अर्किड कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

 न्यूज विराट
अर्किड कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थीको रोजाइमा परेको विराटनगरस्थित अर्किड कलेजमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत र अभिमुखिकरण गरिएको छ । कलेजले विराटनगरमा शुक्रबार कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई अभिमुखिकरण र स्वागत गरेको हो ।

व्यवस्थापनमा ४ सय र विज्ञान संकायमा २५० गरी ६ सय ५० जना विद्यार्थीलाई अभिमुखिकरण गराएको कलेजका प्रिन्सिपल दिपेश बास्तोलाले जानकारी दिए । कार्यक्रमको प्रमुख अतिथि पूर्वाञ्चल विश्व विद्यालयका डिन बिजु थपलिया रहेका थिए । कार्यक्रमको स्वागत मन्तब्य अर्किड कलेजका संचालक तथा विज्ञान संकायका कोर्डिनेटर सिएम श्रेष्ठले गरे । उनले अर्किड कलेजले गुणस्तरीय शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्दै अगाडी बढेको बताए । सोही अवसरमा विद्यार्थीहरुले नृत्य र गीत प्रस्तुत गरी रमाइलो गरेका थिए ।

सोही अवसरमा कलेजले कक्षा ११ को अन्तिम परीक्षामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई छात्रवृत्ती पनि दिने भएको छ । प्रथम हुनेलाई पूर्ण छात्रवृत्ती, द्धितीयलाई ७५ प्रतिशत र तेस्रो हुनेलाई ५० प्रतिशत छात्रवृत्ती दिने संचालक श्रेष्ठले जानकारी दिए । कलेजले खेलकुद क्षेत्रमा योगदान पु¥याउने खेलाडीहरुलाई पनि छात्रवृत्ती दिने भएको छ । कवडीका अन्डर २० का राष्ट्रिय खेलाडीहरु साहिल शेख, सहवाज आलम र रग्बीका राष्ट्रिय अन्डर २० का खेलाडी विराज रेग्मीलाई कलेजले पूर्ण छात्रवृत्ती दिने भएको छ ।

सम्बन्धित समाचार

सप्तरीमा ३ जनाकाे मृत्यु, कोरोना संक्रमणको आशंका

सप्तरी, २१ साउन-सप्तरीमा मृत्यु भएका ३ जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । कोरोना जस्तै लक्षण देखिएका ३ व्यक्तिको मृत्यु भएको मृतकमध्ये १ जना होम क्वारेन्टाइनमा थिए भने २ जना अस्पतालमा उपचार गराइरहेका थिए ।...

मोरङमा उत्कृष्ट काम गर्दै सरुवा भए एसपी दीपक पोखरेल, यस्ता छन् सफल अनुसन्धान

विराटनगर । विराटनगर– १९ मिलन चोककी २८ बर्सिया प्रियङ्का सुनारको हत्या आफ्नै श्रीमानको योजनामा भएको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको थियो । पुरुषसँग अनैतिक सम्बन्ध रहेको भन्दै प्रियाकाको हत्या गर्न २९ वर्षीय श्रीमान् रमेश साहसहित प्रहरीले...

कांग्रेसका बाँकी १६ जिल्ला अधिवेशनको मिति तोकियो

काठमाडौं । नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ मा हुने भएको छ । कार्यसम्पादन समितिको बैठकले अधिवेशन हुन बाँकी जिल्लाबारे आवश्यक निर्णय लिन आग्रह गरेबमोजिम केन्द्रीय निर्वाचन समितिले फागुन १३ मा...

अतिक्रमित भूमि भोगचलनमा ल्याउन अझै धेरै काम बाँकी छ : मन्त्री ज्ञवाली

काभ्रेपलाञ्चोक, १० साउन-परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एकताबद्ध भएर हालै नक्सामा समेटिएको नेपाली भूभाग फर्काउनुपर्ने बताए । मदन भण्डारी फाउण्डेशन काभ्रेलाञ्चोकद्वारा आयोजित जिल्ला भेलालाई आज बनेपामा सम्बोधन गर्दै उनले सिङ्गो देश १ ढिक्का भएर जमिन फर्काउन अघि...

केन्द्रले प्रदेशलाई अधिकार हस्तान्तरण नगरे संघर्ष गर्छाै: मुख्यमन्त्री कार्की

विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदेश सरकारलाई काम गर्न दिन संविधानको कार्यान्वयनका लागि चासो राखी दिन आग्रह गरेका छन् ।नेपाल उद्योग परीसंघ कोशीले शनिबार आयोजना गरेको स्वतन्त्रता सेनानी, उद्योगी व्यवसायीलाई सम्मान...

नेपालमा पाँचौ कोरोना संक्रमित भेटिए

नेपालमा आज फेरि अर्का एकजनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन मार्फत अर्का एक जनाको नमूना परीक्षणमा पोजेटिभ देखिएको जानकारी दिएको हो ।

रुसले फेरी बनायो कोरोनाको अर्को खोप

मस्को, ७ भदौ–रुसले कोरोना भाइरसविरुद्ध पहिलो खोप विकास गरेको रुसले पुनः दोस्रो खोप पनि बनाएको दाबी गरेको छ । रुसको दोस्रो खोपको परीक्षण सेप्टेम्बरमा पूरा हुने बताइएको छ । यो खोपको नाम एपिभ्याककोरोना राखिएको छ...

प्रदेश १ पाँच हजार बढीको परीक्षण, ३० जनामा कोरोना पुष्टि

विराटनगर, बैशाख १३-प्रदेश नं १ मा पाँच हजार बढीको कोरोना परीक्षण भएको छ । शनिबारसम्म प्रदेश १ मा ५ हजार २ सय १२ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा रहेको कोरोना सूचना डेस्कले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्