विराटनगरको मेरील्याण्ड कलेजलाई ‘मस्ट कन्सीस्टेन्ट एकेडेमिक अवार्ड’

 न्यूज विराट
विराटनगरको मेरील्याण्ड कलेजलाई ‘मस्ट कन्सीस्टेन्ट एकेडेमिक अवार्ड’

विराटनगर । व्यवस्थापन संकायमात्र पठनपाठन गरी अब्बल शैक्षिक संस्थाको रुपमा देशभरीमै पहिचान बनाएको विराटनगरस्थित मेरील्याण्ड कलेजलाई ‘मस्ट कन्सीस्टेन्ट एकेडेमिक अवार्ड’ प्रदान गरिएको छ । मेरिल्याण्ड कलेजले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रविन्दुले उक्त अवार्ड प्रदान गरेको हो ।

उक्त संस्थाले विभिन्न योग्य आधारमार्फत प्रत्येक वर्ष नेपालका २० उत्कृष्ट कलेज छनौट गर्ने गरेको छ । उक्त पुरस्कार नेपाल सरकारका बहालवाला मुख्य सचीव वैकुण्ठ अर्यालले प्रदान गरे । कलेजको तर्फबाट उक्त पुरस्कार कलेजका उपाध्यक्ष तथा प्रख्यात अर्थशास्त्री प्रा. डा. पि. के. झाले ग्रहण गरे । उक्त कार्यक्रममा मुख्य अतिथी नेपाल सरकारका मुख्य सचीव अर्यालले मेरिल्याण्डजस्तो संस्थालाई पुरस्कार दिन पाउदा अत्यन्तै खुशी लागेको बताए । त्यस्तै काठमाण्डौ विश्वविद्यालयको भूतपूर्व उपकुलपति डा. सुरेश राज शर्माले मेरिल्याण्को विद्यार्थी किन्जल पोख्रेल त्रि. वि. टप हुदा २०६७ सालमा विराटनगरमा मेरिल्याण्डको प्रमुख अतिथी बनेर पुरस्कार दिँदाको स्मरण र आज १३ वर्षपछि पुनः मेरिल्याण्ड उत्कृष्ट कलेजबाट पुरस्कृत भएकोमा आफु खुशीले गदगद भएको बताए ।

व्यवस्थापन शिक्षाका लागि नम्बर एक कलेजको सूचीमा पर्दै आएको मेरील्याण्ड कलेज देशभरीको उत्कृष्ट २० कलेज भित्र पर्न सफल भएको थियो । केन्द्रविन्दु अनलाइनले देशभरीको प्लस टुको नतिजा, शैक्षिक गुणस्तर, व्यवस्थापन, उत्कृष्ट फ्याकल्टी, अनुभवी प्राध्यापक, पूर्वाधारमा लगानीलाई छनौटको मापदण्ड बनाएर गरेको सर्वेक्षण अनुसार विराटनगरको मेरील्याण्ड देशभरीको ८ औं स्थानमा पर्न सफल भएको थियो ।

उपत्यका बाहिर अर्थात मोफसलका शैक्षिक संस्थामध्ये सर्वोत्कृष्ट स्थान हासिल गर्न मेरील्याण्ड सफल भएको छ । उत्कृष्ट नतिजा सँगै गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले मेरील्याण्ड विद्यार्थी र अभिभावकको पहिलो रोजाईमा पर्ने गरेको यो कलेज विराटनगर – ७ रंगेली रोडमा अवस्थित छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहेनती प्राध्यापक, शिक्षक शिक्षिकाहरुका कारणले देशभरीको उत्कृष्ट सूचीमा परेको मेरील्याण्ड कलेजका प्रिन्सपल लक्ष्मण ढकालले जानकारी दिए ।

सम्बन्धित समाचार

सङ्कट समाधानमा सरकार प्रभावकारी देखिएन : महामन्त्री डा कोइराला

काठमाडौं, २३ असार-नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कोरोना भाइरसको सङ्क्रमणका कारण उत्पन्न सङ्कट समाधानका लागि सरकारले कुनै प्रभावकारी नयाँ योजना दिन नसकेको बताएका छन् । सामाजिक लोकतन्त्रका लागि ऐक्यबद्धता नेपालले आज आयोजना गरेको बीपीको...

समूहमा नमाज नपढ्न स्वास्थ्य मन्त्रालयको अपिल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समूहमा नमाज नपढ्न तथा पूजा नगर्नका लागि आग्रह गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले समूहमा नमाज नप्ढ र भोज नगर्नका लागि आग्रह गरेका छन् । उनले यस विषयमा मुस्लिम आयोगसँग...

चीनबाट उद्धार गरिएका १ सय ७५ जना कोरोनामुक्त, आजै घर पठाइने

काठमाडौं, फागुन १९–सरकारले चीनबाट उद्धार गरी ल्याएका १ सय ७५ जनामा कोरोना भाइरस नदेखिएको अधिकारीहरूले बताएका छन् । प्रयोगशाला परीक्षणमा कोरोना भाइरसको संक्रमण नदेखिएपछि खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका उनीहरूलाई आजै घर पठाउन लागिएको स्वास्थ्य तथा जनसंख्या...

प्रदेश १ मा २३७ संक्रमित थपिए, एकैदिन ५२७ जना डिस्चार्ज

विराटनगर, १० कात्तिक–प्रदेश १ मा सोमबार कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मोरङका १ महिला १ पुरुष, सुनसरीका १ महिला २ पुरुषको मृत्यु भएको हो । यो सँगै हालसम्म मृत्यु हुनेको संख्या...

मोरङको धनपालथानस्थित उखुबारीमा शव फेला प्रकारणःहत्या आरोपमा तीन जना पक्राउ

विराटनगर, २१ माघ । तीन जनाको बीभत्स हत्याका आरोपीहरूलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । मोरङ प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सिरहा नगरपालिका– २१ का ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४...

विराटनगरका चर्चित चिकित्सकहरूले खोले ‘होप हेल्थ केयर’

विराटनगर । विराटनगरका चर्चित इएनटी सर्जन डाक्टर कैलाश कुमार श्रेष्ठसहितका तीन जना चिकित्सकहरु मिलेर ‘होप हेल्थ केयर’ संचालनमा ल्याएका छन् ।डाक्टर श्रेष्ठसहित पेट, फोक्सो, छाती, मुटु, कलेजो, थाईराइड, मृगौला, नसा, बाथ प्रेसर मधुमेह रोग विशेषज्ञ...

ओली आज विराटनगर आउँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बिहान विराटनगर आउँदैछन् । एमाले मोरङले चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली विराटनगर आउन लागेका हुन् । शुभकामना आदानप्रदानका साथै पार्टी...

देउवाको गाउँपालिका गन्यापधुरामा कांग्रेसको जित

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदाता रहेको गन्यापधुरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । अन्तिम मत परिणामअनुसार अध्यक्षमा ईन्द्र कार्की र उपाध्यक्षमा ज्ञानु सेठी विजयी भएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्