कोशी प्रदेश : भागबन्डा मिलाउन मुख्यमन्त्रीको शपथग्रहण सर्यो, आज पाँच बजे गर्ने तयारी
बुधबार, १७ साउन, २०८०,
न्यूज विराट
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण सत्ता गठबन्धनदल भित्र भागबन्डा मिलाउनको लागि सारिएको छ । यसअघि आज १० बजे हुने भनिएको शपथग्रहण कार्यक्रम आज साझ ५ बजेसम्का लागि सारिएको हो ।
थापालाई मुख्यमन्त्री नियुक्त गरेपछि प्रदेश प्रमुखको कार्यालयमा आज बिहान साढे १० बजे शसपथग्रहण गर्ने तयारी थियो । सोही अनुसार प्रदेश प्रमुखको कार्यालयले पनि तयारी गरेको थियो । मुख्यमन्त्री थापाले साझ ५ बजेसम्मका लागि शपथ सारेका हुन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता थापा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए । गठबन्धनमा भागबन्डा मिलाउनका लागि उनले बिहानको शपथग्रहण बेलुकाका लागि सारेका हुन् ।
नेपाली कांग्रेस प्रमुख सचेतक भूपेन्द्र राईले मन्त्रालयको बाँडफाट टुङ्गो लगाएर शपथग्रहण गर्ने तयारी भएकाले समय सारिएको बताए । थापासँगै आजै गठबन्धन दलहरुबाट एक–एक जना मन्त्रीलाई शपथग्रहण गराउने तयारी छ । ‘अस्ति विनाविभागीय मन्त्री नियुक्त गरिएको थियो, अहिले मन्त्रालय तोकेरै जाउ भन्ने तयारी छ,’ प्रमुख सचेतक राईले भने ।
सत्ता गठबन्धन दल कांग्रेस र माओवादी भित्र पनि कसलाई सरकारमा लैजाने भन्ने विवाद छ । जसका कारण उनले शपथग्रहणको समय सारेका हुन् । माओवादीमा भने कसलाई मन्त्री बनाएर पठाउने भन्ने विवाद भएको छ । सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने सहमति भएको थियो । तर, अन्तिम समयमा जीवन आचार्यले पनि मन्त्री दाबी गरेका छन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले शपथग्रहण साझ ५ बजेसम्का लागि सरेको बताए । प्राविधिक कारणबस शपथग्रहण सारिएको जानकारी आएको उनले बताए ।
अचानक शपथग्रहण कार्यक्रम स्थगित भएपछि शपथ लिन ठिक्क परेकाहरू फर्किएका छन् । नयाँ मन्त्रीको सूचीमा रहेका नेकपा एसका कमल जबेगु पनि फर्किए ।
विराटनगर । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सर रोगको रोकथाम र नियन्त्रण गर्न जनचेतना गर्न जरुरी रहेको बताएका छन् । क्यान्सरबाट श्रीमती यसोदा श्रेष्ठको मृत्यु भएको चर्चा गर्दै उनले यो रोग लाग्न नदिन सचेतना अभियान चलाउन...
काठमाडौं । नेपाल प्रेस युनियनको महाधिवेशन हेटौंडामा हुने भएको छ । यसअघि साउन ६ र ७ गतेका लागि नवौं महाधिवेशनको मिति तोकिएपनि स्थान तय भएको थिएन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको उपस्थितिमा बसेको...
काठमाडौं, १७ कात्तिक-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण अहिलेको अवस्था आएको नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले टिप्पणी गरेका छन् । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक खालको सहमति गर्ने र खुमलटार र...
विराटनगर, १६ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने प्रदेश नं १ को अधिवेशनमा झापाका उद्धव थापाले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद...
विराटनगर, जेठ ३१–प्रदेश १ मा निर्माण गरिएका क्वारेन्टाईन व्यवस्थित नभएको सरोकारवालाहरुले बताएका छन् । शनिबार प्रेस संगठन मोरंगले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सरकारको भूमिका र उठेका सवाल विषयक अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले क्वारेन्टाईन व्यवस्थित नभएकाले...
एजेन्सी, १७ भदौ-भारतले चर्चित भिडियो गेम पब्जीसहित चीनमा विकास गरिएका १ सय १८ वटा मोबाइल एप्सलाई प्रतिबन्द लगाएको छ । भारतले चिनियाँ एप्सबाट राष्ट्रिय सुरक्षामा खतरा बढेको कारण देखाउँदै १ सय १८ वटा एप्समा प्रतिबन्ध...
काठमाडौं, ७ कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित अस्पताल विकास समिति, संक्रमित व्यक्ति वा परिवारले सक्दिनँ भन्ने स्वघोषणा गरेको अवस्थामा निःशुल्क उपचारको व्यवस्था निरन्तर जारी रहेको बताएका छन् । दसैंका अवसरमा शुक्रबार साँझ देशबासीका नाममा सम्बोधन...
विराटनगर । विराटनगरका महिला स्वयमसेविकाहरुलाई अभिमुखिकरण गराएको छ । विराटनगर महानगरपालिकाको सहयोग र करुणा फाउन्डेसनको सहकार्यमा महानगरपालिका भित्रको स्वयमसेविकाहरुलाई अभिमुखिकरण गराएको हो । फाउन्डेसनले विराटनगर १९ वटै वडा भित्रमा पुगेर स्वयमसेविकाहरुलाई अभिमुखिकरण गराएको छ ।...