कोशी प्रदेशमा काँग्रेस र एमाले मिलेर सरकार चलाउनु : राप्रपा अध्यक्ष लिङ्देन

 न्यूज विराट
कोशी प्रदेशमा काँग्रेस र एमाले मिलेर सरकार चलाउनु : राप्रपा अध्यक्ष लिङ्देन

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले काँग्रेस र एमाले मिलेरै सरकार चलाउन सुझाब दिएका छन् । विराटनगर विमानस्थलमा आज कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीसहित एउटै प्लेनमा विराटनगर झरेका उनले यस्तो बताएका हुन् ।

‘मैले एमाले नेता हिक्मतकुमार कार्कीलाई पनि भनेको छु । तपाईहरुले ल्याएको व्यवस्था हो । काँग्रेस र एमाले मिलेर आधा आधा गर्दा राम्रो हुन्छ भनेर सुझाव दिएको छु,’ कार्कीसँगै रहेका उनले भने, ‘हामीले सरकार निर्माणको प्रक्रिया धाराहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कुनै चासो छैन । काँग्रेस र एमाले मिलेर सरकार चलाउनु भन्ने हाम्रो सुझाव हो ।’

उनले आफू कोशी प्रदेशमा सरकार निर्माणमा निर्णाय हुने अन्तिम अवस्थामा मात्रै केही निर्णय गर्नसक्ने बताए । ‘कोशी प्रदेशमा काँग्रेस र एमाले अलगअलग बस्दा मात्रै हामी निर्णायक हौं । त्यो परिस्थिति नल्याउन हामीले भनेका छौं,’ लिङ्देनले भने, ‘संविधानको धारा १६८ को उपधाराहरुको प्रयोग गर्दै जाँदा अन्तिम चरणमा निर्णायक हिसावले प्रस्तुत हुन सकिन्छ ।’

लिङ्देनले संविधानतः एक महिना अगाडि नै प्रधानन्यायाधिश तय गरिसक्नु पर्ने व्यवस्था भएपनि दलहरुको भागबण्डाले संविधान विपरीतका काम भइरहेको बताए । ‘प्रधानन्यायाधिश खाली गर्ने परिकल्पना छैन । भागबण्डा, शर्तहरु मिलेपछि नियुक्ति होला । सर्वोच्चका न्यायाधिशहरु नियुक्ति हुन पनि बाँकी छ । त्यो कसरी हुन्छ हेर्न बाँकी छ,’ लिङ्देनले भने ।

सम्बन्धित समाचार

माधव नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने बालुवाटार बैठकको निर्णय

एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधव नेपालसहित पाँच जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी हितविरुद्ध सक्रिय भएको भन्दै नेता नेपालसहित उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल...

उपचारपछि घर फर्किए ७ लाख १७ हजार कोरोना संक्रमित

काठमाडौं, ११ वैशाख-विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका ७ लाख १७ हजार बढी व्यक्ति उपचारपछि घर फर्किएका छन् । कोरोनाको संक्रमणबाट मुक्त हुनेमा सबैभन्दा बढी जर्मनीमा छन् । त्यहाँ १ लाख...

आजदेखि विराटनगरमा तीन दिन कोरोना विरुद्धको खोप लगाइदै

विराटनगर, १२ पुस । विराटनगरमा सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । सोमबारदेखि आगामी तीन दिनसम्म कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको हो । हालसम्म एक पटक पनि खोप नलगाएका नगरवासीहरुलाई लक्षित गरेर महानगरले...

कर्णालीमा थप ११ कोरोना संक्रमित, संक्रमितको संख्या १२५६ पुग्यो

सुर्खेत, ७ असार-कर्णालीमा आइतबार ११ जनामा कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ११ जना संक्रमित फेलापरेका हुन् । कर्णाली प्रदेश सामाजिक...

बालुवाटारमा दीप प्रज्वलन

काठमाडौं, २५ वैशाख-प्रधानमन्त्री निवास बालुवाटारमा दीप प्रज्वलन गरिएको छ । २५६४ औँ बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, र मन्त्रीहरूको उपस्थितिमा आज साँझ ७ बजे दीप प्रज्वलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले...

पाल्पा पहिरो अपडेट : थप १ जनाको शव भेटियो

बुटवल, ९ असार-सोमबार दिउँसो तानसेन नगरपालिका-११ सम्मोबारीमा गएको पहिरोमा पर्ने थप १ जनाको शव भेटिएको छ । सम्मोबारीमा गएको पहिरोमा भएको दुर्घटनाको उद्धारका क्रममा थप १ जनाको शव फेला परेको प्रदेश-५ ट्राफिक प्रहरी कार्यालय बुटवलका...

कांग्रेसले गर्‍यो लकडाउन लागू भएको ५० दिनको समीक्षा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशव्यापीरूपमा लकडाउन लागू भएको ५० दिनको अवधिको समीक्षा गरी यो अवधिमा एकातर्फ नेपाली जनताले कष्टकर दैनिकी बिताउनु परेको र अर्कातर्फ देशको अर्थतन्त्रले ठूलो क्षति व्यहोरिरहेको जनाएको छ । कांग्रेसका प्रवक्ता...

भूमि आयोगले थाल्यो काम, मापदण्ड कसिलो बनाएर काम गर्न निर्देशन

काठमाडौं, २७ कात्तिक-भूमिहीन, सुकुम्बासीलाई जग्गा प्रदान गर्नका निम्ति सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोगले कामको थालनी गरेको छ । आयोगले पहिलो चरणमा देशभर रहेका ७ सय ५३ स्थानीय तहमध्ये १ सय वटा स्थानीय तहमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्