विराटनगरमा साइकल चालकलाई मुक्का हान्ने युवालाई १० वर्ष कैद र १ लाख जरिवनाको माग दाबी, आइतबार मुद्दा दर्ता हुने

 न्यूज विराट
विराटनगरमा साइकल चालकलाई मुक्का हान्ने युवालाई १० वर्ष कैद र १ लाख जरिवनाको माग दाबी, आइतबार मुद्दा दर्ता हुने

विराटनगर । विराटनगर महानगरपालिका ६ का २७ वर्षीया पवन साहलाई राती कारबाट उत्रिएर मुक्का हान्दै कुटपिट गर्ने विराटनगर ४ का १९ वर्षीया आयुष भेटवाललाई १० वर्ष कैद र १ लाख जरिवनासहितको माग दाबी लिएर मुद्दा दर्ताको तयारी गरेको छ ।

पक्राउ परेका भेटवाललाई मोरङ प्रहरीले मोरङ अदालतमा ज्यान मार्ने उद्योगमा म्याद थप गरी अनुसन्धान सुरु गरेको थियो । मोरङ प्रहरीले अनुसन्धान सकेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रबार अनुसन्धान प्रतिवेदन बुझाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकराी दिए । आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्ने तयारी गरेको बुझिएको छ । ‘हामीले अनुसन्धान पुरा गरेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएका छौं,’ डिएसपी दाहालले भने ।

मुलुकी अपराध संहिता २०७४ को दफा १८३ (१) अन्तर्गत ज्यान मार्ने उद्योग कसूर गरेको देखिएकोले दफा १८३ (२) बमोजिम १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवनाको माग दावी लिई राय सहितको प्रतिवेदन बुझाएको उनले बताए ।

असार २० गते राती साढे ८ बजे विराटनगर ४ स्थित कोशी राजमार्ग दुध फारम चोकमा बा १५ च ३४४५ नम्बरको कारमा सवार आयुषले साइकल यात्री साहलाई कुटपिट गरेका थिए । आयुषले मुक्का हान्दै कुटपिट गरेको उक्त भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

मुक्का हानेपछि बेहोस भएर ढलेका शाहलाई घटनास्थलबाट प्रहरी र स्थानीयको सहयोगमा उपचारको लागि कोशी अस्पताल पु¥याईएको थियो ।

रातको समयमा कोशी राजमार्गमा गाडीबाट ओर्लिएर भेटवालले साइकल यात्रु साहलाई मुक्का हानेका थिए । उनको मुक्कापछि साह सडकमा ढलेको देखिन्छ । साह सडकमै ढलेपछि उनै भेट्वाले घिसारेर सडकको किनारमा ल्याएर छोडेका थिए ।

उनलाई घटना भएको १० घण्टामा प्रहरीले घरैबाट नियन्त्रणमा उनलाई घटना भएको १० घण्टामा मोरङ प्रहरीले घरैबाट नियन्त्रणमा लिइएको थियो ।

सम्बन्धित समाचार

आईसिपि निर्माणमा भएको सहमति यथासिघ्र कार्यान्वन हुनुपर्छः मण्डल

विराटनगर, फागुन १४–पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का संघिय सांसद शिवकुमार मण्डलले मोरङको बुधनगर भेडियारी स्थित एकिकृत जाँच पास चौकी (आईसिपि) क्षेत्रमा स्थानीयलेनै रोजगारीमा प्रथामिकता पाउनुपर्ने बताएका छन् । सञ्चारकर्मीहरुसँगको कुराकानीमा मण्डलले आईसिपि निर्माणका...

धरान भेट्रान्सले मिल्स भेट्रान्स गोल्डकपको उपाधि हात पार्‍यो

विराटनगर, जेठ ४ – विराटनगरमा सम्पन्न कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि धरान भेट्रान्स क्लबले हात पारेको छ। शनिबार विराटनगर जुटमिल खेल मैदानमा आयोजित फाइनल खेलमा धरानले आयोजक मिल्स भेट्रान्स क्लबलाई ३–०...

खाटु निशान यात्रामा सेन्ट्रल मलद्वारा जुस र पानी बितरण

विराटनगर । खाटु निशान यात्रामा सहभागी श्रदालु तथा भक्तजनहरुलाई विराटनगरमा रहेको सेन्ट्रल मलद्वारा जुस र पानी बितरण गरेको छ । होलि पर्वको अवसर पारेर विराटनगर शनिबार निस्किएको खाटु निशान यात्रामा सहभागी श्रदालु तथा भक्तजनहरुलाई सेन्ट्रल...

विराटनगरको नोबेल अस्पतालका डाक्टर मृत अवस्थामा भेटिए, हत्याको आशंका

विराटनगर, १९ चैत । विराटनगर स्थित नोबेल अस्पतालमा कार्यरत डाक्टर बिजय यादब मृत भेटिएका छन् । सप्तरिको राजविराज घर भइ विराटनगरमा बस्दै आएका २८ बर्षिय बिजय यादब आज बिहान नोबेल अस्पताल अगाडि मृत भेटिएका हुन्...

गिरीको पेशी अर्को बिहीबार, अदालतअगाडि प्रदर्शन

विराटनगर, माघ २–बलात्कार अभियोग लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थुनामा राख्न माग गर्दै पीडित पक्षले बिहीबार उच्च अदालत अगाडि मौन प्रदर्शन गरेका छन् । महिला अधिकारकर्मीसहित पीडित पक्षले छातीमा प्लेकार्ड टाँसेर मौन विरोध गरेका छन्...

पूर्वाञ्चल विश्व विद्यालयले शिक्षण अस्पतालको लागि कोसी प्रयोग गर्ने, मेडिकल कलेजको बाटो खुल्यो

विराटनगर । मोरङको सुन्दरहरैचाको गोठ गाउँमा रहेको पूर्वाञ्चल विश्व विद्यालयलाई मेडिकल कलेज सञ्चालनको लागि शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न कोसी अस्पताल दिने सिंघय सरकारले निर्णय भएको छ ।  सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सङ्घीय सरकार अन्तर्गत...

प्याब्सन जिल्ला स्तरीय चित्रकलाको उपाधि कृतिका र प्रशनालाई

छविराज ढकाल विराटनगर । प्याब्सन जिल्ला स्तरीय चित्रकला प्रतियोगिताको उपाधि विराटनगरको ग्रेडेड स्कुलकी कृतिका यादव र पथरीकीको गैटग्रेस स्कुलका प्रशना तामाङले जितेका छन् । प्याब्सन मोरङको आयोजनामा पथरीमा सोमबार सम्पन्न भएको उक्त प्रतियोगितामा सिनीयरतर्फ कृतिका...

कोशी प्रदेश : भागबन्डा मिलाउन मुख्यमन्त्रीको शपथग्रहण सर्यो, आज पाँच बजे गर्ने तयारी

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण सत्ता गठबन्धनदल भित्र भागबन्डा मिलाउनको लागि सारिएको छ । यसअघि आज १० बजे हुने भनिएको शपथग्रहण कार्यक्रम आज साझ ५ बजेसम्का लागि सारिएको हो । थापालाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्