कोरोना संक्रमित - News Birat

युक्रेनका राष्ट्रपति जेलेन्स्कीकी पत्नी कोरोना संक्रमित

न्यूज विराट

एजेन्सी, जेठ ३१-युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीकी पत्नी ओलेना कोरोना संक्रमित भएकी छन् ।पत्नीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि राष्ट्रपति जेलेन्स्कीले आफ्ना सबै बैठक रद्द गरेका छन् ।

उनका प्रवक्ताले राष्ट्रपतिका सबै बैठक, सार्वजनिक कार्यक्रम र राजधानीबाहिरका सबै प्रस्तावित भ्रमण तत्काललाई रद्द गरिएको जानकारी दिएका छन् ।

शुक्रबार ओलेनाले आफ्नो कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएको बताएकी थिइन् । यद्यपि राष्ट्रपति जेलेन्स्की र दुई जना छोराछोरीको रिपोर्ट भने नेगेटिभ आएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles