विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा प्राथमिक तहस्तरीय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । अन्तर‘हाउस प्रतियोगिताको पहिलो दिन कक्षा २ र ३ का हाउसहरुमा प्रतिष्पर्धा भएको थियो ।
जसमा मेचि हाउस प्रथम भएको अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले बताइन् । यस्तै कक्षा ४ र ५ बिच भएको स्पर्धामा भने गण्डकी हाउस प्रथम भएको छ । मेचि दोस्रो र कोशी हाउस तेस्रो भएका छन् । राष्ट्रिय, अन्तर्राष्ट्रिय, विज्ञान, गणितलगायका विभिन्न ६ वटा विधामा प्रश्न राख्दै ६ राउण्डमा प्रतियोगिता गराइएको इन्चार्ज डंगोलले बताइन् । विद्यार्थीहरुको चौतर्फी विकासका निम्ति विभिन्न कृयाकलापलाई प्राथमिकताका साथ गराउँदै आएको एभरेष्ट स्कुलले शैक्षिक ज्ञानसँगै खेलकुदलाई समेत प्राथमिकता दिँदै आएको छ । एभरेष्टका विद्यार्थी समाजका अनेक आयाममा अब्बल भएर निष्कनुपर्न भन्ने आफुहरुको मान्यता रहेको भन्दै प्राचार्य टिकाराम पुरीले विश्वसँग प्रतिष्पर्धी बनाउन नियमित रुपमा विभिन्न किसिमका कार्यक्रमहरु नियमित सञ्चालन हुने गरेको बताए । भौतिक पूर्वाधार सम्पन्न भएको एभरेष्ट स्कुलले शिक्षालाई प्रविधि, सिप र संस्कृतिलाई पनि सँगै जोडेर अध्यापन गराउँदै आएको छ ।
काठमाडौं, ७ असोज-राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले नौवटा आन्तरिक उडानमा उडान सेवा सुरु गरेको छ । निगमले सार्वजनिक गरेको तालिकाअनुसार भोजपुर, दाङ, ताप्लेजुङ, खानीडाँडा, रूकुम, नेपालगंज, बाजुरा, थामखर्क र फाप्लु विमानस्थलसम्ममा उडान सुरु गरेको...
काठमाडौं, माघ २९ । बोल्न नसक्ने व्यक्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा आफूलाई अघोरी बताउने एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा काठमाडौँ दक्षिणकाली नगरपालिका–६ फर्पिङस्थित दक्षिणकाली पार्टी प्यालेस अगाडि बस्ने ३५ वर्षीय शिव गिरी...
विराटनगर । विराटनगर–१० मा रहेको अरनिको आवासीय माध्यमिक विद्यालयले खेलकुद सप्ताहमा सम्पन्न भएको छ । स्कुलमा आज एक कार्यक्रम आयोजना गरि खेलकुद सप्ताह समापन गरेको हो । खेलकुद सप्ताहमामा सहभागी २ सय ५० विद्यार्थीलाई आज...
विराटनगर, १५ माघ । मोरङको ग्रामथानका एक समाजसेवीले निजी खर्चमा चौतारा निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन् । ग्रामथान–५ का नेमनारायण चौधरीले स्थानिय मशानचोकमा चौतारा निर्माण गरेका हुन् । विराटनगर–विराटचोक फोरलेन सडक किनारमा चौधरीले १...
विराटनगर, १ जेठ । सुनसरीको इटहरीमा गठबन्धनका हेमकर्ण पौडेलले अग्रता कायम राखेका छन् । ४९७८ मगगणना हुँदा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका हेमकर्ण पैडेल २३४१ म्तसहित अगाडी छन् । उनलाई एमालेका उम्मेदवार यामकुमार सुब्बाले १८...
विराटनगर । लागूऔषध प्रयोगकर्ताहरूमा एचआइभि संक्रमणको खंख्या घटदै गएको पाइएको छ । रिकभरी नेपाल कोशी प्रदेशले गरेको सर्वेक्षण अनुसार पछिल्लो समयमा लागूऔषध प्रयोगकर्ताहरुमा एचआइभि संक्रमणको संख्या घटेको पाइएको हो ।सन् २००४ मा गरेको सर्वेक्षणमा एक...
विराटनगर, २९ भदौ । प्रदेश १ का बाल गृहमा रहेका बालबालिकाहरुवीच प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा कोरोना संक्रमण : बालबालिकाको भोगाई र शिक्षामा असर विषयक प्रतियोगितामा...
एजेन्सी, बैशाख २७-तस्वीरमा देखिएका व्यक्ति ९२ वर्षीय भवानी शर्मा हुन् । भारत जयपुरका उनले कोरोनामाथि विजय प्राप्त मात्र गरेका छैनन्, जिन्दगीको सबैभन्दा सुन्दर चित्र पनि देखाएका छन् । २८ अप्रिलमा कोरोना संक्रमणबाट पूरै मुक्त भई...