बोल्न नसक्ने व्यक्तिको हत्या गर्ने ‘अघोरी’ पक्राउ

 न्यूज विराट
बोल्न नसक्ने व्यक्तिको हत्या गर्ने ‘अघोरी’ पक्राउ

काठमाडौं, माघ २९ । बोल्न नसक्ने व्यक्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा आफूलाई अघोरी बताउने एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा काठमाडौँ दक्षिणकाली नगरपालिका–६ फर्पिङस्थित दक्षिणकाली पार्टी प्यालेस अगाडि बस्ने ३५ वर्षीय शिव गिरी (अघोरी) छन्।

हालसम्म नामथर तथा ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको हत्या आरोपमा अघोरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।बोल्न नसक्ने व्यक्तिलाई बिहीबार अघोरीले दाउराको चिर्पट र बाँसको टुक्राले टाउकोमा प्रहार गरी घाइते बनाइदिएका थिए । उक्त सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले अघोरीलाई पक्राउ गरेको थियो भने घाइतेलाई मनमोहन स्मृति सामुदायिक अस्पताल फर्पिङमा उपचारका लागि पठाएको थियो ।

मनमोहनबाट रेफर भई वीर अस्पतालमा उपचार गरिएकोमा शुक्रबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीले अघोरीमाथि ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

सम्बन्धित समाचार

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १५७ संक्रमित थपिए, ५३ जना डिस्चार्ज

विराटनगर, १४ असोज–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ जनाको मृत्यु भएको छ । सुनसरीका २ पुरुष, मोरङ र प्रदेश १ बाहिरका १÷१ पुरुषको मृत्यु भएको छ । हाल सम्म ७१ जनाको कोरोना संक्रमणबाट मृत्यु...

बजार नपाएपछि बाख्रालाई घाँस तेजपत्ता 

 झापा,  १८ असोज-विगत तीन दशकदेखि हात्तीपीडित गाउँको रुपमा चिनिदै आएको झापाको बाहुनडाँगी अहिले औषधीय गुणयुक्त तेजपत्ताको पकेट क्षेत्रको रुपमा परिचित छ । तर कोभिड–१९ को महामारीले बजारमा असर परेपछि तेजपत्ता उत्पादन गर्दै आएका किसान मारमा...

प्रचण्डको सचिवालयले भन्यो : प्रभाकरसँग जोडेर गरिएका प्रचार भ्रामक

काठमाडौं, ८ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बाट स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकार टाढिएको भन्‍ने कुरामा सत्य नभएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्ड र शर्माबीच कुनै मतान्तर नरहेको प्रचण्डका...

खाेटाङ केन्द्रबिन्दु भएर गएकाे भूकम्प ७२ सालकाे महाभूकम्पकाे पराकम्पन होइनः भूकम्पविद

आइतबार बिहान खाेटाङ केन्द्रबिन्दु भएर गएकाे भूकम्प ७२ सालमा गएकाे विनाशकारी महाभूकम्पकाे पराकम्पन नरहेकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ । केन्द्रका भूकम्पविद् भरत काेइरालाले खाेटाङ केन्द्रबिन्दु भएर गएकाे ६ रेक्टर स्केलकाे भूकम्प ७२...

र्यापिड डाइग्नोष्टिक टेस्टबाट ५ सय ५५ जनाको परिक्षण

विराटनगर, बैसाख ३–प्रदेश १ मा कोरोना परीक्षणको दायरा र संख्या बढेको छ । छरितो विधि (¥यापिड डाइग्नोष्टिक टेस्ट) बाट बुधबारसम्म जम्मा ५ सय ५५ जनाको परीक्षण भएको छ । ल्याबमा गरिने परीक्षण(पीसीआर) र किटबाट गरिने...

फुलकुमार लालवानीलाई महामूर्खको उपाधि

विराटनगर । विराटनगरका फुलकुमार लालवानीले महामूर्खको उपाधि पाएका छन् ।काँग्रेसका नेता लालवानीलाई मारवाडी यूवा मञ्च विराटनगरले सम्मान स्वरुप महामूर्खको उपाधि प्रदान गरेको हो । मारवाडी यूवा मञ्चले होलीको अवसर पारेर प्रत्येक वर्ष महामूर्खको उपाधि प्रदान...

सर्वदलीय सरकारका लागि तयार छु : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सदनसमक्ष विश्वासको मत मागेका छन् । जारी प्रदेशसभामा कार्कीले संसदको अंकगणितका कारण सर्वदलीय सरकारको विकल्प नभएको बताए । त्यसका लागि आफू तयार रहेको उनले बताएका छन् ।...

दक्षिण कोरियामा नेपालीलाई पनि सरकारी राहत

दक्षिण कोरिया, ११ वैशाख-कोरोना माहामारीका कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको १ प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ । यसबाट नेपालीले पनि राहत पाउन सक्नेछन् । दक्षिण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्