
खुशियालीको लागि हरियाली
विराटनगर। पर्यावरण रक्षाका लागि वृक्षरोपण अन्तर्गत आज नेपाल तथा भारतका दुई स्थानमा विभिन्न जातका विरुवा रोपियो । एजुकेशन मेसेज मिडिया प्रालि, नेपाल भारत सामाजिक संस्कृतिक मञ्च , नेपाल भारत रेल यात्रु सहजीकरण समिति र जनकपुर...
विराटनगर । विराटनगरस्थित अरनिको आवासीय माविमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अभिमुखिकरण र स्वागत गरेको छ । माविले मंगलबार एक कार्यक्रम आयोजना गरी भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखिकरण गराएसँगै स्वागत पनि गरेको हो ।
विज्ञान संकायमा ९२० र व्यवस्थापन संकायमा ८० जना विद्यार्थी भर्ना भएका छन् । भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखिकरण सँगै स्वागत पनि गराएको अरनिको आवासीय माविका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए । नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजको नियम र कसरी अध्ययन गर्दा अब्बल नतिजा ल्याउन सकिन्छ त्यस विषयमा विद्यार्थीलाई अभिमुखिकरण गराएको थियो । कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला रहेका थिए । सोही अवसरमा कलेजले लिएको आन्तरीक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार पनि वितरण गरियो ।
कार्यक्रममा बोल्दै महानगर प्रमुख कोइरालाले प्रविधिसँगै सीप र संस्कारसहितको शिक्षा आजको आवश्यकता भएकोले बताए । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यालयहरु अगाडी बढनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा उत्प्रेरक डा. तारा गिरी, विराटनगर १० का वडाअध्यक्ष अर्जुन गिरी, अरनी माविको संस्थापक लक्ष्मीप्रसाद अधिकारी, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख डिल्ली पोखरेललगायतको उपस्थीति रहेको थियो ।
मोसफलको भएपनि पूर्वी नेपालको अब्बल माविको रुपमा अरनीको स्कुल स्थापित हुन सफल भएको छ । अरनीको माविले नतिजा पनि उत्कृष्ट पस्कदैं आएको छ । वि.सं. २०५६ सालदेखि कक्षा ११ र १२ को अध्यापन गराउँदैं आएको अरनिको आवासीय सेकेण्डरी स्कुल आफ्नो लिगेसीलाई निरन्तर अब्बल नतिजामार्फत प्रमाणित गर्दै आएको छ । अरनिको आवासीय माविमा विज्ञान र व्यवस्थापन पढाइ हुन्छ । माविका प्रिन्सिपल कार्की शिक्षक र व्यवस्थापनको निरन्तरको मेहनत नै उत्कृष्ट नतिजाको कारक रहेको बताउँछन् । ‘शिक्षक र व्यवस्थापनको निरन्तरको मेहनत नै हाम्रो उत्कृष्ट नतिजाको कारक हो,’ प्रिन्सिपल कार्कीले भने ।
विराटनगर। पर्यावरण रक्षाका लागि वृक्षरोपण अन्तर्गत आज नेपाल तथा भारतका दुई स्थानमा विभिन्न जातका विरुवा रोपियो । एजुकेशन मेसेज मिडिया प्रालि, नेपाल भारत सामाजिक संस्कृतिक मञ्च , नेपाल भारत रेल यात्रु सहजीकरण समिति र जनकपुर...
विराटनगर, ११ जेठ । विराटनगर महानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई मोरङ व्यापार संघले स्वागत गरेको छ । एक कार्यक्रमको ओजना गरि संघले महानगरपालिकाका मेयर नागेश कोईराला, उपमेयर शिल्पा निराला कार्की, सवै वडाका वडाध्यक्षहरुलगायत सवै जनप्रतिनिधिहरुलाई स्वागत...
विराटनगर, २८ माघ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित विराट महेन्द्र रात्रि माविमा स्वच्छता सम्वन्धी सचेतनामुलकम कार्यक्रम आयोजना गरेको छ । शनिहाटस्थित विद्यालयमा अध्ययनरत बालबालिकाहरुको लागि क्लबले सरसफाई सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको हो ।...
विराटनगर । मोरङको उत्तरी क्षेत्र लेटाङको सामुदायिक वनमा ‘लाहा’ भेटिएको छ । डिभिजन वन कार्यालय मोरङले निरीक्षण गर्दा लेटाङ नगरपालिका – ८ स्थित लालहिरा सामुदायिक वनमा भित्रको जंगलमा ‘लाहा’ भेटिएको हो । राम्रो आम्दानी लिन...
काठमाडौं, ६ असोज-प्रधानमन्त्री केपी शर्मा ओलीले परोपकारी संस्थाले समाजमा निःस्वार्थ रुपमा सेवा गर्नुपर्ने बताएका छन् । ४१ औँ सामाजिक सेवा दिवस मूल समारोह समितले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले मानवीय भावनाले मनैदेखि सहयोग गर्ने...
काठमाडौं, २२ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा थप ११ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधिमा ४ महिला र ७ पुरुष गरी ११...
विराटनगर , १० असोज । पोखरीमा डुबेर विराटनगर महानगरपालिका–१८ मा आइतबार दिउँसो एक पुरुषको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार पोखरीमा डुबेर ५७ वर्षीय धनीलाल ऋषिदेवको मृत्यु भएको हो । भैँसी...
काठमाडौं, २५ कात्तिक-सत्तारुढ नेकपाभित्र विवाद चुलिएका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा बहुमत सदस्य सहभागी भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरू भने साे बैठकमा गएका छैनन् । पार्टी कार्यालय धुम्बाराहीमा बैठक...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.