विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा पाँच वटा स्कुल विजय भएका छन् ।
विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा मंगगलबार भएको खेलमा राधाकृष्ण मावि, कर्मवीर मावि, सेन्ट जोसेफ स्कुल, शारदा मावि र बराहा राईजिङ्ग स्टार स्कुल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको हो ।
प्रतियोगिताको पहिलो खेलमा लर्डबुद्ध स्कुललाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै राधाकृष्ण मावि विजयी भएको छ । प्रतियोगिताको पहिलो खेलमो म्यान अफ म्याच राधाकृष्ण माविको आयुष खड्का घोषित भए ।
सोही दिन भएको दोस्रो खेलमा कर्मवीर माविले जेभियर्स स्कुललाई २–० गोलले हराउँदै कर्मवीर मावि विजयी भएको छ । जितको लागि कर्मबीरका सरोज सरदार र काले सरदारले गोल गरे । दोस्रो खेलको म्यान अफ द म्याच कर्मवीरका सरोज सरदार घोषित भए ।
तेस्रो खेलमा गोग्राह स्कुललाई ३–१ गोलले निराश बनाउँदै सेन्ट जोसेफ स्कुल विजयी भएको छ । सेन्टजोसेफको तर्फबाट निसान सिटौला, संसाङक राई र आरब शर्माले गोल गरे । गोग्राहको तर्फबाट सान्तवना गोल सुशिल विश्वकर्माले फर्काए । म्या अफ द म्याच गोग्राहका सुशिल भए ।
चौथो खेलमा शारदा माविलले जनपथ स्कुललाई २–१ गोलले पराजित ग¥यो । जितको लागि शारदाको तर्फबाट विक्रान्त चौधरी र सुवास हिमालले गोल गरे । जनपथको तर्फबाट दृश्य राइले सान्तवना गोल फर्काए । चौथो खेलको म्यान अफ द म्याच शारदाका सम्राट भट्टराई भए ।
अन्तिम पाँचौ खेलमा बराहा राईजिङ स्टारले माटर्स मेमोरिय स्कुललाई ३–० गोलले निसार बनायो । जितको लागि बराहाको तर्फबाट कृष पौडेलले दुइ र दिपसन राईले १ गोल गरे । खेलको म्यान अफ द म्याच बराहाका प्रशान्त राई घोषित भए । सभ्य कला समाज र सम्राट स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा भएको खेलमा मोरङ र सुनसरीका ४५ वटा विद्यालयको सहभागी रहेको संयोजक कार्कीले जानकारी दिए ।
काठमाडौं, १३ मंसिर-नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकको पूर्वसन्ध्यामा अध्यक्ष केपी ओलीले उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो पक्षमा समर्थनको प्रस्ताव गरेका छन् । नेता ईश्वर पोखरेलमार्फत ओलीले उपाध्यक्ष गौतमलाई समर्थनको प्रस्ताव गरेका हुन् । उपाध्यक्ष गौतमलाई...
एजेन्सी, २८ पुस । शारीरिक सम्बन्धका लागि श्रीमती साटासाट गर्ने ठूलो गिरोहको खुलासा भएको छ । खुलासा भएसँगै यो गिरोहमा संलग्न ७ जना पक्राउ परेका छन् । गिरोहमा १ हजारभन्दा धेरै जोडी सक्रिय रहेको समेत...
विराटनगर । मोरङ प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) शान्तिराज कोइरालाको काज सरुवा भएको छ । अपराध नियन्त्रण, अनुसन्धान र द्धन्द्ध व्यवस्थापनमा अब्बल देखिएका कोइरालाको मोरङबाट नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौं सरुवा भएको हो । करिब...
विराटनगर, ३ कात्तिक–युएनडीपीले ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आईसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण...
काठमाडौं, २६ वैशाख-संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक सुरू हुँदै छन् । कोरोना भाइरस (कोभिड–१९) को कहरबीच सुरू अधिवेशनको सुरक्षा लगायतका सम्पूर्ण तयारी...
विराटनगर, १७ भदौ-बिराटनगर–४ सूथत कंचनवारीबाट अटोमेटिक पेस्तोल सहित ५ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङको कटहरी–२ का २७ बर्षीय अभिसेक राय, २८ बर्षीय रविन शर्मा, २६ बर्षीय किसन साह, सप्तरी बोधेबर्साईनका–८ का २७...
काठमाडौं, फागुन २२–मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । त्रिवि शिक्षण अस्पतालमा बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको चिकित्सकहरुले बताएका छन् ।...
विराटनगर,३० चैत । प्रमुख निर्वाचन आयक्त दिनेशकुमार थपलियाले सम्वेदशनशल भएर स्थानीय तहको निर्वाचन जिम्वारीपुर्वक सम्पन्न गराउन प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई आग्रह गर्नु भएको छ । निर्वाचन आयोग नेपालद्वारा आज यहाँ आयोजित स्थानीय तह...