राशिफल

अनेरास्ववियुका कार्यकर्ताले सञ्चारमन्त्री कार्कीलाई देखाए कालो झण्डा

 न्यूज विराट
अनेरास्ववियुका कार्यकर्ताले सञ्चारमन्त्री कार्कीलाई देखाए कालो झण्डा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई कालो झण्डा देखाएका छन् । 

मंगलबार बिहान ललितपुरको पुलचोकमा सञ्चारमन्त्री कार्कीलाई बाटो छेकेरै अनेरास्ववियुका कार्यकर्ताहरूले कालो झण्डा देखाएका हुन् । स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न माग गर्दै उनीहरूले मन्त्री कार्कीका अगाडि नाराबाजी गरेका थिए । 

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गरेकाले त्यसको विरोधमा सरकारका प्रवक्ता कार्कीलाई कालो झण्डा देखाइएको बताइन् । 

सम्बन्धित समाचार

स्प्रेडदरलाई ३.५ प्रतिशत कायम गर्न उद्योगीको माग

विराटनगर । विराटनगरका ठूला तीन उद्योग व्यवसायीका संघ संगठनले देशमा देखिएको अर्थतन्त्रको संकट हल गर्न राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति संशोधन गर्न माग गरेका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनीहरुले विभिन्न ६...

मेरिल्याण्डका प्रिन्सिपल ढकाल हिसान प्रदेश १ को सदस्यमा मनोनित

विराटनगर । विराटनगरस्थित मेरील्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल हिसान प्रदेश नं. १ को सदस्यमा मनोनित भएका छन् । विराटनगरमा बसेको हिसानको बैठकले ढकाललाई हिसान प्रदेश नं. १ को सदस्यमा मनोनित भएका हुन् । बैठक बसेर...

विराट एक्स्पोको तयारी पुरा, मंसिर २९ गतेबाट विराटनगरमा कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा आयोजना हुन लागेको सातौं विराट एक्स्पोको तयारी लगभग पूरा भएको छ ।मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुन लागेको एक्स्पोको तयारी लगभग पूरा भएको...

तेस्रो प्रयासमा गच्छदारलाई हराउँदै भगवती चौधरीको संसद्‍ यात्रा

विराटनगर । सुनसरीको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा एमालेकी उम्मेदवार भगवती चौधरी विजयी भएकी छिन् । उनले काँग्रेसका नेता विजय गच्छदारलाई हराउँदै प्रतितिनिधि सभामा विजयी भएकी हुन् । २०७० सालको संविधानसभा निर्वाचन र...