राशिफल

गिरीको पेशी अर्को बिहीबार, अदालतअगाडि प्रदर्शन

 न्यूज विराट
गिरीको पेशी अर्को बिहीबार, अदालतअगाडि प्रदर्शन

विराटनगर, माघ २–बलात्कार अभियोग लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थुनामा राख्न माग गर्दै पीडित पक्षले बिहीबार उच्च अदालत अगाडि मौन प्रदर्शन गरेका छन् । महिला अधिकारकर्मीसहित पीडित पक्षले छातीमा प्लेकार्ड टाँसेर मौन विरोध गरेका छन् । सिद्धबाबालाई सुनसरी जिल्ला अदालतले गत पुस १४ गते तीन लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । जिल्ला अदालतको बेरीतको भन्दै जिल्ला न्यायाधिवक्ताको कार्यालयले पीडितको पक्षबाट कृष्णदासलाई थुनामै राखेर पुर्पक्ष गराउनका लागि उच्च अदालत विराटनगरमा निवेदन दर्ता गराएको थियो ।

निवेदनउपर पहिलो सुनवाइ गर्दै कृष्णदासको मिसिलसहित कैफियत प्रतिवेदन पठाउन १८ पुसमा उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले सुनसरी जिल्ला अदालतलाई आदेश गरेको थियो । आफूलाई थुनाबाहिरै राखेर पूर्पक्ष गर्न पाउने गरिएको आदेश रीतपूर्वक नै ठहर गराउन प्रतिवादी कृष्णदासले पनि उच्च अदालतमा २५ पुसमा निवेदन दर्ता गराएका थिए ।

दुवै पक्षबाट निवेदन परेपछि उच्च अदालत विराटनगरले दुवैको निवेदनलाई एकसाथ राखेर बिहीबार सुनुवाइ गर्ने भनेको थियो । तर, सिद्धबाबातर्फका वकिलको स्वास्थ्य प्रतिकूल रहेको कारण देखाँदै बिहीबारको सुनुवाइ अर्को बिहीबारका लागि सरेको छ । उच्च अदालत विराटनगरका सूचना अधिकारी मणिराम पोखरेलले गिरीको पेशी अर्को बिहीबारका लागि सरेको बताए । पोखरेलले भने,‘उहाँहरूको कानुन व्यवसायी खुट्टा फ्याक्चर भएर अनुपस्थित हुने जानकारी आएपछि पेशी सरेको हो ।’ आफू सिद्धबाबाबाट बलात्कृत भएको भन्दै एक महिलाले गत १० मंसिरमा जिल्ला प्रहरी कार्यालय, सुनसरीमा उनीविरुद्ध जाहेरी दिएकी थिइन् । जाहेरीपछि प्रहरीले उनलाई पक्राउ गरे पनि बिरामीको बहाना बनाउँदै लामो समय अस्पताल बसेका थिए ।

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...